सहकारी क्षेत्रका चुनौतीहरुको सामना साझा प्रयासबाट सम्भवः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका चुनौतीहरुको सामना साझा प्रयासबाट सम्भवः नेफ्स्कून अध्यक्ष ढकाल

मन्थली,२० माघ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीहरुले उत्पादनमूलक  क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीहरुको पूँजीलाई उत्पादनसँग नजोडे देशमा रहेको बेरोजगारी समस्या जस्ताको तस्तै रहने भएकोले समस्या समाधानका लागि सबै सहकारीहरुले प्रयास गर्नु पर्ने बताउनुभयो ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ढकालले सहकारी अभियानमा वर्तमान अबस्थामा देखिएका समस्या र चुनौती साझा प्रयास बाट हल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, समस्याहरु छन्, 'समस्या नभएको कुनै क्षेत्र छैन । सहकारीमा पनि समस्या नै नभएको भनेर ढाँट्नु मिल्दैन । तर, अभियान, सरकार र अन्य सरोकारावालाहरुबीच साझा बुभाइ निर्माण गरी संवेदनशील भएर इमानदार प्रयास गर्ने हो भने समस्याहरु समाधान गर्न सकिन्छ । नसकिने होइन ।' 

यसैगरी, कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले जिल्लामा धेरैवटा सहकारी सञ्चालन गर्न मुस्किल हुने भएकोले एक अर्को सहकारीबीच मर्जरको आवश्यकता औल्याउनुभयो । उहाँले संख्यात्मक वृद्धिभन्दा गुणात्मक सेवामा सहकारीहरुको ध्यान जानुपर्ने धारणा नेफ्स्कून कोषाध्यक्ष थापाको थियो । उहाँले जिल्ला भित्रको पूँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरुको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले जुन सहकारी जे उद्देश्यका लागि खुलेको छ त्यही अनुरुप काम गर्नु पर्नेमा उद्देश्य अनुसार काम नभएकोमा गम्भीर चासो व्यक्त गर्नुभयो ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल सदस्य र फरक क्षमता भएका शेयर सदस्य सहित ५४ जना शेयर सदस्यहरुलाई बिद्युतिय चुलो बितरण गरिएको थियो ।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे, संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतले संस्थाका गतिविधि लगाएत अन्य समसामयिक बिषयमा आ आफना् मन्तब्य राख्नु भएको थियो । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापना दिवस मान्दै अएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप