सहकारी जागिरे 'होमा म्याडम'को करेसाबारीको कथा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी जागिरे 'होमा म्याडम'को करेसाबारीको कथा

इटहरा । दुईचार जनाको जमघटमा होस् या चिया गफमा होस्, आजभोली कसैले नछुटाउने विषय हो-आर्थिक मन्दी। हरेक ठाउँको हरेक गफमा आर्थिक मन्दीले प्रवेश पाउँछ। हाम्रो मुलुकको आर्थिक मन्दीको सम्बन्ध सिधै अहिलेको विश्वव्यापी आर्थिक संकटसँग जोडिएको छ। रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्र विश्वव्यापी आर्थिक मन्दीका कारण प्रभावित भएको छ। यो संकट सबै नेपाली नागरिकले थोरबहुत खेपिरहेका छन्। तथापि, तुलनात्मकरुपमा कृषि बाहुल्य ग्रामिण क्षेत्रमा आर्थिक मन्दीको प्रभाव कम छ। आफ्नो लागि आवश्यक खाद्यवस्तु आफैं उत्पादन गर्न सक्नेको आर्थिक क्रियाकलाप निक्कै सहज छ।  

हरेक कर्मका लागि मिहेनत जरुरत पर्छ। त्यसमा पनि कृषि कर्मका लागि निरन्तरको मेहेनत आवश्यक पर्छ। आजको पुस्ता कृषिमा आफ्नो मेहेनत खर्च गर्न खासै चाहँदैन। धेरैका लागि कृषि कर्म लज्जावोधको विषय बन्छ। बखेतबारी बाँझै राखेर बर्षैभरी तिहुन तरकारी किन्नेको संख्या बढ्दै गइरहेको छ। खेतबारी भएकाहरु मध्ये पनि थोरैले मात्र आफ्नो परिवारका लागि आवश्यक अन्न तरकारी आफैं फलाउँछन्। 

यस्तै थोरै मध्येकी एक उदाहरण हुनुहुन्छ (होमा खतिवडा) । मोरङको रतुवामाई-९ भौंडाह निवासी उहाँ स्थानिय सहकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। विगत २५ बर्षदेखि उहाँ कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्थामा कार्यरत हुनुहुन्छ। 

बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म खतिवडा कार्यालयको काममा व्यस्त हुनुहुन्छ। कहिलेकाँही काम सकेर निस्कँदा झमक्कै साँझ पर्छ। बिदाको दिन बाहेक आर्थिक हिसाब किताब र सेवाग्राहीको सेवामा दैनिक ७/८ घण्टा नियमित खर्च गरेर पनि उहाँ आफ्नो करेसाबारीमा लटरम्म सागसब्जी फलाउनुहुन्छ। गाउँका फुर्सदिलाहरु उहाँको पौरख र उत्पादन देखेर छक्क पर्छन्। खेतबारी भएर पनि किनेर खोनहरु त इर्श्या पनि गर्दा हुन्। 

समयको व्यवस्थापन गर्न सक्यो भने व्यस्तताको व्यवस्थापन पनि स्वत: हुन्छ। उहाँले समयको राम्रो व्यवस्थापन गर्नुभएको छ, त्यसैले आफ्नो व्यस्ततालाई व्यवस्थित गर्न उहाँ सफल हुनुहुन्छ।  ब्रम्हमुहूर्तमा उठ्ने उहाँको नित्य दैनिकी नै छ। बिहानको एकसरो काम सकेर उहाँ करेसाबारीमा निस्कनुहुन्छ। उहाँको बारीमा सिजन अनुसारका प्राय: सबै खाले सागसब्जी फलिरहेका हुन्छन् । करेसाबारीको गोडमेल र रेखदेख सकेर उहाँ भान्साकोठा पुग्नुहुन्छ। खाना बनाउने, खुवाउने र खाने नित्य कर्म सकेर १० बजे अगावै उहाँ अफिस पुगिसक्नुहुन्छ।

विद्यार्थी जीवन पनि उहाँको अव्बल थियो। त्यो जमानामा उहाँ राम्रो पढ्ने विद्यार्थी त्यसमा पनि छोरी मान्छे। आइए पास गरेपछि उहाँको विवाह भयो। रहर र क्षमता हुँदाहुँदै पनि पढाइलाई निरन्तरता दिनसक्नुभएन। २०५४ मा कञ्चनजङ्घा सहकारी स्थापना भयो। उहाँ त्यो सहकारीको पहिलो कर्मचारी बन्नुभयो। १५ बर्ष जति कार्यालय प्रमुख भएर संस्थाको नेतृत्व गर्नुभयो। उहाँको नेतृत्वमा संस्थाले वित्तीय एवं सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गर्यो ।  सहकारीमा अहिले उहाँ अधिकृत स्तरको व्यवस्थापक हुनुहुन्छ। नासु स्तरको पाँचौँ तहमा कार्यरत उहाँ अहिले दोस्रो बरियतामा हुनुहुन्छ। 

जागिरे जीवन र संथागत जिम्मेवारीले उहाँको घरव्यवहार र कृषि कर्मलाई कहींकतै बाधा गरेको छैन। बरु थप मद्दतै गरेको छ, क्रियाशील बनाएको छ। उहाँका श्रीमान् कृष्णराज खतिवडा कृषिमा निकै मेहेनती र सिर्जनशील हुनुहुन्छ। उहाँहरुको तिन बिगाह जागा छ। आफुलाई खान राखेर २८० मनसम्म धान बेच्नुहुन्छ। १८/२० मन त तोरी नै फलाउनुहुन्छ। कृषक परिवारमै पनि तोरीको तेलमा आत्मनिर्भर हुनेहरुको संख्या एकदमै न्यून छ। तर, खतिवडा परिवारलाई तोरीको तेल किनेको अहिलेसम्म सम्झना छैन।

लामो समयदेखि अफिसमा काम गरिरहेकाले गाउँघरमा प्रायस् सबैले उहाँलाई होमा म्याडम भनेर बोलाउँदछन् । होमा म्याडमलाई भने अफिसको काम भन्दा करेसाबारीको काममा ज्यादा आनन्द लाग्छ। उहाँ भन्नुहुन्छ, 'मलाई सबैभन्दा आनन्द लाग्ने नै खेतबारीमा काम गर्दा हो, अझ करेसाबारीमा आफुलाई मनपर्ने सागसब्जी र तरकारी बाली फलाउन पाउँदा म एकदमै सन्तुष्ट हुन्छु।'

आजभोली गाउँघरका बजारी क्षेत्रमा पनि कोठा भाडामा लिएर बस्ने चलन बढ्दै गएको छ। बैदेशिक रोजगारी र जागिरमा रहेकाहरुको परिवार आफ्नो पुर्ख्यौली घरमा भन्दा छुटै बस्न मन पराउँछन्। सक्नेले सुविधायुक्त ठाउँमा घडेरी किनेर घर बनाउँछन्, नसक्नेहरु कोठा लिएर बस्छन्। जेजसरी बसे पनि मूलघरबाट छुट्टिएकाहरु कृषि कर्मबाट टाढिदै गएकाछन्। गरिखाने बाउआमाका छोराछोरीहरु किनिखाने बन्दैछन्। 

खेतबारी भएका छोरीबुहारीहरूले दिनहुँ पोलिथिन झोलामा तरकारी बोकेको देख्दा होमा म्याडमलाई नरमाइलो लाग्छ। उनीहरुप्रति उहाँको बुझाइ छ, 'उनीहरुलाई पैसा भए किन दुःख गर्नु भन्ने लाग्छ। पुगेसम्म बसेर खान पाउँनु नै सुख हो भन्ने  लाग्छ । तर खासमा काम नगरी बसेर खानु सबैभन्दा दुस्ख हो, काम गरेर खान पाउँनु सबै भन्दा सुख हो।'  खेतबारीको शारीरिक श्रम र पौरखमा नै उहाँले भने आफ्नो सन्तुष्टि प्राप्त गर्नुभएको छ। 

उहाँका श्रीमान् कृष्णराज पनि उतिबेला विकम पास गरेको मान्छे। तर उहाँले जागिर खान मन गर्नुभएन। सुरुदेखि नै कृषि र व्यवसायमा लाग्नुभयो। उहाँ भन्नुहुन्छ, 'मलाई सुरुदेखि नै आफ्नै व्यवसाय गर्न मन लाग्यो। म व्यवसायमा लागेँ।  पुर्ख्यौली खेतीपाती छँदैथ्यो, त्यो पनि सम्हालें।' उहाँको आफ्नै आँगनमा कुटानी-पिसनीको मिल छ। मिल र खेतीपातीलाई सँगसंगै लानुभएको छ। गाई पनि पाल्नुभएको छ। उहाँले सुनाउँनुभयो , 'गाईले १७ लिटरसम्म दुध दिन्छ।' 

मिलको काममा श्रीमती खतिवडा खासै सघाउँन भ्याउँनुहुन्न। कृष्णराज आफैं होल्ड हर्नुहुन्छ। खेतीपातीमा भने उहाँ श्रीमानलाई  निकै भरथेग गर्नुहुन्छ। उहाँको विशेष रुचि र ध्याउन्न चाहिँ करेसाबारीमै हुन्छ। फेरि करेसाबारीको काममा चाहिँ उहाँलाई कृष्णराजले राम्ररी मद्दत गर्नुहुन्छ। 'बारीको काममा राम्ररी सहयोग गर्नुहुन्छ, खनखान गर्न, मल बोक्न प्राय: सघाउँनुहुन्छ।' श्रीमानप्रति प्रसन्न हुँदै उहाँ सुनाउँनुहुन्छ। 
  
मधुर बोली, सुन्दर मुहार र सालिन स्वभावकी होमा म्याडमको व्यक्तित्व आकर्षक छ। कुनै पनि कार्यालयको पर्फर्मेन्समा कर्मचारीको व्यक्तित्वको अहम भूमिका रहन्छ । उहाँको व्यक्तित्वले त्यो भूमिका राम्ररी निर्वाह गरेको छ। उहाँको यही व्यक्तित्व र करेसाबारी प्रेमले सकारात्मक सोच भएकाहरुलाई उर्जा र उदाहरण प्रस्तुत गरेको छ। 

आफ्नो परिवारको लागि चाहिने अन्न र तरकारी मात्र पनि आफैंले फालाउँन सके आर्थिक मन्दीको यो बिसम अवस्थामा निकै ठूलो राहत हुने होमा म्याडमको बुझाइ छ। आजको पुस्तालाई थोरै पनि भए जीवनलाई कृषिसँग जोड्न उहाँको आग्रह छ। 

(माघ २० गते शनिबार सुनाखरी अनलाइनमा रञ्जना अधिकारीको बाइलाइनमा प्रकाशित सामाग्रीलाई केही सम्पादनसहित प्रस्तुत गरिएको हो ।)

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

पाठकबाट थप