'शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन गर्न सकेको छ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन गर्न सकेको छ' 

भक्तपुर । सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २३औं बाषिक साधारण सभा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता तथा भक्तपुर क्षेत्र नं २ का संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा असोज २७ गते सम्पन्न गरेको छ। सभामा नेफ्स्कूनकी सञ्चालक सदस्य मन्दिरा मिश्र, भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सभामा प्रमुख अतिथि थापाले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन भएर शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन गर्न सकेकोमा भन्दै प्रशंसा गर्नुभयो । । पछिल्लो समय सहकारीमा विकृति मौलाएको भन्दै उहाँले संस्थाबारे यथेष्ट जानकारी लिएर मात्रै सदस्य बन्न आग्रह गर्नुभयो । 

सभामा अध्यक्ष कासुलाले ‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित संस्थाले सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गरी सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । कतिपय सहकारी संस्थाले तरलता लगायतको समस्या भोगिरहेको अवस्थामा संस्थाले भने सदस्यको आवश्यकताअनुसार जतिसुकै रकम झिक्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो  ।

केही व्यक्तिवादी र सुशासनमा नचेलका सहकारी संस्थाका कारण सहकारीप्रति सदस्यको विश्वास घटेकाले समुदायमा चलेका सहकारी संस्थालाई पनि त्यसको सामान्य प्रभाव परेको उहाँले बताउनुभयो । सदस्यलाई वित्तीय साक्षरताका माध्यमबाट संस्थाको सम्पूर्ण गतिविधिबारे जानकारी दिँदै आएको र संस्था पूर्ण रुपमा सुरक्षित रहेको उहाँको दाबी थियो । 

संस्थाले ऋण लगानी गर्दा सदस्यको आयश्रोत, धितो सुरक्षंण र संस्थाप्रतिको सोच तथा व्यवहारलाई विश्लेषण गरी लगानी गर्दै आएको उहाँले सभामा जानकारी गराउनुभयो ।  संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक वर्ष २०७९र८० को बार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । 
संस्थाले गत आर्थिक बर्षमा मिठाई बनाउने तालिम, निःशुल्क दन्त शिविर, शिक्षा शिविर तथा रक्तदान, बृहत्त सहकारी साइकल र्‍याली, वृक्षारोपण, हाडजार्नेनी तथा नशा रोग सम्बन्धि स्वास्थ्य शिविर, जेष्ठ नागरिक भ्रमण जस्ता थुप्रै गतिविधिहरु गरेको जानकारी उहाँले गराउनुभयो । 

संस्थाले चालु आर्थिक बर्षमा जगेडा कोष वृद्धि गरी १० प्रतिशत पुर्याउने, बचतका २४ वटा प्रडक्ट सञ्चालनमा ल्याउने र त्यसलाई प्रभावकारी बनाउन घर दैलो कार्यक्रम गर्ने, कृषि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने र कृषक सदस्यको लागि मलखादको व्यवस्था गर्ने योजना अगाडि सारेको छ ।

संस्थाका सञ्चालक धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १० करोड ७० लाख ३९ हजार , जगेडा तथा अन्य कोषमा १६ करोड २२ लाख ९४ हजार, बचत संकलन ९२ करोड ६४ लाख ८९ हजार, ऋण लगानी ९५ करोड ४ लाख गरी कुल सम्पत्रि १ अर्ब २७ करोड ७४ लाख पुगेको सभामा जानकारी गराउनुभयो । संस्थाले त्यस अवधिमा खुद नाफा २ करोड ६० लाख आर्जन गर्न सफल भएको छ ।

सो अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत ८, १० र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति र सम्मान प्रदान गरेको छ भने आगामी वर्षदेखि एमडी र पिएचडी गर्नेहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी दिइयो । सभामा ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप