'जिल्ला संघ साझेदारीमार्फत मात्रै साकोस अभियानले नविनतम र निर्णायक समाधान पाउने'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'जिल्ला संघ साझेदारीमार्फत मात्रै साकोस अभियानले नविनतम र निर्णायक समाधान पाउने'

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले जिल्ला संघको सहकार्य, पहलकदमी र साझेदारीमार्फत मात्रै साकोस अभियानले नविनतम र निर्णायक समाधान पाउने हुँदा जिल्ला संघले सधैं नेफ्स्कूनलाई झक्झक्याउनुपर्ने बताउनुभयो । काठमाडौं जिल्ला भरका बचत तथा ऋण सहकारीहरुको जिल्लास्तरीय संघ कास्कूनले नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिसँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले कास्कूनले नेफ्स्कूनलाई सधै झक्झक्याइरहनुपर्ने सुझाउनुभएको हो । नेफ्स्कूनको पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको सन्दर्भमा कास्कूनले आज काठमाडौंमा उपलब्ध नेफ्स्कून सञ्चालक समितिसँग अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा कास्कूनका अध्यक्ष दिपक पनेरुले अभियानले सदैव सदस्य संस्थाहरुको संंस्थागत विकास, क्षमता विकास, सुशासन प्रबर्द्धन र सुपरिवेक्षण गर्नु पर्ने तथा नीतिगत बहस पैरवी मार्फत राज्यलाई ऐन, नियमावलीको कार्यान्वयन गर्नु पर्ने धारणा राख्नु भएको थियो । नेफ्स्कून मार्फत आन्तरिकीकरण भएका असल सिकाइ, नेतृत्व गुण तथा क्षमताका कारण आज सिंगो सहकारी अभियान निर्देशित रहेको अवस्थामा नेफ्स्कूनले जारी गर्ने नीतिगत धारणा, मार्गनिर्देशनहरु कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउँदै सदैव सँगसँगै यात्रा गर्ने बताउनुभयो ।

नेफ्स्कून र जिल्लासँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लाने, सहकार्य र समन्वयलाई सघन बनाउने र हार्दिकता फराकिलो बनाउने विषयमा विषयगत केन्द्रिय संघ र जिल्ला बचत संघबीच छलफल भएको हो । खासगरी कास्कूनसँगको सम्बन्धलाई आगामी दिनमा कसरी सशक्त र प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया भएको थियो । कास्कूनले नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको हो । 

कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष विनिता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कास्कूनका महासचिव निरञ्जन सेढाईले सञ्चालन गर्नुभएको कार्यक्रममा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका कास्कूनका अध्यक्ष दिपक पनेरुले नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक थापा, सञ्चालक सदस्यहरु सुशिल कुमार बस्न्यात, नवराज अर्याल र देव कुमार श्रेष्ठलाई मायाको चिनो, सम्मानपत्रसहित हार्दिक बधाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कास्कून सञ्चालक समिति, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारी, नेफ्स्कून सदस्य सेवा कार्यालय चाबहिलकी इन्चार्ज राधा पोखरेल लगायतको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप