पश्चिम नेपाल साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, ६ हजार बढी सदस्यहरुलाई वित्तीय सेवा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पश्चिम नेपाल साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, ६ हजार बढी सदस्यहरुलाई वित्तीय सेवा 

म्याग्दी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभालाई आश्विन १३ गते शनिवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले आफ्नो लगानी रहेको संस्थाको वित्तीय अवस्थाको बारेमा शेयर सदस्यहरुले ध्यान दिनुपर्नेमा जोडदिनुभएको हो ।

पछिल्लो समय सहकारीहरु संस्थाहरु संकटग्रस्त बन्न थालेको बताउँदै आफ्नो मुनाफा मात्रै नभएर सहकारीको लगानी, जोखिम कर्जा, बचत संकलन लगायतको आर्थिक कारोवारलाई शेयर सदस्यहरुले नजिकबाट नियमन गर्नुपर्ने बताउनुभयो । ‘‘ सहकारीको नियमन र अनुगमन गर्ने पहिलो निकाय नै शेयर सदस्य हो, सञ्चालक र कर्मचारीहरुले गर्ने नियम विपरितका कार्यहरुलाई रोक्न सक्यो भनेमात्रै सहकारीहरु व्यवस्थित रुपमा सञ्चालन हुन सक्छन, राज्यले गर्ने नियमनले मात्रै सहकारीहरु सुदृढ बन्न सक्दैनन्’’–उहाँले भन्नुभयो ।

राज्यले तीनखम्बे अर्थनीतिमा सहकारीलाई समेत एउटा बलियो आधार मानेको उल्लेख गर्दै उहाँले केही सहकारीका सञ्चालक र कर्मचारीहरुको लापरबाही र कमजोरीले समग्र सहकारी क्षेत्रमा नै पश्न उठेको मन्त्री जुग्जालीको भनाई थियो । राज्यले समेत सहकारीहरुलाई आबश्यक नीति निर्माण गरेर व्यवस्थित गर्न जरुरी रहेको बताउँदै उहाँले स्थानीय तहहरुले समेत आफ्नो क्षेत्रमा रहेका सहकारीहरुको नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।

जनशक्ति र पूर्वाधार विहिन डिभिजन सहकारी संस्थाले सहकारीहरुको नियमन गर्न नसकेको बताउँदै उहाँले यसतर्फ प्रदेश सरकारको ध्यानकर्षण भएको उहाँको भनाई छ । धौलागिरि क्षेत्रमा शिव शिखर र इमेज सहकारीको बदमासीले आम नागरिकमा सहकारीप्रति नै गम्भिर अविश्वास पैदा गरेको उल्लेख गर्दै सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुको जागरुकताले मात्रै सहकारीलाई सहि बाटो अघि बढाउन सम्भव रहेको मन्त्री जुग्जालीले बताउनुभयो ।

सञ्चालक समितिका पदाधिकारीले ऋण नलैजाने र सहकारीलाई व्यवस्थित बनाउन विभिन्न नीति र कार्ययोजना निर्माण गरि अघि बढेको कारण विश्वव्यापी आर्थिक संकटका बिच पनि पश्चिम सहकारीले आफ्नो वित्तीय अवस्थालाई बिग्रन नदिएको बताउँदै उहाँले लगानी गर्दा व्यक्तिको अनुहार नहेरी लगानीको क्षेत्रलाई ध्यान दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस अघि सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरिसकेको छ । 

ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगर सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको यस संस्थाले १६ औँ बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी, बचतकर्ता र ऋणीहरुलाई समेत सम्मान गरेको छ । सदस्यहरूको हितलाई ध्यानमा राखी सदस्य राहत कोष मार्फत मिर्गौला डायलासिस गराईरहेका सदस्यहरू, मुटुको सल्यक्रिया गरेक सदस्यहरु एवम् स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर को अप्रेशन गरेका सदस्यहरुलाई रु १० हजार राहत दिने थप ब्यवस्था गरेको छ । साधारण सभाको अवसरमा सहकारीका शेयर सदस्य समेत रहनुभएका मन्त्री जुग्जालीलाई मन्त्री बन्न सफल भएकोमा सम्मान समेत गरिएको थियो ।

सहकारीको साधारणसभाको उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष लिलाराम गौतम, धवलागिरि गाउँपालिकाका पूर्व अध्यक्ष थमसरा पुन, नेफ्स्कूनका फिल्ड कार्यालय सदस्य रामजीप्रसाद सुेवदी, पोखरा कार्यालय प्रमुख सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय सहकारी बैँक बागलुङका प्रवन्धक युवराज त्रिपाठी, सहकारीका निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्मा, मुख्य प्रवन्धक प्रेमलाल कडेल लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका उपाध्यक्ष हरिप्रसाद पौडेलको स्वागत र सचिब कृष्ण प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७९०/८० सम्ममा ६ हजार १२२ जनाको रु. १२ करोड ९५ लाख १८ हजार २०० सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन गरेको छ । रु. ७४ करोड चार लाख ७६ हजार ६८६ लगानी गरेको संस्थाले रु. एक करोड ५९ लाख ५६ हजार ८२३ आम्दानी गरेको अध्यक्ष भिमप्रसाद गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म रु. ७१ करोड ४४ लाख ६४ हजार ४२८ लगानी र रु. ६४ करोड ८३ लाख सात हजार १८५ बचत संकलन गरेको सहकारीको तरलता प्रतिशत २७.७१ रहेको सहकारीका मुख्य प्रवन्धक प्रेमलाल कडेलले बताउनुभयो ।

लगानी, जोखिम कर्जा, बचत संकलन लगायतको आर्थिक कारोवारलाई शेयर सदस्यहरुले नजिकबाट नियमन गर्नुपर्ने बताउनुभयो । ‘‘ सहकारीको नियमन र अनुगमन गर्ने पहिलो निकाय नै शेयर सदस्य हो, सञ्चालक र कर्मचारीहरुले गर्ने नियम विपरितका कार्यहरुलाई रोक्न सक्यो भनेमात्रै सहकारीहरु व्यवस्थित रुपमा सञ्चालन हुन सक्छन, राज्यले गर्ने नियमनले मात्रै सहकारीहरु सुदृढ बन्न सक्दैनन’’–उहाँले भन्नुभयो ।

दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ । धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सदस्य सेवा केन्द्र छन् । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक/एक सय सेयरबाट सहकारी शुरु गरेका थिए ।

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।

भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

१ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

६ दिन अगाडि

पाठकबाट थप