जनकल्याण साकोस बर्दघाटको ३१औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस बर्दघाटको ३१औं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका–९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारणसभा आश्विन १३ गते शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कुल दिप आचार्यको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गदैैं प्रमुख अतिथि खनालले ग्रामीण क्षेत्रको विकास गर्न सहकारी निर्विकल्प माध्यम रहेको बताउनुभयो । अहिलेको राष्ट्रिय अर्थतन्त्रको शिथिलताबाट बाहिर निस्किन सकिने बलियो आधार भनेको सहकारी नै हो, हामीले सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्छौं । उहाँले भन्नुभयो, “सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसके सहकारी समाज विकासको प्रमुख आधार बन्दछ ।” 

कार्यक्रमका अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाहरु शेयर सदस्यहरु बीच अन्तरकृया गरि समुदायमुखी हुनु जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी सदस्य र समुदाय हितका लागि हुनुपर्ने भन्दै समुदायको स्तरोन्नती भनेको नै सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण भएको प्रष्ट पार्नुभयो ।

सभामा बर्दघाट नगर प्रमुख एवं सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, सोही वडाका वडाअध्यक्ष चन्द्र कान्त चापागाईं, निवर्तमान अध्यक्ष डिक बहादुर पाण्डे, संस्थापक सदस्य बालिन्द्र बिक्रम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले संस्थाको आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, सचिव चेत नारायण भण्डारीले प्रगति प्रतिवेदन, लेखा समिति सदस्य दधिराम पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

साकोसको कुल वासलात ५५ करोड ३९ लाखको पुगेको कोषाध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभयो । 

साकोसका अध्यक्ष कुल दिप आचार्यले जनकल्याण साकोस सहकारीका सिद्धान्त परिपालनामा कटिबद्ध रहेको जानकारी गराउँदै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गर्नुभयो । 

साधारणसभामा उत्कृष्ट शेयर खरिद कर्ता नारायण गिरि, उत्कृष्ट सुझाव कर्ता इन्दिरा गिरि, उत्कृष्ट कर्मचारी संगीता ज्ञावाली, उत्कृष्ट ऋणी राम प्रकाश पौडेल, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता केदार महतोलाई सम्मान गरिएको थियो । 
 
भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप