सदस्य संघ संस्थाका समस्या समाधानमा नेफ्स्कून संवेदनशील रहेको बरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संघ संस्थाका समस्या समाधानमा नेफ्स्कून संवेदनशील रहेको बरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ

बाँके । नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयको आयोजनामा 'सदस्यसँग नेफ्स्कून' अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् बाँके सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लि.नेपालका संचालक समिति सदस्य प्रेम सुवेदी रहनुभएको थियो भने अतिथिहरुमाम महासंघकै सञ्चालक एकता शाह, राष्ट्रिय सहकारी बैक संचालक बिजया धिताल, प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले बिषम परिस्थितिमा संस्थाहरुले निरन्तर रुपमा सदस्य भेटघाट, सदस्य शिक्षा, विस्तारित मञ्चहरुमामा जोड दिनुपर्ने र वास्तविक समस्याहरु सदस्यहरुलाई खुलासा गर्नुपर्ने भन्दै सदस्य संघ संस्थाहरुका समस्याहरु समाधानको लागि नेफ्स्कून संवेदनशील रहेको, कर वृद्धि, नीतिगत सुधार, ऐनको कार्यान्वयन लगायतका विषयहरुमा निरन्तर पैरवी गरिरहेको जानकारी गराउनुभएको थियो । नेफ्स्कून प्रबक्ता समेत रहनुभएका उहाँले सदस्यबाट प्राप्त सुझावहरुलाई उच्च महत्वका साथ आत्मसाथ गर्दै कार्यान्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवेदीले नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरु बीच विभिन्न कार्यक्रम संञ्चालन गरी संस्थागत विकासमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा महासंघका संञ्चालक एकता शाह, बैंकका संञ्चालक विजय धितालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संघको सदस्य सेवा कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले अभियानमा विश्वास कमजोर हुनाका कारणहरु र आगामी दिन सहकारी संघ संस्थाहरुले सदस्यको विश्वास जागरणका लागि चरण बद्ध गर्नु पर्ने कामहरुसहित संघका उत्पादन तथा सेवाहरु सदस्यको पहुच वृद्ध गर्ने सम्बन्धमा प्रस्तुतीकरण सहित स्वागत समेत गर्नु भएको थियो । 

कार्यक्रममा सहभागीहरुलाई विभिन्न ६ समुहमा विभाजन गरी संघले आगामी दिनहरुमा गर्नु पर्ने कार्यहरुको समुह छलफल गरी प्रस्तुतिकरणमार्फत सुझाव राख्ने व्यवस्था मिलाइएको थियो । सहभागीहरुले संघबाट निःशुल्क तालिम शिक्षा, वित्तीय परामर्श, सरल थोक ऋण सुविधाको उपलब्धता हुनुपर्ने भनाइ राख्नुभएको थियो । हाल समयमा सहकारी क्षेत्रमा देखिएका भ्रमहरु चिर्न नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्नु पर्ने सुझाव राख्नुभएको थियो ।

सोही अवसरमा भखरै सम्पन्न राष्टिय सहकारी महासंघको निर्वाचनमा बाँके जिल्लाबाट निर्वाचित प्रेम सुवेदी र एकता शाहालाई सफल कार्यकालको शुभकामना सहित बधाई तथा सम्मानित गरिएको थियो । कार्यक्रम संचालन संघको बाँके सदस्य सेवा कार्यालयका सुचना प्रविधि सहायक बम बहादुर पुन मगरले गर्नु भएको थियो । उक्त कार्यक्रममा बाँके र बर्दिया जिल्लाका विभिन्न संघ संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन का प्रतिनिधिहरु सहित ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन बाँके सदस्य सेवा कार्यालयका कर्मचारीहरुले गर्नु भएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप