गुणस्तर सुनिश्चितता र ब्राण्डिङ विषयमा श्रीलंकामा अन्तर्राष्ट्रिय कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुणस्तर सुनिश्चितता र ब्राण्डिङ विषयमा श्रीलंकामा अन्तर्राष्ट्रिय कार्यक्रम हुँदै

काठमाडौं । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा श्रीलंकामा आयोजना हुने ‘बचत तथा ऋण सहकारीहरुमा गुणस्तर सुनिश्चितता तथा ब्राण्डिङ कार्यक्रम कार्यान्वयन’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त कार्यक्रम फेब्रुअरी ५ देखि ८ सम्म श्रीलंकाको केगाली जिल्लास्थित सानसा क्याम्पस हातामा कार्यक्रम आयोजना हुँदैछ । आज बिहान कोलम्बो प्रस्थान गर्नुभएका डा. सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा संघका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सना तथा अधिकृत सुभाष गौतम लगायतले कार्यक्रम सफलताको शुभकामनासहित बिदाई गर्नुभएको छ ।

भारतस्थित कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र ९सिक्ट्याब० तथा बैकुंठ मेहता राष्ट्रिय सहकारी प्रवर्धन संस्थान (भ्याम्निकम), श्रीलंकाली बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ–सानसा, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक नेपालको संयुक्त आयोजनामा दक्षिण एशियाली राष्ट्रहरुहरुको साझा संगठन (सार्क) राष्ट्रका सिक्ट्याब सदस्य संघ संस्थाहरुलाई लक्षित गरी श्रीलंकामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । 

ब्राण्डिङले वस्तु तथा सेवाप्रति विश्वास पैदा गर्दछ । ब्राण्ड संस्थाको ‘एसेट’ हो । ब्राण्डिङ रणनीतिले बचत तथा ऋण सहकारीहरुलाई वित्तीय क्षेत्रको नयाँ लिडरको रुपमा स्थापित गर्ने भएकोले त्यस विषयलाई महत्वका छलफल गरी भावी रणनीति तय गर्न अन्तर्राष्ट्रिय फोरम तयार गरिएको सिक्ट्याबले जनाएको छ । यही ब्राण्डका कारण वित्तीय सहकारीहरुलाई अन्य वित्तीय संस्थाहरुबाट पृथक बनाउने भएकाले नै यो विषयले विज्ञ छलफलको माग गरेको सानसाले पनि जनाएको छ । 

उक्त कार्यक्रममा सुरक्षा तथा स्वस्थ्यता, दिगोपना, बचत ऋण सहकारीहरुमा जोखिम न्यूनीकरण र व्यवस्थापन, सुशासन, सञ्चालन प्रक्रियाको मानकीकृत आदि विषयमा छलफल हुने सिक्ट्याब र सानसाले जनाएका छन् । नेफ्स्कूनले पनि विगत लामोसमयदेखि सदस्य संस्थाहरुप्रति लक्षित गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप