नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा एशियन क्रेडिट युनियन फोरम–२०२३ नेपालमा हुँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा एशियन क्रेडिट युनियन फोरम–२०२३ नेपालमा हुँदै 

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कू) फोरम-२०२३, "Building Credit Union  Momentum:  Purpose, People and Passion” भन्ने मुल थिमका साथ नेपालमा आयोजना हुँदैछ । एशियाली ऋण महासंघ (अक्कू) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा यही भाद्र २४ देखि ३१ गते (२०२३, सेप्टेम्बर १० देखि १७ गते ) सम्म द सोल्टी होटल काठमाडौंमा फोरम सञ्चालन हुने कार्यक्रम रहेको छ । फोरम सहभागिताका लागि एशियाली ऋण महासंघका प्रतिनिधिसहित सदस्य राष्ट्रका सहभागीहरु नेपाल आउने क्रम शुरु भईसकेको छ । 

फोरममा २५ भन्दा बढी विदेशी राष्ट्रबाट ३०० जना र नेपालबाट १०० जना गरी ४०० जना सहकारीकर्मीहरुको सहभागितामा रहने छ । कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारणसभा समेत हुनेछ ।  

अक्कूको प्रि फोरममा CEOs Workshop, Asian CU Executive Society (ACUES), Asian CU Network of Emerging Leaders (ACUNEL) र Gender Workshop गरी फरक फरक ४ वटा सत्रहरु सञ्चालन हुनेछन् । एशियाली क्रेडिट युनियनको सबैभन्दा महत्वपूर्ण भेलाको रुपमा रहेको अक्कू फोरम नेपालको प्रायोजनमा तेस्रो पटक आयोजना हुँदैछ । 

अक्कू फोरम २०२३ का लागि तय गरिएको थिम, “Building Credit Union  Momentum:  Purpose, People and Passion” भन्ने थिम सहित क्रेडिट युनियनहरूको लागि गति निर्माण गर्न र सफलता हासिल गर्नको लागि एक महत्वपूर्ण आधार भनिएको छ । PURPOSE ले क्रेडिट युनियनहरूद्वारा सञ्चालित मिशन र भिजनलाई जनाउँदछ । सहकारीले वित्तीय सेवा तथा उत्पादनहरुमार्फत सदस्यहरुको आर्थिक सामाजिक जीवनमा सकारात्क परिवर्तन ल्याउने र सदस्यको जीवन उत्थान गर्ने काममा केन्द्रीत हुुनुपर्छ । सदस्यकै स्वामित्व रहेको सदस्यद्वारा सञ्चालित संस्थाले आफ्ना सदस्यहरुको आवश्यकता र प्राथमिकतालाई ध्यान दिनुपर्छ भन्ने संकेत गरेको छ । त्यसैगरि PASSION भनेको क्रेडिट युनियन मार्फत सदस्य र समुदायको हितमा काम गरि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्न जोश निर्माण गर्नु रहेको छ । क्रेडिट युनियनकर्मीहरुले सदस्यहरुको जीवनमा आर्थिक सामाजिक परिवर्तन ल्याउन नवीनता, सहयोगी संस्कृति निर्माण गर्न सहयोग गर्नुपर्छ भनिएको छ । PEOPLE क्रेडिट युनियनमा सदस्य गति निर्माण गर्ने दोस्रो प्रमुख तत्व हुन् । सदस्यहरुसँग सहकार्य र सम्बन्ध निर्माण गरी उनीहरुकै भविष्यको योजना बनाउन सक्छन् । सदस्यहरुकै विश्वास र सहकार्यात्मक सम्बन्धभावबाट प्रतिभावान कर्मचारीहरुले सदस्य र संस्थाको हितमा सहजै काम गर्न सक्छन् भनिएको छ । 

एशियाली ऋण महासंघ (अक्कू) सन् १९७१ मा स्थापना भएको एशियाली बचत तथा ऋण सहकारीहरुको एक मात्र क्षेत्रीय महासंघ हो । अक्कूले “कोभिड १९ बाट पुर्नउत्थानका लागि हरित समावेशी तथा सामनाशक्ति विकासको मार्ग” (Greener, Inclusive, Resilient Path to COVID–19 Recovery) भन्ने थिम सहित एशियाली क्रेडिट युनियनहरुको फोरम २०२२, अगस्ट २९ देखि सेप्टेम्बर १ तारिख (२०७९ भाद्र १३ देखि १६) सम्म थाइल्याण्डको बैंककमा सम्पन्न गरेको थियो । फोरममा आयोजक राष्ट्र सहित एशियाली मुलुकका १६ राष्ट्रका करिब ३ सय ३० क्रेडिट युनियनकर्मीहरु सहभागी भएका थिए ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप