रामेछाप जिल्ला बचत संघद्वारा नेफ्स्कून अध्यक्ष र कोषाध्यक्षसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्ला बचत संघद्वारा नेफ्स्कून अध्यक्ष र कोषाध्यक्षसँग अन्तरक्रिया

 रामेछाप । रामेछाप जिल्ला बचत संघले शनिबार जिल्ला पुग्नुभएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कोषाध्यक्ष दिपक थापासँग अन्तरक्रिया गरेको छ । बचत संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेको विभिन्न सहकारी संस्थाका पदाधिकारी एबं व्वस्थापकहरुले ऋण असुलीको चुनौती र आगामी दिनमा गर्नुपर्ने कृयाकलापबारे धारणा भएको थियो ।

सो अवसरमा बोल्दै नेफ्स्कूनका अध्यक्ष ढकालले ऋण लाने तर नतिर्ने परिपाटी गलत भएको भन्दै त्यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न सामाजिक एकता र समान बुझाइ आवश्यक भएको बताउनुभयो । ऋण नतिर्नेहरुलाई सामाजिक बहिष्करणमा परिन्छ भन्ने अनुभूति गराउन सबैको एकताबद्ध प्रयास आवश्यक भएको अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, 'मैले सहकारी संस्थाबाट लिएको ऋण तिरिन भने मलाई समाजले बहिष्कार गर्छ, मप्रतिको आम धारणा नकारात्मक हुन्छ, त्यसले पारिवारिक बेमेल सृजना गर्छ भन्ने किसिमको भावना मनमा बस्न सक्यो भने त्यसले ऋणी सदस्यलाई जसरी पनि समयमै चुक्ता गर्नुपर्छ भन्ने विचार जागृत हुन्छ ।' 

अध्यक्ष ढकालले सबै सहकारीहरु स्वनियमनमा विश्वास गर्ने भएकाले बलियो कार्यविधि बनाएर भाखा नाघेका ऋणीहरुलाई के गर्ने भन्ने योजना आफैले बनाउनुपर्ने विषयमा जोड दिनुभयो । यसैगरी, नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले पनि गरे असम्भव केही नहुने भन्दै लक्ष्य सही हुनुपर्ने विचार राख्नुभयो । उद्देश्य र नियत सफा राखेर काम गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो । उहाँले उद्देश्य अनुरुप सहकारीहरुले काम नगर्दा समेत ऋण लगानी र त्यसको 'रिर्टन'मा केही समस्या उत्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल, सहकारी संघ र बचत संघका पूर्व अध्यक्षहरु लगायत सहकारी अभियन्ताहरुको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको नेफ्स्कून अध्यक्ष र कोषाध्यक्षले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकाल र कोषाध्यक्ष थापालाई हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप