भक्तपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न, ७ बुँदे निष्कर्ष जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न, ७ बुँदे निष्कर्ष  जारी

भक्तपर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुरमा एक दिवसिय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी भाद्र २० गते सम्पन्न भएको छ । नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा लक्षित गोष्ठीले समस्या समाधानका ७ बुँदे निष्कर्ष जारी गरेको छ । 

कार्यक्रमका सभापति एंवम संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघमा आबद्ध सदस्यहरुले कानूनको परिपालनामा जोड दिएको कारण हालको विषम परिस्थितिमा पनि संस्थामा कुनै समस्या नआएको बताउनुभयो । उहाँले स्थिरीकरण कोष अनिवार्य होइन तर समस्या परेको बेला मलमपट्टि लगाउने कोष रहेको बताउनुभयो । साथै कर्जा सूचना केन्द्रले सस्ंथालाई ऋण लगानी पुर्व सचेत गराउनुको साथै भाखा नाघेको ऋणको साँवा व्याज असुलीमा टेवा पुर्याउने विचार व्यक्त भयो । सहकारीमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागु गर्दा सहकारी सफा र स्वच्छ हुनुको साथै सहकारीमा हालको अवस्था आउँन नदिनसमेत भुमिका खेल्ने र यसले गर्दा कर्मचारीहरु दक्ष हुने र लेखा विश्वस्तरीय हुने उहाँले बताउनुभयो ।
 
अतिथि टिपप्णीकर्ता काठमाडौं जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरुले स्थिरीकरण कोष बिगे्रको समस्याग्रस्त सहकारी संस्थालाई राहत स्वरुप दिइने कोष नभएको बताउनुभयो । उहाँले ठूलो सहकारी संस्थामा समस्या पर्दा बैंकलाई नेपाल राष्ट्र बैंकले सहयोग गरेजस्तैं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले भविष्यमा हुन सक्ने सम्भावित जोखिमबाट कोषमा योगदान गर्ने संस्थाहरुलाई बचाउन कोषको स्थापना भएको बताउनुभयो । नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्थिरीकरण कोषको परिचय, आवश्यकता, महत्व र संस्था आबद्ध हुने प्रक्रियाको प्रस्तुतीकरण गर्नुभएको थियो ।

अतिथि टिप्पणीकर्ता ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बंजगााईले एनएफआरएस प्राविधिक विषय भएकोले सहकारीमा कार्यरत व्यवस्थापक तथा लेखापाललाई तालिम दिएर दक्ष बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । साथै उहाँले लेखालाई पारदर्शी र विश्वव्यापी बनाउन नेपाल वित्तीय प्रतिवेदन मान पालना गर्नुपर्ने कुरा राख्नुभयो । एनएफआरएस  को परिचय, औचित्य, आवश्यकता र महत्वका विषयमा चार्टर एकाउण्टेन्ट विदुर लुईंटेलले प्रस्तुतीकरण गर्नुभएको थियो । 

अतिथि टिप्पणीकर्ता दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काले सहकारीको सामाजिक सुरक्षा कोषमा आबद्धताको महत्वबारे प्रष्ट पार्दै  सानो सहकारीलाई पनि दायित्व न्युन हुने, रोजगार गुमे पनि आय आउने, बिरामी हूदाँ राहत मिल्ने, बुढेसकाललाई साहारा, दुर्घटनाको लागि ओखती र अशक्त हुदाँको साहस, कर्मचारीको लागि सुविधा राम्रो रहेको बताउनुभयो । आयको निरन्तर सुनिश्चितता र सबैका लागि सामाजिक सुरक्षा कोष रहेको कोषका निर्देशक उत्तम राज नेपालले आफ्नो प्रस्तुतीकरणबाट पुष्टि गर्र्नुभएको थियो ।

अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदय राम कायष्थले कर्जा सूचना केन्द्र सहकारी सस्ंथालाई एकदम आवश्यक रहेको बताउनुभयो । राज्यले कर्जा सूचना केन्द्रलाई सहकारीको पहुँच नपुग्दा सहकारीलाई समस्या भएको बताउनुभयो । उहाँले कर्जा सूचना केन्द्रको लागि संघ तथा कम्पनीले सफ्वेयर बनाएर सञ्चालन गर्दा पनि सहकारी सस्ंथा बीच सहकार्य नहुँदा, सञ्चालक समितिको नाम बदनाम हुन्छ भन्ने डर लगायतका कारण प्रभावकारी प्रयोगमा आउन नसकेको कुरा बताउनुभयो । आर जी टेक्नोलोजीका एम डी गणेश श्रेष्ठले कर्जा जानकारी केन्द्रले सञ्चालनमा ल्याएको कर्जा जानकारी सफ्वेयरले खराब ऋणीलाई तह लगाउन, ऋण उठाउन र विभिन्न रणनीति अपनाई ऋण असुलीमा टेवा पुर्याएको बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष हरि बल्लले राख्दै अहिले सहकारी समस्या नीति नियममा नबसेको कारण, गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेकोले देखिएको बताउनुभयो । उहाँले संघले हरेक कदममा संस्थाहरुलाई सबल बनाउने प्रयास जारी रहने बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोंजुले संघका सदस्य संस्थालाई सहकारी संस्थाले पालना गर्नुपर्ने विविध विषयहरुको जानकारी गराई ती विषयहरुमा अवधारणगत साझा धारणको विकास गराउने उद्देश्यले गोष्ठिको आयोेजना गरेको बताउनुभयो । गोष्ठीमा संघमा आबद्ध सहकारी सस्ंथाका अध्यक्ष र व्यवस्थापक सहित १५१ जनाको सहभागिता रहेको थियो ।

गोष्ठीमा प्रस्तुत विषयहरुबाट साझा धारणको विकास गरी उपस्थित सहभागीहरुबाट तपसिल बमोजिममन् ७ बुँदे निष्कर्ष समेत निकालेको थियो ।

१) नेपाल चार्टड एकाउन्टेन्स संस्थाले वित्तीय कारोबार गर्ने संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदन मान अनुसार लेखापरिक्षण प्रतिवेदन तयार गर्नुपर्ने जारी निर्देशन अनुसार सो प्रतिवेदनमानका बारेमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुले अध्ययन गर्ने गराउने र ५० करोड भन्दा बढी वासलात भएका संघ संस्थाले व्यवहारमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने ।

२) सहकारी संस्थामा कार्यगत कर्मचारीहरुको सुरक्षाका लागि संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवश्यक छलफल गरि प्रक्रिया अघि बढाउने ।

३) सहकारीको रक्षा कवज स्थिरीकरण कोषमा आबद्ध भएपछि सहि समयमा अनुगमन र सहकारीमा समस्या पर्ना साथ स्थिरीकरण कोषले संस्थाको जिम्मा लिने व्यवस्था हुने गरी कोषमा आबद्ध हुने । 

४) सहकारी कर्जा सूचना केन्द्र स्थापना नभएको अवस्थामा विद्यमान कर्जा सूचना केन्द्रमा सहकारीको सूचनाको पहुँच पु¥याउनुपर्ने र विद्यमान विकल्पहरु मध्ये उपुयक्त विकल्प मार्फत कर्जा सूचनाको जानकारी सुनिश्चित गर्ने गराउने ।

५) सहकारीले पालना गर्नुपर्ने कानुनी उत्तरदायित्व सुसूचित भई सो परिपालना गर्दै साझा धारणाको विकास, प्रबद्र्धन, अन्र्तक्रिया  र गोष्ठी कार्यक्रम संचालन गरी कार्यान्वयनमा प्रतिवद्ध हुने ।

६) सहकारीको हालको विषम परिस्थितिमा सहकारीको बचत सुरक्षाको लागि जोखिम मुल्याँकन गरी न्युनीकरणको लागि सामुहिक छलफल, सहकार्य र असल अभ्यासको आदान प्रदान गर्ने ।

७) सहकारीको असल अभ्यास मार्फत सदस्यको सेवा सुविधा एवं सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा जोड दिई सदस्यको बचत सुरक्षाको प्रत्याभूति गर्ने  ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप