भिमेश्वरस्थित परोपकार महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भिमेश्वरस्थित परोपकार महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका ६, स्थित परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. ले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा आयोजित सभाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का रहनुभएको थियो । सभाका प्रमुख अतिथि खड्काले महिलाहरुले सञ्चालन गरेको सहकारीले समुदायमा नेतृत्व विकास, बचतको महत्व तथा शसक्तिकरणका लागि काम गरेको बताउनुभयो । महिलाहरुको सामाजिक आर्थिक उन्नयनका दिशामा परोपकार महिला साकोसले अब्बल काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । बचत तथा ऋण सहकारीहरुले सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै वित्तीय अनुशासनको पनि पालना गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेफ्स्कून सञ्चालक खड्काले सदस्यहरुलाई उद्यमी बनाउने दिशामा आफ्ना क्रियाकलापहरु केन्द्रीत गर्न सुझाव दिनुभयो ।

सभामा जिल्ला सहकारी संघका महासचिव कृष्ण प्रसाद दाहाल, जिल्ला बचत संघका उपाध्यक्ष जगत प्रसाद सुवेदी, भिमेश्वर नगरपालिकाका बरिष्ठ अधिकृत नारायण प्रसाद सेढाई, नेपाल पत्रकार महासंघ दोलखाको सचिव दिलबहादुर केसी लगायतको सहभागित रहेको थियो ।

सभामा संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले महिलाहरुले नेतृत्व गरेको साकोसलाई अव्बल र व्यवस्थित र उदाहरणीय बनाउन निरन्तर सक्रिय रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । साकोसले मुनाफा भन्दा पनि सदस्यको उत्थान, जीविकोपार्जन र सशक्तिकरणमा जोड दिएको उहाँले बताउनुभयो । साकोसले महिला उद्यमशिलताको क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।

सभामा अधिकांश वक्ताहरुले सहकारी एकिकरण, नीति, विधि र प्रविधिको उच्चतम उपयोग, उत्पादनमुखी ऋण लगानी, सामाजिक कार्य, सदस्यको आर्थिक विकासमा संस्था लाग्नुपर्नेमा जोड दिनुभएको थियो । २ हजार ७२ सदस्य रहेको साकोसको कुल सम्पत्ति १४ करोड ९१ लाख २४ हजार रुपैयाँ पुगेको छ । संस्थासँग १० करोड ६१ लाख ७५ हजार बचत रहेको छ भने ऋण लगानी १२ करोड ४५ लाख बढी रहेको कोषाध्यक्ष भवानी खड्काले सभामा जानकारी गराउनुभयो । साकोसले निक्षेप संकलन, कर्जा प्रवाहसँगै सदस्यको आर्थिक स्तरोन्नति र सामाजिक कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । आर्थिक मन्दीको प्रभाव ऋण लगानी र असुलीमा परेको उहाँले बताउनुभयो । साकोसले गत आर्थिक वर्ष १८ लाख ५ सय ६७ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी सभामा गराइएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप