नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको जिम्मेवारी कृष्ण कुमार श्रेष्ठको काँधमा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको जिम्मेवारी कृष्ण कुमार श्रेष्ठको काँधमा 

२०८० माघ २०, भक्तपुर । नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको आयोजना एवं नेफ्स्कूनको प्राविधिक सहजीकरणमा मास्टरिङ ईन म्यानेजरियल लिडरसीप कार्यशाला भक्तपुरमा सम्पन्न भएको छ । संघबाट वर्ष उत्कृष्ट व्यवस्थापकहरुको नेतृत्वमा रहने गरी गठन गरिएको नेफ्स्कून साकोस म्यानेजर्स क्बलका सदस्यहरुबीच बचत तथा ऋण सहकारी संस्थाले वर्तमान वित्तीय परिवेशमा के कस्ता विषयहरुमा ध्यान दिन जरुरी छ भन्ने विषयमा केन्द्रीत रहेको यस कार्यशालाले केही साझा धारणाहरु विकास गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत गरेको छ ।

विशेष गरी सहकारी क्षेत्रमा देखिएको विश्वासको संकटलाई सम्बोधन गर्न स्वःनियमन र सुशासनलाई प्रमुख आधार स्तम्भको रुपमा लिने, वित्तीय सहकारीले गरेको राम्रो अभ्यासलाई सदस्यहरुमाझ लिएर जाने, जोखिम व्यवस्थापन एकाईलाई थप प्रभावकारी बनाउने, विगतका त्रुटिहरुको समीक्षा गर्ने, क्लाईमेट एक्सन, ग्रिन फाईनान्सिङलाई प्रवर्धन गर्ने, प्रविधिमैत्री सेवाको प्रयोगसँगै साईबर सेक्युरिटी, आई टी अडिटलाई जोखिम व्यवस्थापनको संवेदनशील क्षेत्रको रुपमा लिई सुरक्षा घेराको विकास गर्ने, सदस्यहरुलाई डिजिटल हाईजिन सिकाउने विषयलाई अभियानको रुपमा अघि बढाउने लगायतका विषयमा साझा बुझाई कायम भएको छ । 

यसै अवसरमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सन २०२४ को नेतृत्व चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले ग्रहण गर्नुभएको छ । २०७९/८० का वर्ष उत्कृष्ट व्यवस्थापन प्रमुख बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेका प्रमुख कार्यकारी अधिकृत के.वी. लामाले श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

यसैगरि नेफ्स्कून साकोस म्यानेजर्स क्युरीका विगत वर्षको संयोजक, मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतलाई क्युरी संयोजकको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । यसैबीचमा प्रदेश उत्कृष्ट व्यवस्थापन प्रमुखहरुले प्रदेश संयोजकको जिम्मेवारी ग्रहण गर्नुभएको छ । 

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत सुधारको क्षेत्रहरुमा बहस पैरवी गरिरहेको बताउदै सुशासनको लिक छोडदा संस्था संकटमा पर्ने र त्यसको क्षति समग्र अभियानले नै ब्यहोर्नुपरेकोले प्रति सजग गराउनुभयो । संघको सेवाहरुको प्रभावकारिता बृद्धिका सन्दर्भमा सुझाव लिँदै संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले संघले गुणस्तर सुनिश्चितता कार्यक्रमको प्रभावकारीता वृद्धिको लागि अफसाइट सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उद्घाटन कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी र कोषाध्यक्ष दिपक थापा पनि सहभागी हुनुभएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले वित्तीय सहकारीहरुको लागि अबको बाटो नेटवर्क म्यानेजमेन्ट भएको र सो को लागि गहन सुपरिवेक्षणमा बसेको अवस्थामा मात्र संघ र संस्थाको साख जोगाउन सकिने बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप