हाम्रो साकोस ललितपुरद्वारा एक सय दश जनालाई शैक्षिक सम्मान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोस ललितपुरद्वारा एक सय दश जनालाई शैक्षिक सम्मान 

ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरले संस्थाका सदस्य तथा सदस्यका छोराछोरीलाई हाम्रो साकोस शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षता र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । 
 
साकोसले माध्यमिक शिक्षा तथा सो भन्दा माथिका सबै परीक्षमा गत वर्ष उत्तीर्ण हुने संस्थाका सदस्य तथा सदस्यका छोराछोरीहरुलाई सम्मान पत्र तथा एसईई, माध्यमिक तह, स्नातक तह, स्नात्तकोत्तर तहमा सबैभन्दा बढि अंक हासिल गर्नेलाई नगद पुरस्कार सहित सर्वोत्कृष्ट शैक्षिक सम्मान प्रदान गरेको थियो । त्यसैगरी प्राविधिक परीक्षा, चार्टर्ड एकाउन्टेन्टलाई हाम्रो सकोस उत्कृष्ट शैक्षिक सम्मान, एमविविएस, एमफिल र विद्याबारिधी प्राप्त गर्नेलाई हाम्रो साकोस विशेष शैक्षिक सम्मान गरी १ सय १० जनालाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले संस्था र सदस्य बिच निरन्तर अन्तक्रिया गरेमा संस्थाले सदस्य र सदस्यले संस्था चिन्न सक्ने बताउनु भयो । संस्थागत सुशासनका लागि पहिलो आवश्यकता नै सदस्य शिक्षा र तालिम भएकोले  वित्तीय, शिक्षा तथा तालिम र विस्तारित मञ्चहरु निरन्तर सञ्चालनका लागि सुझाव दिनुभयो । संंस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले सदस्यहरुको सुझावहरुलाई महत्व दिनुका साथै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न लागि परेको बताउनु भयो । 

संस्थाका उपाध्यक्ष श्यामकृष्ण घिमिरेले स्वागत तथा  सचिव हरिप्रसाद बजगाईँले सञ्चालन गर्नु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले Hundred Tips of saving for financial wellness of Members and employees of SACCOS र राष्ट्रिय सहकारी बैंकका आइटी विभाग प्रमुख नविन कुमार कार्कीले Empowering members with digital products विषयमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, जिल्ला सहकारी संघका कोषाध्यक्ष रुपेश तिमल्सिना, सरकारी सेवामा प्रवेश गर्ने संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

उक्त कार्यक्रममा नेफ्स्कून तथा सहकारी बैंकका ललितपुर शाखामा भर्खरै सरुवा भई आउनुहुने राजेश खड्का र केदारनाथ उप्रेतीलाई स्वागत तथा शाखाबाट सरुवा भई बाहिर शाखामा जानुहुने दिनेश गौतम र रमा घिमिरेलाई विदाइ गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप