एकीकृत साकोस सञ्जाल अपरिहार्य छ, अब ‘फ्रेस स्टार्ट’ गरौं
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत साकोस सञ्जाल अपरिहार्य छ, अब ‘फ्रेस स्टार्ट’ गरौं

काठमाडौं । नेपालमा एकीकृत साकोस सञ्जाल व्यवस्थापन अपरिहार्य रहेको भन्दै नयाँ अंग्रेजी वर्षबाट नयाँ सुरुवात गर्न एशियाली ऋण महासंघ (अकू) ले आग्रह गरेको छ । विषयगत केन्द्रीय संघको रुपमा नेफ्स्कूनमार्फत एकीकृत साकोस सञ्जाल व्यवस्थापनको काम यो अंग्रेजी वर्षको अन्त्यसम्ममा देखिने गरी सुरु गर्न अकूले आग्रह गरेको हो । 

सन् २०१३ बाटै सञ्जाल व्यवस्थापनको विषय नेफ्स्कूनले सुरु गरेपनि बिचमा केही अलमल भएको बताउँदै अब यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता नेफ्स्कूनले व्यक्त गरेको छ । नेफ्स्कूनले एकीकृत साकोस सञ्जाल व्यवस्थापनको अपरिहार्यतालाई रणनीतिक योजनाको प्राथमिकतामा समावेश गरेर सबैको राय सल्लाहसहित यसै वर्षभित्र नतिजा आउने गरी काम गर्ने प्रतिबद्धता सञ्चालक समितिका तर्फबाट नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभयो । 

यसैगरी, साकोस अभियानका व्यवस्थापन प्रमुखहरुले पनि दिगो, सुरक्षित र सबल साकोस अभियानका लागि एकीकृत साकोस सञ्जाल व्यवस्थापन अपरिहार्य भएको भन्दै नेफ्स्कूनको अगुवाईमा यो काम अघि बढाउन आफूहरु तयार रहेको धारणा राख्नुभयो ।   

नेफ्स्कूनको अगुवाई तथा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबको आयोजनामा सुरु भएको क्यूमेल्स श्रृङ्खला अन्तर्गत आज सञ्चालित तेस्रो एपिसोडको सहजीकरण गर्दै अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोके तथा चिफ टेक्निकल अफिसर रञ्जित हिताराचीले नेफ्स्कूनले नयाँ वर्षमा नयाँ सञ्चालक समिति तथा नयाँ व्यवस्थापन प्रमुखको अगुवाईमा एकीकृत सञ्जाल व्यवस्थापनको विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको हो । 

कार्यक्रमका प्रमुख सहजकर्ता अकूका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका चीफ टेक्निकल अफिसर हिताराचीले वित्तीय जोखिम, बजार जोखिम, कारोबार जोखिम, वस्तु तथा सेवाको जोखिम, ब्याजदरको जोखिम जस्ता अनेकन जोखिमको सामना गर्नुपर्ने साकोसहरुको प्रत्यक्ष अप्रत्यक्ष अनुगमन तथा सुपरिवेक्षण अपरिहार्य भएको भन्दै नेपालको सन्दर्भमा विषयगत केन्द्रीय संघ नेफ्स्कूनमार्फत यो काम गर्दा राम्रो र प्रभावकारी हुने धारणा राख्नुभयो । दक्षिण कोरियाली केन्द्रीय बचत संघ नाकूफोकमार्फत पनि सञ्जाल व्यवस्थापनको काम भैरहेको जानकारी गराउँदै उहाँले नेपालमा पनि नेफ्स्कूनमार्फत एकीकृत सञ्जाल व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो । 

एकीकृत साकोस सञ्जाल व्यवस्थापन भित्र स्रोतहरुको आदानप्रदान, स्तरीकरण, करारीय ऐक्यबद्धता र सुशासन तथा स्वअनुशासनका विषयहरु पर्ने भन्दै हिताराचीले प्रविधि, तरलता व्यवस्थापन, मानव संशाधन तथा व्यवस्थापन, प्रवर्धन तथा बजार व्यवस्थापन, तालिम तथा स्रोत, जोखिममा आधारित साकोस सुपरिवेक्षण, ब्राण्डिङ तथा दृश्यात्मक एकरुपता र स्थिरीकरण कोष जस्ता विषयहरु नेफ्स्कूनमार्फत एकीकृत रुपमा व्यवस्थापन गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

सञ्जाल व्यवस्थापन अन्तर्गत फेडेरेशनले के कस्ता काम गर्ने भन्ने विषयहरु अमेरिका, दक्षिण कोरिया, क्यानाडा, अष्ट्रेलिया जस्ता सफल मुलुकका क्रेडिट युनियन कानूनमा उल्लेख भएको उदाहरण उहाँले प्रस्तुत गर्नुभएको थियो । नेपालमा नेफ्स्कूनले गर्नुपर्ने एकीकृत सञ्जाल व्यवस्थापनको काम विगतमा सुरु भएर केही बर्ष अल्झिएपनि अब नयाँ सञ्चालक समिति र नयाँ व्यवस्थापन प्रमुखको अग्रसरतामा यो नयाँ वर्षमा देखिने गरी काम हुने विश्वास हिताराचीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कूनको नयाँ सञ्चालक समिति र व्यवस्थापनले एकीकृत साकोस सञ्जालको प्राथमिकीकरणमार्फत नेपाली साकोसहरुलाई विश्वस्तरको क्रेडिट युनियन बनाउनेछन् ।’

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बीचमा केही वर्ष अलमलमा परेपनि अब एकीकृत साकोस सञ्जाल व्यवस्थापन विषयमा संघ प्रतिबद्ध हुने  भन्दै सन् २०२४ को अन्त्यसम्म २५ वटा साकोसहरुलाई जोडी  यो अभियानको सुरुवात गरिने जानकारी गराउनुभयो । यसका लागि साकोसहरुले आफ्ना सबै गतिविधि र कारोबारहरु नेफ्स्कूनलाई मनिटरिङ र सुपरभिजन गर्न अनुमति दिनुपर्ने शर्त भने उहाँले उल्लेख गर्नुभयो ।  नेपालको साकोस अभियानले सदस्य, कारोबार र प्रभावको क्षेत्रमा व्यापकता पाएको भन्दै सञ्जाल व्यवस्थापन अब झन ट्डकारो आवश्यकता बनेको प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । ‘अब नेफ्स्कूनले रणनीतिक योजनामा एकीकृत साकोस सञ्जाल व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउँछ’ उहाँले भन्नुभयो, ‘मैले केही दिनअघि पनि एउटा अन्तवार्तामा भनेको छु, मेरो कार्यकालभित्र १ सय साकोसको जिम्मा नेफ्स्कूनले लिने गरी काम गर्नेछ । त्यो भनेको एकीकृत साकोस सञ्जाल व्यवस्थापनका माध्यमबाट नै हो ।’

एकीकृत साकोस सञ्जालको कुरा गर्दा अकूले विगतमा नेफ्स्कूनको नाम लिने गरी पनि बीचमा यस दिशातर्फ काम नभएको उल्लेख गर्दै अब नयाँ जोश र जाँगरका साथ निरन्तरता दिने विश्वास उसले लिएको छ । ‘सन् २०२४ मा सञ्जाल व्यवस्थापनको विषयलाई गति दिऔं’ हिताराचीले भन्नुभयो, ‘विगतमा जे भयो त्यसलाई बिर्सेर नेफ्स्कूनले अब यो विषयलाई अगुवाई गर्नुपर्छ । त्यसका लागि योजना, कार्यक्रम र मानव संशाधन व्यवस्थापन पनि महत्वपूर्ण छ ।’ 

भर्चुअल कार्यक्रमको अन्त्यतिर प्रश्नोत्तरमा सहभागी नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक केबी लामासहित विभिन्न साकोसका व्यवस्थापन प्रमुखहरुले एकीकृत साकोस सञ्जालको अवधारणाप्रति सहमति जनाउँदै नेफ्स्कूनले चाँडो भन्दा चाँडो यस दिशामा देखिने गरी कामहरु गर्न सुझाव दिनुभएको थियो । 
 
भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

१८ घण्टा अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप