सदस्य सक्षमता वृद्धि तथा अनुगमनमा भक्तपुर बचत संघको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सक्षमता वृद्धि तथा अनुगमनमा भक्तपुर बचत संघको जोड

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले वर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिइएको  बताउनुभयो ।

उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसंग समन्वय र सहकार्यलाई बढाउनुपर्ने, संघको नियमित बचत र शेयर पुँजी बृद्धि गर्नुपर्ने लगायतको विषयमा जानकारी गराउनुभयो । संघका उपाध्यक्ष हरि बल्लले संघले दिइने तालिम संस्थाको कार्यान्वयन तहमा नपुगेको संस्थाको अनुगमनमा नदेखिएकोले संघले तालिम दिएका सहभागीहरु संस्थामै कार्यरत भए नभएको समीक्षा गर्नुपर्ने  बताउनुभयो ।

सचिव जगनाथ प्रजापतिले संघको प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसाएर क्रियाशिल हुनुपर्ने उल्लेख गर्नुभयो । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८० पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो । 

 २०८० पुष मसान्तसम्म गत बर्षको बासलातको तुलनामा २२ प्रतिशत बृद्धि भई कुल वासलात २ अर्ब ७२ करोड ५२ लाख  ५१ हजार र २ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।  संघका लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले संघको ऋण लगानीलाई बृद्धि गर्नुपर्नेमा जोड दिदै संस्थाले सफ्टवेयरमार्फत लेखा व्यवस्थापन गर्ने वर्तमान परिपक्ष्यमा स्टेशनरी बिक्रीको लक्ष्य र ई-बुलेटीन प्रकाशनतर्फ जानुपर्ने सुझाव राख्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सदस्यता र ऋण लगानी बृद्धिको लागि प्रभावकारी पहल गर्नुपर्ने  बताउनुभयो । उहाँले ९ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाले मंहगो व्याजदरमा निक्षेप संकलन गर्न आवश्यक नरहेको जानकारी गराउनुभयो । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा ऋण लगानीको क्षेत्र पहिचान गरी सुक्षित ऋण लगानीमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । समीक्षा कार्यक्रममा संघको समिति, उपसमिति र कर्मचारी गरी ४४ जनाको उपस्थिति थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सुझावहरु समेत संकलन गरिएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप