आईसीए एपीको मनिला बैठकमा वित्तीय सहकारीबारे छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीए एपीको मनिला बैठकमा वित्तीय सहकारीबारे छलफल

फिलिपिन्सको राजधानी मनिलामा जारी अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको एसिया प्रशान्त क्षेत्रीय कार्यालय आईसीए एपीको १६औं साधारण सभाको साइडलाइनमा आज वित्तीय सहकारीहरुबारे छलफल भएको छ । आईसीए एपीमा सदस्यको रुपमा बैठकमा नेफ्स्कूनकोतर्फबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक हरेराम पटेल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहभागी हुनुहुन्छ । आइसीए एपीको साधारण सभामा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेल, बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पनि सहभागी हुनुहुन्छ ।

आजको छलफलमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तय गरेको १७ वटा विकासात्मक लक्ष्य हासिल गर्न वित्तीय सहकारीले हालसम्म खेलेको भूमिका, चुनौतीहरु र भावी रणनीतिबारे छलफल जारी रहेको छ । वित्तीय सहकारी सञ्चालनका विविध पक्षबारे पनि छलफल हुने आइसीए एपीको आधारिक सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । नोभेम्बर ६ बाट १० सम्मका लागि आयोजित आईसीए एपीको १६औं साधारण सभा अन्तर्गत साइडलाइनमा विभिन्न कार्यशाला र बैठकहरु भएका हुन् । साधारण सभाको कार्यक्रम भने भोलि आयोजना हुनेछ । 

सभाकै सेरोफेरामो नोभेम्बर ३ देखि ५ सम्म क्षेत्रीय युवा कार्यशाला आयोजना गरिएको छ । आईसीए एपी अन्तर्गतको युवा समितिले उक्त कार्यशाला आयोजना गरेको हो । कार्यशालामा युवाहरुलाई सहकारीप्रकृतिको स्टार्ट अप व्यवसाय सुरु गर्न प्रेरित गर्ने उद्देश्यसहित छलफल भएको छ । कार्यशालाले त्यसका लागि २ वर्षे कार्य योजना तयार पार्ने लक्ष्य लिएको छ । 

हिजो नै आईसीए एपीको सञ्चालक समितिको पूर्ण बैठक पनि बसेको छ । बैठकमा आईसीएका अध्यक्ष एरियल ग्वार्को पनि सहभागी हुनुभएको छ । ग्वार्को आईसीए एपीको १६औं साधारण सभामा सहभागी हुन ब्रसेल्सबाट मनिला पुग्नुभएको हो । आइसीए एपीको सञ्चालक समितिमा नेपाली सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेल पनि सदस्य हुनुहुन्छ । उक्त बैठकमा उहाँले नेपाली सहकारी अभियानको प्रतिनिधित्व गर्नुभएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभा आईसीए एपीको सर्वोच्च निकाय हो । 

साधारण सभाले आईसीएको क्षेत्रीय निकायको विगत दुई वर्षका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै भावी नीति तथा कार्यक्रमसहित कार्यदिशा तय गर्ने छ । सभामा सहकारी क्षेत्र र त्यसमा पनि एशिया प्रशान्त क्षेत्रकाका समसामयिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । सन् २००३ यता पहिलो पटक फिलिपिन्सको सहकारी अभियानले आईसीए एपीको साधारण सभा आयोजना गर्न लागेको हो । 

सभाको सेरोफेरोमा भोलि नोभेम्बर ८ मा ‘कोअपरेटिभ्स आवर कमन एजेन्डा’ थिममा सहकारी ११औं एशिया प्यासिफिक कोअपरेटिभ फोरम पनि आयोजना हुँदैछ । भोलि नै आईसीए एपीले पहिलो पटक सुरुवात गरेको आईसीए एपी कोअपरेटिभ एक्सिलेन्स अर्वाड पनि घोषणा गरिदैछ । सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संस्था र नियामक निकाय गरी ३ विधामा यो पुरस्कार दिइने आईसीए एपीले जनाएको छ ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय आईसीए अन्तर्गत हाल आईसीए एपी, आईसीए अफ्रिका, आईसीए युरोप र आईसीए अमेरिकाज् गरी ४ वटा क्षेत्रीय कार्यालय रहेका छन् । सन् १९६० मा स्थापना भएको आईसीए एपीको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित छ भने पहिलो क्षेत्रीय साधारण सभा सन् १९९५ मा नयाँ दिल्लीमानै आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गत हाल २८ राष्ट्रका करिब १ सय ८ सहकारी सदस्य रहेका छन् । आइसीए एपीको अध्यक्षमा भारतका प्रसिद्ध सहकारीकर्मी डा.चन्द्रपाल सिंह निर्वाचित भएपछिको पहिलो पटक साधारण सभा आयोजना हुन लागेको हो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप