सदस्य सक्षमता वृद्धि तथा अनुगमनमा भक्तपुर बचत संघको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सक्षमता वृद्धि तथा अनुगमनमा भक्तपुर बचत संघको जोड

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले वर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिइएको  बताउनुभयो ।

उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसंग समन्वय र सहकार्यलाई बढाउनुपर्ने, संघको नियमित बचत र शेयर पुँजी बृद्धि गर्नुपर्ने लगायतको विषयमा जानकारी गराउनुभयो । संघका उपाध्यक्ष हरि बल्लले संघले दिइने तालिम संस्थाको कार्यान्वयन तहमा नपुगेको संस्थाको अनुगमनमा नदेखिएकोले संघले तालिम दिएका सहभागीहरु संस्थामै कार्यरत भए नभएको समीक्षा गर्नुपर्ने  बताउनुभयो ।

सचिव जगनाथ प्रजापतिले संघको प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसाएर क्रियाशिल हुनुपर्ने उल्लेख गर्नुभयो । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८० पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो । 

 २०८० पुष मसान्तसम्म गत बर्षको बासलातको तुलनामा २२ प्रतिशत बृद्धि भई कुल वासलात २ अर्ब ७२ करोड ५२ लाख  ५१ हजार र २ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।  संघका लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले संघको ऋण लगानीलाई बृद्धि गर्नुपर्नेमा जोड दिदै संस्थाले सफ्टवेयरमार्फत लेखा व्यवस्थापन गर्ने वर्तमान परिपक्ष्यमा स्टेशनरी बिक्रीको लक्ष्य र ई-बुलेटीन प्रकाशनतर्फ जानुपर्ने सुझाव राख्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सदस्यता र ऋण लगानी बृद्धिको लागि प्रभावकारी पहल गर्नुपर्ने  बताउनुभयो । उहाँले ९ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाले मंहगो व्याजदरमा निक्षेप संकलन गर्न आवश्यक नरहेको जानकारी गराउनुभयो । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा ऋण लगानीको क्षेत्र पहिचान गरी सुक्षित ऋण लगानीमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । समीक्षा कार्यक्रममा संघको समिति, उपसमिति र कर्मचारी गरी ४४ जनाको उपस्थिति थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सुझावहरु समेत संकलन गरिएको थियो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप