स्थिरीकरण कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम धादिङमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम धादिङमा सम्पन्न

धादिङबेशी । स्थिरीकरण कोषको अभिमुखीकरण कार्यक्रम माघ २३ गते मंगलबार धादिङबेशीमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संस्था सम्बन्धि स्थिरीकरण कोषको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.-नेफ्स्कूनको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थिरीकरण कोषको औचित्य, परिकल्पना, उद्धेश्य, आवश्यकता, सहभागिताका लागि योग्यताहरु, उपलिब्धका विषयमा छलफल गरिएको थियो । धादिङ बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष नवराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेफ्स्कूनकी पूर्व उपाध्यक्ष पार्वती खाँड राई लगायत संघमा आबद्ध सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेफस्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय धादिङका इन्चार्ज शम्भु घिमिरेले गर्नुभएको थियो ।

नेपालको बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने स्थिरीकरण कोष स्थापनाको डेढ बर्ष पुगेको छ । २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै कोष सञ्चालनमा आएको थियो । कोषमा हालसम्म २८६ सहकारीले प्रारम्भिक र वार्षिक योगदान रकम जम्मा गरिसकेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप