विश्व क्रेडिट युनियन सम्मेलन–२०२४; सहभागी नाम दर्ता खुला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियन सम्मेलन–२०२४; सहभागी नाम दर्ता खुला

विश्व क्रेडिट युनियन सम्मेलन–२०२४ मा सहभागिताका लागि नाम दर्ता खुला गरिएको छ । विश्वभरका वित्तीय सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) र अमेरिकी क्रेडिट युनियनहरुको छाता संगठन-क्रेडिट युनियन नेशनल एशोसिएन (क्यूना) ले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त सम्मेलन अमेरिकाको बोस्टनमा आगामी जुलाई २१ देखि २४ सम्म हुँदैछ । क्यूना विश्व ऋण परिषद्को प्रत्यक्ष सदस्य हो । बोस्टन शहरको बोस्टन कन्भेन्सन सेन्टरमा आयोजना हुने सम्मेलनको दौरान ओकूको वार्षिक साधारण सभा, ओकू अन्तर्गत क्रेडिट युनियनमा आवद्ध महिलाहरुको सञ्जाल ग्लोबल विमिन लिडरशीप नेटवर्क (जीडब्लूएलएन) र युवाहरुको सञ्जाल डब्लूवाईसीयूपीसँगै क्रेडिट युनियनका जल्दाबल्दा विषयहरुमा प्लेनरी र ब्रेकआउट सेसन सञ्चालन हुने जनाइएको छ । विश्व क्रेडिट युनियन विश्वभरका बचत तथा ऋण सहकारी अभियानको महाकूम्भ हो । यो सम्मेलन सिकाइ तथा अनुभव आदानप्रदानसँगै सम्बन्ध विकास र विस्तार गर्ने साझा थलो समेत हो । ओकूले वेबसाइट तथा आफ्ना सामाजिक सञ्जालमार्फत आगामी वर्षको सम्मेलनका लागि सहभागी हुन आग्रह गर्दै रजिष्ट्रेशन खुला गरिएको जनाएको हो ।

सन् २०२३ को विश्व क्रेडिट युनियन सम्मेलन जुलाई २३ देखि २६ सम्म क्यानाडाको भ्यानकूभर शहरमा आयोजना गरिएको थियो । सहभागिताका हिसाबले ऐतिहासिक रहेको उक्त सम्मेलनमा ओकूको प्रत्यक्ष सदस्यको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का तर्फबाट पनि सहभागिता जनाइएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप