हाम्रो चित्रवन साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न 

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर–११, चितवनको २८औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ प्रतिनिधिहरुको सभा आश्विन १२ गते शुक्रबार सम्पन्न भएको छ । 

साधारणसभामा साकोसका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष  परितोष पौड्यालको प्रमुख आतिथ्यता र चितवन जिल्ला वचत तथा ऋण सहकारी संघकी अध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक विद्या कोईरालाको बिशिष्ट अतिथ्यता रहेको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न अहम भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले साकोस सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा सम्पूर्ण साकोसको पहुँच पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । अब हरेक साकोसले एउटा स्तरीकरण कार्यक्रम दृढताका साथ उभिएर एकसुत्रमा बाधिनुपर्छ, उहाँले भन्नुभयो, ‘सहकारीको विश्वव्यापी सिद्धान्त अवलम्बन गर्दै विश्व अभ्यासलाई आन्तरिकीकरण गर्नु जरुरी छ, त्यसका लागि राज्य र अभियान एकसाथ अगाडि बढ्नुको विकल्प छैन । नीति, विधि र एकीकृत प्रविधि विकासको माध्यमबाट अभियानको एकीकृत सञ्जालीकरण अवको आवश्यकता हो, उहाँले भन्नुभयो । 

सभामा भरतपुर महानगरपालिका वडा नं–०७ का वडा अध्यक्ष एंव संस्थाका पुर्व अध्यक्ष राजेन्द्रमणि काफ्ले, बिशिष्ट अतिथि विद्या कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

वन्दसत्रमा, संस्थाको आ.व.२०७९/८० को प्रगति र २०८०/८१ को प्रस्तवित नीति  तथा कार्यक्रम संस्थाका सचिव कृष्णप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको आ.व.२०७९/८० को आर्थिक प्रतिवेदन र आ.व  २०८०/८१ को अनुमानित आय ब्यय विवरण कोषाध्यक्ष नारायणप्रसाद उपाध्याय र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक सुर्यवदना हमालले प्रस्तुत गर्नु भएको थियो । 

उक्त प्रतिवेदनहरु उपर सेयर सदस्यहरुले राख्नु भएको  जिज्ञासा र सुझावहरुका सम्वन्धमा संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले सम्वोधन गर्नु भएको थियो । 

सो साधारण सभाको कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सहित वन्दसत्रको समापन उपाध्यक्ष अनिलराज पौडेलले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप