यसरी गरौं नयाँ नोटको जतन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी गरौं नयाँ नोटको जतन

काठमाडौं । यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा प्रदान गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंकले विशेषगरी दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटही गर्छ। चाडपर्वमा नयाँ नोटको आवश्यकता पर्ने भएकाले मोटो रकम खर्च गरेर राष्ट्र बैंकले सानादेखि ठूला दरका नयाँ नोट सटही गर्छ। दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुन्छ। दक्षिण दिन देखि लिएर पूजाआजामा समेत प्रयोग गरिन्छ। जसले गर्दा नयाँ नोटमा रंग लाग्ने, पानी तथा दुधले नोट मैला हुन्छ। या भनौँ नोट बिग्रने तथा च्यातिन्छन्। जसले गर्दा नोटको आयु घट्छ। यसरी नयाँ नोटको आयु घट्दा पुनः अर्को दसैँमा नयाँ नोट बनाउनु पर्ने हुन्छ। जसले गर्दा खर्च बढ्छ। नोट प्रयोगकर्ताहरुले केही सावधानी अपनाउँदा त्यस्तो खर्च बचाउन सकिन्छ । त्सका लागि हरेक वर्ष नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न आग्रह गर्ने गरेको छ ।  बैंकले जारी गर्ने सूचनामा, ‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ’ भनेर उल्लेख गर्दै आएको छ । नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन ।

यस्तै ‘नोटलाई जतनसाथ प्रयोग गरौँ, मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ, कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरौँ’ भन्ने व्यहोराको अनुरोध राष्ट्र बैंकले गर्दै आएको छ । यसैगरी धार्मिक कामहरुमा पनि नोटमा रङ, पानी, दुध र रगत नपार्ने बरु त्यसको सट्टा खाममा पैसा हालेर दिने काम गर्न राष्ट्र बैंकको सुझाव छ ।

राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन–२०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले ती मुद्राको प्रयोग जतनपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ । कागजी नोट चाँडै बिग्रने भएकाले सावधानीपूर्वक चलाउनुपर्नेमा राष्ट्र बैंकको जोड छ । कागजी नोटलाई जतनपूर्वक चलाउन सकेनौँ भने नोटको आयु चाँडै सकिन्छ । त्यसैले नोटको जतन गर्नु सबैको दायित्व हो ।

त्यसका साथै चाडबाडमा पैसामा टिका तथा रङ नलगाउने, पानीमा नभिजाउने तथा जतनपूर्वक प्रयोग गर्ने गर्नुपर्छ । हामी सबैले नयाँ नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।

नोटको जतन कसरी गर्ने ?

  • नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।
  • नोटमा जथाभावी केरमेट नगरौं ।
  • समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
  • नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔं ।
  • नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।
  • नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
  • नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।
  • पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔं ।
  • नोट टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ ।
  • नोटमा स्टिचको प्रयोग नगरौँ, भुक्तानी कारोबारमा जाली वा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकमा वा अन्य बैंकमा खबर गरौँ, नोटमा रङ्ग, पानी, दूध, रगतलगायत नपारौँ’ लगायतका सचेतना जगाउने काम गर्न विभागले आग्रह गरेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप