यस्तो तालिम बेला बेलामा आयोजना गरिनुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यस्तो तालिम बेला बेलामा आयोजना गरिनुपर्छ

मकवानपुरमा आयोजित समुह परिचालक र बचत संकलकको क्षमता विकास तालिमका सहभागीहरुले यस्तो तालिम बेलाबेलामा आयोजना गरिनुपर्ने बताउनुभएको छ । नेफ्स्कूनको मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा माघ २१ र २२ गते तालिम लिएपछि प्रतिक्रिया व्यक्त गर्दै सहभागीहरुले तालिमले धेरै विषयमा जानकार बनाएको भन्दै यस्तो तालिम बेलाबेलामा दिइरहनुपर्ने बताउनुभएको हो ।

२९ संस्थाबाट तालिममा सहभागी ३७ जनाले तालिमले सीप, ज्ञान र धारणा परिवर्तनमा सहयोग गर्ने र नयाँ विषय र तरिकाबारे जानकारीको अवसर मिल्ने भन्दै भविष्यमा पनि थप तालिमको आवश्यकता औंल्याउनुभएको हो । तालिममा समूह परिचालनको अवधारणासँगै यसको तौरतरिका र वैज्ञानिक विधिहरुबारे अन्तरक्रियात्मक सिकाइ गरिएको थियो । सहभागीहरुले बचत संकलकको महत्वपूर्ण भूमिकाबारे जानकारी समेत हासिल गर्नुभएको थियो । उहाँहरुले तालिममा सिकेका विषयहरु संस्थामा लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य तथा मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोपाल प्रसाद गौतमले तालिममा आज सिकेका कुरा भोलिदेखि नै आफनो कार्यसम्पादनमा प्रभाव पर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सदस्यसगंको सम्बन्ध बलियो भएको खण्डमा मात्र संस्था दीगो रुपमा सञ्चालन हुने उहाँको भनाइ थियो ।

यस्तै, मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले सदस्यसँग प्रत्यक्ष सम्पर्क बसेर काम गर्नेहरु संस्था र यसका गतिविधिहरुबारे झनै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले संस्थामा गई आफुले सिकेका कुरा सञचालक समिति तथा व्यवस्थापन मा छलफल मार्फत साझा धारणा बनाइ कार्य सम्पादन गर्न अनुरोध गर्नुभयो । नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमिल्सीना र व्यवसाय अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिम कार्यक्रमको व्यवस्थापन सहयोग संघका कर्मचारी सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप