पोखराको मातृभूमि साकोसद्वारा विद्यार्थीलाई पोशाक तथा खेलकूद सामाग्री सहयोग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको मातृभूमि साकोसद्वारा विद्यार्थीलाई पोशाक तथा खेलकूद सामाग्री सहयोग 

माघ २१ पोखरा।  मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८, कास्कीले विद्यार्थीलाई पोशाक तथा खुलकुद सामग्री सहयोग गरेको छ । साकोसले १४ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडानं. ६, चवादीस्थित श्री सरस्वती आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई उक्त पोशाक तथा खेलकूद सामाग्री उपलब्ध गराएको हो । 

कार्यक्रममा प्रमुख अतिथि ऋषिङ गाउँपालिकाका वडा अध्यक्ष भक्त बहादुर आलेले विद्यालयमा अध्ययनरत विद्यार्थीको उत्प्रेरणा जगाउने यस किसिमका गतिविधिको निरन्तर अपेक्षा गरेको बताउनुभयो । गाउँमा विकास बढ्दै जाने गाउँका जनता सबै शहरमुखी हुने तथा आफ्नो जन्मभूमिलाई बिर्सदै जाने हो भने राज्यको लगानीलाई सदुपयोग गर्न नसकिने बताउँदै प्रमुख अतिथि आलेले गाउँको उत्पादन र जनसंख्या घट्दै जाने प्रवृत्तिले यहाँको जनताप्रति निराशा बढेको र यसले पछि देशलाई नराम्रो दुर्घटना तिर लैजाने हो की भन्ने आशंका व्यक्त गर्नुभयो । 

संस्थाका सल्लाहकार तथा कास्की बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष ईश्वरप्रसाद सुबेदीले सहकारी मार्फत सानोसानो पुँजी संकलन गरी त्यसबाट आएको प्रतिफलले तिनै सदस्यको स्तर बृद्धिका लागि प्रतिफल देखिने गरी लगानी गर्नु सहकारीको मूल मर्म भएको धारणा राख्नुभयो । देशमा दुईचार सहकारीमा भएका विकृतिलाई हेरेर यस्ता सामाजिक उत्तरदायित्व कार्य गरिरहेका अन्य सहकारी संस्थाप्रति पनि नकरात्मक भावना बनाउनु दुःखद् छ, भन्दै उहाँले सहकारी संस्था सबल र सक्षम बनाउन सबै सदस्यको बराबर जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।   

संस्थाका लेखा सुपरिवेक्षण समितिका पूर्व संयोजक तथा युवा नेता ओमराज आले “मदन”ले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल नआउनु दुःखद् भएको बताउनुभयो । स्वयम् अभिभावक तथा समाजले नै गुणस्तरीय शिक्षाको लागी राज्यका निकाय, जनप्रतिनिधि र राजनीतिक नेतृत्वलाई निरन्तर खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।  

संस्थाका उपाध्यक्ष शिवराज पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै विद्यार्थी भाइबहिनीको शैक्षिक उत्प्रेरणा जगाउनु र सहकारीको मूल मर्मलाई समाज समक्ष फैलाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । विद्यालयमा कक्षा ७ कि छात्रा रुपा रानाभाटले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाभाट, ज्वालादेवी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष भक्तबहादुर रानाभाट, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साकोसका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बलराम गिरीले गर्नुभएको थियो । साकोसले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र पिछडिएका क्षेत्रका विद्यालय र अनाथ आश्रममा सहयोग गर्ने नीति अनुसार विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आइरहेको छ । साकोसमा हाल ७९१ जना सेयर सदस्य छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप