जनकल्याण साकोस बर्दघाटको ३१औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस बर्दघाटको ३१औं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका–९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारणसभा आश्विन १३ गते शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कुल दिप आचार्यको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गदैैं प्रमुख अतिथि खनालले ग्रामीण क्षेत्रको विकास गर्न सहकारी निर्विकल्प माध्यम रहेको बताउनुभयो । अहिलेको राष्ट्रिय अर्थतन्त्रको शिथिलताबाट बाहिर निस्किन सकिने बलियो आधार भनेको सहकारी नै हो, हामीले सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्छौं । उहाँले भन्नुभयो, “सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसके सहकारी समाज विकासको प्रमुख आधार बन्दछ ।” 

कार्यक्रमका अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाहरु शेयर सदस्यहरु बीच अन्तरकृया गरि समुदायमुखी हुनु जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी सदस्य र समुदाय हितका लागि हुनुपर्ने भन्दै समुदायको स्तरोन्नती भनेको नै सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण भएको प्रष्ट पार्नुभयो ।

सभामा बर्दघाट नगर प्रमुख एवं सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, सोही वडाका वडाअध्यक्ष चन्द्र कान्त चापागाईं, निवर्तमान अध्यक्ष डिक बहादुर पाण्डे, संस्थापक सदस्य बालिन्द्र बिक्रम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले संस्थाको आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, सचिव चेत नारायण भण्डारीले प्रगति प्रतिवेदन, लेखा समिति सदस्य दधिराम पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

साकोसको कुल वासलात ५५ करोड ३९ लाखको पुगेको कोषाध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभयो । 

साकोसका अध्यक्ष कुल दिप आचार्यले जनकल्याण साकोस सहकारीका सिद्धान्त परिपालनामा कटिबद्ध रहेको जानकारी गराउँदै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गर्नुभयो । 

साधारणसभामा उत्कृष्ट शेयर खरिद कर्ता नारायण गिरि, उत्कृष्ट सुझाव कर्ता इन्दिरा गिरि, उत्कृष्ट कर्मचारी संगीता ज्ञावाली, उत्कृष्ट ऋणी राम प्रकाश पौडेल, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता केदार महतोलाई सम्मान गरिएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप