दोलखाली सहकारी अभियानबाट महत्वपूर्ण सुझाव प्राप्त भयोः नेफ्स्कून कोषाध्यक्ष थापा   
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाली सहकारी अभियानबाट महत्वपूर्ण सुझाव प्राप्त भयोः नेफ्स्कून कोषाध्यक्ष थापा   

दोलखा । दोलखा भ्रमणमा रहनुभएका नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले स्थानीय सहकारी अभियानसँग समसामयिक विषयमा छलफलसहित महत्वपूर्ण सुझावहरु संकलन गर्नुभएको छ । २०८० माघ २२ गते सोमबार नेफ्स्कून सदस्य सेवा कार्यालय दोलखाको आयोजनामा सदस्यसँग नेफ्स्कून कार्यक्रमका क्रममा उहाँले सदस्य संघ संस्थाबाट उठाइएका विषयहरु अत्यन्तै महत्वपूर्ण रहेको भन्दै संघको आगामी बैठकमा ती विषयहरु प्रस्तुत गर्दै तिनको सम्बोधनका लागि भए गरेका प्रयासहरुबारे समीक्षा गर्ने जानकारी गराउनुभयो ।

आफुमा कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै कोषाध्यक्ष थापाले साकोस अभियानको सवलीकरण र नेफ्स्कूनलाई मजबुत बनाउन र सदस्य संस्थाहरुको अपेक्षा र विश्वास पूरा गर्न लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, मसँग व्यक्तिगत स्वार्थ केही छैन । कार्यक्रममा सहभागीहरुले सहकारी ऐन कार्यान्वयन, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, उद्देश्यअनुसार काम, जोखिमको वास्तविक विश्लेषण, सुरक्षित ऋण लगानी तथा असुली, सुशासनप्रतिको व्यावहारिक प्रतिबद्धता, छवि संरक्षण, सदस्य विस्तार एवम् संरक्षण, स्तरीकरण कार्यक्रम एवम् स्थिरीकरण कोष आदि विविध विषयमा नेफ्स्कूनको ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काले केही संस्थाको बदमासी र सहकारी संस्थामा घट्ने घटनाहरुले अभियानमा चुनौती थपेको, चोरी लगायतका घटना घटेकोमा त्यो वास्तविक हो वा नियतबस हो भन्ने अन्योल देखिएको भन्दै अभियानकर्मीहरु शुद्ध र निःस्वार्थ हुन सकेको खण्डमा मात्र अरुलाई भन्ने ठाउँ रहने भन्दै नमुना हुनुपर्ने विषय उठान गर्नुभयो ।

गाउँ गाउँबाट मान्छे पलायन हुने अवस्था रोक्न के गर्न सकिन्छ बेलैमा सोच्नुपर्ने अवस्था आएको विषयसँगै उहाँले साकोस एकरुपता प्रणालीको विषयमा पनि आफ्ना धारणा राख्नुभएको थियो । बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दाहालले भाखा नाघेको ऋणले संस्थाहरुलाई समस्या पारेको हालको वित्तीय बजारको संकटले सदस्यहरुमा निराशा उत्पन्न भएको, संस्था र सदस्य दुबै कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय संघहरु र संस्थाले पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले दोलखा सहकारीको उर्वर भूमि रहेको विषयमा जोड पनि दिनुभयो । 

हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले दोलखामा नेफ्स्कूनमा आवद्ध हुन बाँकी संस्थाहरुलाई सदस्य विस्तारको अभियान चलाउनुपर्ने, स्थिरीकरण कोषमा नेफ्स्कूनका सबै सञ्चालकहरुको सहभागिताको विषय उठाउनुभएको थियो । त्यस्तै, उहाँले कर्जा सूचना केन्द्रको स्थापना गर्ने विषयमा किन ढिला भएको हो भनी जिज्ञासा राख्नु भयो । 

मिलिजुलि कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले एक्सेस कार्यक्रममा जोडिएका संस्थाहरुलाई कर्जा सुचना केन्द्रमा जोड्ने विषयमा नेफ्स्कूनले पहलकदमी गरि छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने, सहकारी ऐनको व्यवस्था बमोजिम सहकारी संस्थाहरुले उद्देश्य अनुसारका काम गर्ने विषयमा भन्दापनि सबै प्रकृतिका संस्थाहरु बचत ऋणको कारोवारमा केन्द्रीत हुनु साकोस अभियानलाई चुनौती भएको, केही संस्थाहरुले नियत खराब राखेर काम गरेकोले त्यसको समेत मारमा साकोस अभियान परेको धारणा राख्नु भएको थियो । 

हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले ऋण लगानीको विषयमा बास्तविक विश्लेषण गर्ने विषयमा चुकेको साकोस अभियान भित्र वास्तविक जोखिम विश्लेषण गर्न सक्ने जनशक्तिको खाँचो रहेको, सदस्य संख्या हजारौ भन्ने गरेता पनि सकृय सदस्य कति भन्ने विश्लेषण गर्नुपर्ने, समुदाय केन्द्रीत काममा समेत नेप्mस्कूनले साकोससँग हातेमालो गर्दै अघि बढ्नुपर्ने, अफसाइट सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै अनसाईट सुपरिवेक्षण पनिसँगै लानुपर्ने, विषयमा जोड दिनुभयो । 
कालीनाग साकोसका व्यवस्थापक शिवहरी शिवाकोटीले कर्जा असूली न्यायाधिकरणको स्थापनाको विषयमा नेफ्स्कूनले सकृयता देखाउनुपर्ने विषय जोड दिनुभयो । शिक्षक कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत नविन काफ्लेले नेफ्स्कूनको वित्तिय प्रतिवेदनका सन्दर्भमा विषय राख्नुभयो । 

कार्यक्रममा अतिथिहरु प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, उपाध्यक्ष जगत सुवेदी सहित विभिन्न साकोसका अध्यक्ष वा सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतहरु सहित २० जनाको उपस्थिति रहेको थियो । अन्तकृया कार्यक्रमको सञ्चालन तथा दोलखाको साकोस अभियानको अवस्था, नेफ्स्कून दोलखा कार्यालयका गतिविधिहरु लगायका विषयमा संघका दोलखा सदस्य सेवा कार्यालय प्रमुख दिनेश गौतमले विषय प्रस्तुत गर्नु भएको थियो तत् पश्चात सहभागीहरुलाई स्वतः स्फूर्त रुपमा भनाइहरु राख्न समय प्रदान गरिएको थियो । 

यसैबीच, नेफ्स्कून कोषाध्यक्ष थापालाई संघको दोलखा सदस्य सेवा केन्द्रमा पनि प्रमुख दिनेश गौतमले स्वागत गर्नुभएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप