स्यूचाटार साकोसको १७ औं वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्यूचाटार साकोसको १७ औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभासभा संस्थाका अध्यक्ष रामेश्वर प्रसाद लामिछानेको सभापतित्व, नागार्जुन नगरपालिकाका प्रमुख मोहन वहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा सोही नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकृष्ण भट्टराईको विशिष्ट आतिथ्यतामा यही आश्विन २८ गते सम्पन्न भएको छ । संस्थाले आप्mनो वार्षिक कार्यक्रम अन्तर्गत विगत एक महिनादेखि अन्तर विद्यालयस्तरीय शैक्षिक तथा खेलकूद कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । संस्थाको संचालक समितिका पदाधिकारी÷सदस्यहरु, सल्लाहकार समूह, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु लगायत स्थानिय संघसंस्थाका प्रतिनिधि र शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष रामेश्वर प्रसाद गौतमको अनुमतिमा प्रमुख कार्यकारी अधिकृत मधुकर काप्mलेले आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन तथा आ.व. २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै शेयर पूँजी ८ करोड ७ लाख, ६८ हजार जगेडा कोष १० करोड ९१ लाख ५६ हजार ७ सय उन्नाइस बचत संकलन ६२ करोड ८१ लाख, ऋण प्रवाह ६२ करोड २६ लाख र स्थिर सम्पत्ति (घर जग्गा) ७ करोड ५७ लाख रहेको बताउनु भयो । साथै सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गौतमले संस्थागत र सामाजिक कार्यक्रमहरुमा संस्था निरन्तर लागि परेको र संस्थाका सबै सदस्यहरुलाई बचत तथा ऋणको कारोबार आप्mनै सहकारीमार्फत गर्न आव्हान गर्नु भयो ।

संस्थाको कोषाध्यक्ष वन्दना थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा संचालक समितिका उपाध्यक्ष धनञ्जय शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेशनल हस्पिटलका डा. प्रकाश पौडेल, युनिभर्सल डेण्टल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र लामा, संस्थाका संस्थापक अध्यक्ष वीरेन्द्र वहादुर थपलिया र नागार्जुन न.पा. वडा नं. ७ का वडा अध्यक्ष रामकृष्ण भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका शेयर सदस्यहरुलाई अस्पतालबाट उपलव्ध गराइने सेवामा २५ प्रतिशत शुल्क छुट दिने घोषणा गर्दै भविष्यमा संस्थासंग हातेमालो गर्दै अघि बढ्ने विचार अस्पताल अधिकारीले व्यक्त गर्नुभएको थियो ।   

सभामा संस्थाले कार्यक्षेत्र भित्रका संस्थागत तथा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला, निवन्ध लेखन, छात्र तथा छात्रा दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्रका साथै नगद पुरस्कारद्धारा सम्मानित गरिएको थियो । प्रतियोगिताहरुमा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्रमशः रु.५,०००, रु.३,०००, र २,००० नगद प्रदान गरिएको थियो । त्यस्तै, आफ्नो कार्य क्षेत्रभित्र यस वर्षको एस.ई.ई.परिक्षामा उत्तीर्ण गरेका संस्थाका शेयरधनीका एक/एक जना छात्र छात्राहरु मध्ये उच्चत्तम नतिजा ल्याउने मध्ये छात्रातर्फ कृष्ण हरि खड्काको छोरी आकृषा खड्का र छात्र तर्फ महेश प्रसाद गौतमको छोरा संगम गौतमलाई प्रमाण पत्र, दोसल्ला सहित जनही रु.५,०००÷– द्धारा सम्मानित गरिएको थियो । शेयर सदस्य वा उनीहरुका सन्ततिले डाक्टर, एम.डी. वा पि.एच.डी. गरेमा सम्मान गर्ने परम्पराअनुसार यस वर्ष डा. संजय शर्मा, डा. पुष्प राज पौडेल र डा. पंकज लुइँटेललाई प्रमाण पत्र, दोसल्ला सहित जनही रु.२५,००० द्धारा सम्मानित गरिएको थियो । यसै गरी संस्थाले विगत वर्ष झै यस वर्ष पनि आप्mनो कार्य क्षेत्र भित्रका १० वटा सामुदायिक विद्यालयबाट सिफारिस भै आएका एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति दिने क्रममा २० जना विद्यार्थीहरुलाई जनही रु.४,००० का दरले नगद उपलब्ध गराएको छ ।  

समाजका जेष्ठ नागरिक तथा एकल महिलाहरु समाजकै गहना हुन् उहाँहरु सदैंव सम्मानित हुनुहुन्छ भन्ने संस्थाले अभिवोध गर्दै यस वर्ष जेष्ठ नागरिक अन्तर्गत हरि वहादुर पन्त र एकल महिला तर्फ ज्ञानीमाया मालीलाई सम्मान गरेको थियो । यसै क्रममा सस्थालाई सहयोग गर्ने ब्लु रेन स्कूल, ईन्जिनियर केशरमान ताम्राकार लगायत समुदायलाई प्रत्येक्ष सहयोग गर्दै आएका स्यूचाटार स्वास्थ्य चौकी, स्यूचाटार तेक्वान्डो डोजाङ्ग, प्रहरी चौकी, नागार्जुन न.पा.को कार्यालयलाई समेत सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । 

संस्थाको कारोवारमा उल्लेख्य भूमिका निर्वाह गर्ने शेयर सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ताहरु अन्तर्गत यस वर्ष विशाल के.सी., बन्दिता थापा र उमेश भट्टराईलाई तथा उत्कृष्ट कारोवारी अन्तर्गत परशुराम रानामगर, श्री श्याम प्रसाद सुवेदी र इन्द्र वहादुर बलामीलाई सम्मानित गरिएको थियो । सम्मान कै क्रममा यस वर्ष संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा शुभ भट्टराईलाई नगद सहित सम्मानित गरिएको थियो । साधारणसभामा लेखा समितिको तर्फबाट कृष्ण प्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि सबै शेयर सदस्यहरु तथा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभएको थियो ।  
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप