एकीकृत फ्रेण्डसिप साकोसको नवौँ वार्षिक साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब ३३ करोड नाघ्यो  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोसको नवौँ वार्षिक साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब ३३ करोड नाघ्यो  

दोलखा । जिरीमा मुख्य कार्यालय एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाकोे नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत असोज २० देखि २७ गतेसम्म १३ वटा सेवा केन्द्रमार्फत क्षेत्रगतरुपमा साधारण सभा आयोजना गरी असोज २८ गते मुख्य कार्यालयमा निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा एवं जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलको प्रमुख आतिथ्यतामा सभा सम्मन्न गरिएको हो । संस्थाका सह–सचिव जयन्ती प्रधानले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक केशव खड्काले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । 

साधारण सभामा उत्कृष्ट बचतकर्ता, सेयरसदस्य, मोवाइल बैंकिङमा अधिक कारोवार गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाल सदस्यलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

संस्थाले विभिन्न ९ वटा सहकारी संस्थासँग एकिकरण गरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्लालाई समेत कार्यक्षेत्र सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न १४ प्रकारका बचत योजना सञ्चालनमा ल्याएको छ भने सदस्यहरुलाई तरकारी तथा फलफुल, कृषि, बन, थोक तथा खुद्रा, शैक्षिक, उत्पादन तथा पर्यटन, लघुवित्त, हायरपर्चेज र वैदेशिक रोजगार जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

संस्थाले सदस्य राहत कोष, सुत्केरी स्याहार र वृद्ध भत्ता जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई सुविधा प्रदान गर्दै आएको छ । संस्थाले मोबाइल बैंकिङ समेत सञ्चालनमा ल्याएको र उक्त एपको प्रयोग विभिन्न युटिलिटी पेमेन्ट, रकम ट्रान्सफर लगायतका सुविधा प्रयोग गर्न सकिने जनाएको छ ।

संस्थामा गत असार मसान्तसम्मा १४ हजार ८ सय ९२ सदस्य, १० करोड ६७ लाख शेयर पुँजी, विभिन्न कोषहरुमा ९ करोड ७४ लाख, १ अर्ब ९ करोड ७२ लाख बचत संकलन, ९६ करोड ९९ लाख ऋण तथा सम्पत्ति एक अर्ब ३३ करोड ३६ लाख ९२ हजार रुपैंया पुगेको छ । संस्थाले त्यस अवधिमा १ करोड २६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप