कास्कीको आस्था साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कीको आस्था साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

कास्की । पोखराको बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औै वार्षिक साधारण सभा असोज २८ गते सप्पन्न भएको छ । कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सहकारी संघका संचालक धनराज पुरी, अतिथिहरु नेफ्स्कून पोखराका इन्चार्ज सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख अमृत श्रेष्ठ, सस्थाका प्रमुख सल्लाहकार जगन्नाथ अधिकारी, सल्लाहकार डा.गङगादत्त सुवेदी लगायतले सहकारीको वर्तमान अवस्था, संचालक तथा शेयर सदस्यहरुको भूमिकाका बारे प्रकाश पार्दै  शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यद्वारा आफ्ना आमा बुबाको स्मृतिमा स्थापित 'आस्था सहकारिता पुरस्कार' बाट सम्मानित सहकारीकर्मी एवम् सहकारी अभियन्ता, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराललाई दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी संस्था प्रवर्द्न तथा विकास पुरस्कारका अक्षयकोषदाताहरु क्रमशः सस्थाका उपाध्यक्ष वसन्त कुमार आचार्य, शेयर सदस्य शिव प्रसाद पौडेल र सेयर सदस्य घनश्याम आचार्यबाट क्रमशः सल्लाहकार डा. गङगादत्त सुवेदी, नि.अध्यक्ष जगन्नाथ अधिकारी र नि.कोषाध्यक्ष ईश्वरी प्रसाद सापकोटालाई दोसल्ला, सम्मानपत्र र नगद रकम सहित सम्मान गरिएको थियो । 

संस्थामा उत्कृष्ट बचत तथा ऋण कारोबारअन्तर्गत पुरुषतर्फ नरबहादुर गुरुङ र महिलातर्फ ओम कुमारी गुरुङलाई सम्मान गरिएको थियो । त्यसै गरी ऋणतर्फ ताराकुमारी सुवेदी र विष्णुप्रसाद पौडेललाई सम्मान गरिएको थियो।वर्ष असल सदस्यतर्फ चित्र कुमारी आचार्य र प्रदीप अधिकारीलाई सम्मान गरियो भने वर्ष उत्कृष्ट कर्मचारीका रूपमा बजार सहायक मनोज आचार्यलाई सम्मान गरियो। कार्यक्रममा माध्यमिक शिक्षा उत्तीर्ण सम्मान अन्तर्गत कुल २१ जना छात्रछात्राहरुलाई सम्मान गरिएको थियो। साधारण सभामा सस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यले सस्थागत चिनारी प्रस्तुत गर्नुभएको थियो भने बाल कलाकारत्रय संस्कृति सुवेदी ,केया आचार्य र आविष्का आचार्यले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद आचार्य, सचिब  ज्ञानेश्वर सुबेदी, कोषाध्यक्ष बद्रीराज गौतम, लेखा सुपरीवेक्षण समितिका संयोजक भिम प्रसाद आचार्यले  प्रस्तुत गर्नुभएको अध्यक्ष , सचिव , कोषाध्यक्ष र लेखा सुपरीवेक्षणको  प्रतिबेदन पारित गरिएको थियो । साथै आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद आचार्यबाट प्रस्तुत भएको थियो । संस्थाकी संचालक रमिला पौडेल सापकोटाले स्वागत गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बसन्त कुमार आचार्यले धन्यवाद मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिब एवम् प्रोवेसन कार्यदलका संयोजक ज्ञानेश्वर सुबेदीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप