नेफ्स्कूनमा आवद्ध संस्थाहरु अवश्य गन्तव्यमा पुग्छन्: अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनमा आवद्ध संस्थाहरु अवश्य गन्तव्यमा पुग्छन्: अध्यक्ष पौड्याल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले समुदाय र सदस्य केन्द्रीत  वित्तीय कारोबार गर्ने संस्थाहरु सुरक्षित रहेको बताउनुभएको छ । भक्तपुरस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको असोज २८ गते सम्पन्न १६औं बार्षिक साधारण सभाका प्रमुख अतिथि उहाँले  समुदायमा आधारित सहकारी संस्थाले सदस्यको बचतको सुरक्षा गर्ने विश्वास दिलाउनुभयो ।

अँध्यारोमा हिडेका संस्थाहरु जुन सुकै बेलामा पनि खाल्डोमा पर्न सक्ने भन्दै अध्यक्ष पौड्यालले नेफ्स्कूनको नीति, विधि र प्रविधिलाई आत्मसात गरेका  संस्थाहरु गन्तव्यमा पुग्ने निश्चित भएको दाबी गर्नुभयो ।  बंगलामुखी साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आवद्ध रहेकाले हरेक कुराको रणनीति बनाएर  अघि बढेका कारण सुरक्षित रहेको बताउनुभयो । आधुनिकतासँगै विश्वमा प्रविधिको प्रयोग बढेकोले सहकारीहरुले अब सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा उहााँको जोड थियो । हरेक सदस्यलाई व्यावसायिक बनाउनु पर्ने भन्दै उहाँले त्यसका लागि सदस्यहरुलाई व्यावसायिक प्रवद्र्धन केन्द्रसँग जोड्न सुझाव दिनुभयो । सहकारीले सदस्यलाई धन आर्जनमा सहयोग गर्नु पर्ने र त्यसका लागि आवश्यक सीप, पुँजी र बजारीकरणको व्यवस्था संस्थाहरुले मिलाउनु पर्ने उहाँले बताउनुभयो । संस्था सुशासनमा मात्र बसरे नपुग्ने भन्दै अध्यक्ष पौडयालले सदस्यको बचतको सुरक्षा महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।  

स्थिरीकरण कोषमा योगदान गर्ने संस्थाहरुमा वित्तीय संकट आउँदा उक्त कोषले सघाउने अध्यक्ष पौड्याले स्पष्ट पार्नुभयो । स्थिरिकरण कोषले संस्थाको सुरक्षा र स्तरिकरण कार्यक्रमले संस्थाको गुणस्तर वृद्धि गर्ने भन्दै यी कार्यक्रममा सहभागी संस्थाहरु सुरक्षित हुने उहाँको भनाइ छ । सहकारीका सदस्य मालिक, नियन्त्रक र संस्थाका क्रियाकलापबाट लाभ लिने व्यक्ति बन्नुपर्ने भन्दै उहाँले यसका लागि संस्थाको हरेक निर्णयमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । सहकारीलाई दैनिक जीवनसँग जोड्नु पर्ने र त्यसका लागि ‘साकोस संस्कृति’को विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझावमा प्रारम्भिक सहकारी संस्था केन्द्रीय संघमा आवद्ध हुनुपर्ने व्यवस्था रहेको भन्दै उहाँले संघमा आवद्ध नहुने संस्थाहरु खारेजीमा समेत जाने बताउनुभयो । नीति र विधिलाई पालना गर्ने संस्था मात्र संघका सदस्य बन्न आउने भन्दै गलत मनासयले खोलेका संस्था अब नटिक्ने समेत उहाँको स्पष्टोक्ति थियो । 
साकोसका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा आयोजित सभाले विभिन्न प्रतिवेदनहरु समेत पारित गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप