यस्तो तालिम बेला बेलामा आयोजना गरिनुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यस्तो तालिम बेला बेलामा आयोजना गरिनुपर्छ

मकवानपुरमा आयोजित समुह परिचालक र बचत संकलकको क्षमता विकास तालिमका सहभागीहरुले यस्तो तालिम बेलाबेलामा आयोजना गरिनुपर्ने बताउनुभएको छ । नेफ्स्कूनको मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा माघ २१ र २२ गते तालिम लिएपछि प्रतिक्रिया व्यक्त गर्दै सहभागीहरुले तालिमले धेरै विषयमा जानकार बनाएको भन्दै यस्तो तालिम बेलाबेलामा दिइरहनुपर्ने बताउनुभएको हो ।

२९ संस्थाबाट तालिममा सहभागी ३७ जनाले तालिमले सीप, ज्ञान र धारणा परिवर्तनमा सहयोग गर्ने र नयाँ विषय र तरिकाबारे जानकारीको अवसर मिल्ने भन्दै भविष्यमा पनि थप तालिमको आवश्यकता औंल्याउनुभएको हो । तालिममा समूह परिचालनको अवधारणासँगै यसको तौरतरिका र वैज्ञानिक विधिहरुबारे अन्तरक्रियात्मक सिकाइ गरिएको थियो । सहभागीहरुले बचत संकलकको महत्वपूर्ण भूमिकाबारे जानकारी समेत हासिल गर्नुभएको थियो । उहाँहरुले तालिममा सिकेका विषयहरु संस्थामा लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य तथा मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोपाल प्रसाद गौतमले तालिममा आज सिकेका कुरा भोलिदेखि नै आफनो कार्यसम्पादनमा प्रभाव पर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सदस्यसगंको सम्बन्ध बलियो भएको खण्डमा मात्र संस्था दीगो रुपमा सञ्चालन हुने उहाँको भनाइ थियो ।

यस्तै, मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले सदस्यसँग प्रत्यक्ष सम्पर्क बसेर काम गर्नेहरु संस्था र यसका गतिविधिहरुबारे झनै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले संस्थामा गई आफुले सिकेका कुरा सञचालक समिति तथा व्यवस्थापन मा छलफल मार्फत साझा धारणा बनाइ कार्य सम्पादन गर्न अनुरोध गर्नुभयो । नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमिल्सीना र व्यवसाय अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिम कार्यक्रमको व्यवस्थापन सहयोग संघका कर्मचारी सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप