पोखराको हितैषी साकोसको ११औं वार्षिक साधारण सभा सम्पन्न, सामुदायिक हितका लागि सहकारी आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको हितैषी साकोसको ११औं वार्षिक साधारण सभा सम्पन्न, सामुदायिक हितका लागि सहकारी आवश्यक

कास्की । पोखरा–१६ अर्मलास्थित हितैषी बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा असोज २९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा आयोजित सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक चण्डी प्रसाद शर्मा पौडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले समुदायको वृहत्तर हितका लागि सहकारी संस्थाको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले केही व्यक्तिको बदमासीका कारण नागरिकमा भ्रम सिर्जना भएको बताउँदै, नियम संगत चलेका सहकारीमा समस्या नभएको स्पष्ट पार्नुभयो ।

सभाका विशेष अतिथि पोखरा -१६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले सहकारीप्रति नागरिकको विश्वास अझै रहेको बताउँदै आफ्नो वडा भित्रका सहकारीमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । साकोसका अध्यक्ष एवं कास्की बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अम्बिका गौतम, जिल्ला बचत संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना लगायतले सहकारीले आर्थिक संकलन मात्र नगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत सेवामुखी काम गरेको बताउनुभयो । 

यसैगरी, जिल्ला सहकारी संघ कास्कीका संचालक अम्बिका गौतम, कास्की बचत संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, अतिथिहरु हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद लामिछाने, अर्मला साना किसान सहकारी संस्थाका अध्यक्ष शोभा आचार्य, डाँफे बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक कमल मोहन आचार्य, संस्थाका सल्लाहकार लगायतले सहकारीको वर्तमान अवस्था, संचालक तथा शेयर सदस्यहरुको भूमिका बारे प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष धनराज आचार्यद्धारा संस्थाका शेयर सदस्य एवम् सदस्यका छोरा छोरीहरुले प्राप्त गरेको सफलता एवम् योगदानलाई कदर गर्दै सम्मान गर्ने प्रयोजनका लागि स्थापित अक्षयकोष बाट गण्डकी प्रदेशको भलिबल टिममा कास्कीबाट प्रतिनिधित्व गर्ने पोखरा– १६ गर्लाङ्गका विजय परियारलाई दोसल्ला, सम्मानपत्र, मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो। यसैगरी, संस्थाका जेष्ठ सदस्य पुरुषतर्फ ८५ वर्षका गिरीधारी आचार्य र महिलातर्फ ८३ वर्षकी विरा गुरुङ्गलाई सम्मान गरिएको थियो । संस्थाका उत्कृष्ट बचतकर्ता इन्द्र बहादुर गुरुङ्ग, उत्कृष्ट बाल बचत कर्ता दिविन आचार्य, उत्कृष्ट नियमित बचतकर्ता राधा कुमारी आचार्य, उत्कृष्ट उद्यमी पधेरी मल्टीप्रपोज पिउने पानीका अध्यक्ष बसन्त बास्तोला र पूर्व संचालकलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहायक विवश आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा माध्यामिक शिक्षा उर्तिण १३ जना छात्र छात्रालाई सम्मान गरिएको थियो भने श्री शान्ति मा. वि का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष शेर बहादुर कार्की, सचिव मदन प्रसाद आचार्य, कोषाध्यक्ष तेजकुमारी गुरुङ्ग, लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन पारित गरिएको थियो । साथै आ.व.२०८०/०८१ को निति तथा कार्यक्रम अध्यक्ष शेर बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष धनराज आचार्यले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने सचिव मदन प्रसाद आचार्य र संचालक सदस्य विश्वबन्धु थापाले कार्यक्रम संचालन गर्नुभएको थियो । नेफ्स्कूनले साकोसहरुको गुणस्तरीयता तथा स्तरीकरणका लागि सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आवद्ध संस्थामा हाल हाल २ हजार बढी सदस्य रहेका छन् ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप