विकू साकोसको नवनिर्वाचित सञ्चालक समितिद्धारा पदभार ग्रहण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको नवनिर्वाचित सञ्चालक समितिद्धारा पदभार ग्रहण

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नव निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिले आज शपथसँगै पदभार ग्रहण गरेको छ । संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले शपथ ग्रहण गराउनुभएको हो । विकूका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले नव निर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ लाई पद हस्तान्तरण गर्नुभयो । 

संस्थाको ३४ औँ साधारण सभा अन्तर्गत शनिबार गैँडाकोटमा सम्पन्न निर्णय प्रमाणित तथा समापन कार्यक्रम तथा नयाँ नेतृत्प घोषणा सभाले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको थियो । संस्थाको उपाध्यक्षमा कालीदास गौडेल, सचिवमा गोविन्द कँडेल, कोषाध्यक्षमा पुष्पराज बराल, सह सचिवमा लक्ष्मण पौडेल चयन हुनुभएको थियो भने सदस्यहरुमा निर्मला अधिकारी, अग्निप्रसाद सापकोटा, देवेन्द्र राना, दिलमाया श्रेष्ठ, लक्ष्मी गौतम, शोभाखर कँडेल, गणेशमान महतो, हिरा भुषाल, मुना कुमारी धनन्जय लम्साल र शेषकान्त कोइराला सर्वसम्मत चयन हुनुभएको थियो त्यसैगरी, लेखा सुपरीवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यमा सुरेन्द्र तिवारी र लक्ष्मी सिग्देल चयन हुनुभएको थियो । 
नव निर्वाचित अध्यक्ष सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका आर्थिक मन्दीको वित्तीय क्षेत्रमा पर्ने असर चिर्ने गरी कार्यक्रम गर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनसँगै वडा सरोकार मञ्च गठनदेखि सदस्य खुसी र सुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदीले वितेका ४ वर्षको अनुभवलाई आगामी दिनमा कार्यान्वयन गर्ने बताउनुभयो । 

संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू नायक सहकारी रहेकोले यसको गरिमा कायम राख्न सहकारीको अध्ययन र गाम्भिर्यसाथ लाग्न आग्रह गर्नुभयो । विकूका पूर्व अध्यक्ष एवं निर्वाचन समिति सदस्य केशवप्रसाद सापकोटाले सदस्य शिक्षामा जोड दिन आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले विकू सहकारीको मर्म अनुसार अघि बढेकै कारण सफल भएको बताउँदै म हैन हामी भन्ने भावनाका साथ अघि बढ्न सुझाव दिनुभयो । 

संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा लागनी, युवा पलायन रोक्ने खालका कार्यक्रम र मानवीय स्रोत भन्दा प्रविधिको प्रयोग गरी गुणस्तरीय कार्यक्रम गर्न सुझाव दिनुभयो । विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यक्रम सहजिकरण गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप