नयाँ उर्जा सञ्चार गराउन 'सीयूडीसीसी' तालिमः मध्य नेपाल साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँ उर्जा सञ्चार गराउन 'सीयूडीसीसी' तालिमः मध्य नेपाल साकोस 

नवलपरासी (ब.सु.पूर्व) स्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवनको माडीमा 'साकोस संचालकहरुको क्षमता अभिबृद्धि तालिम-CUDCC' फागुन १८ गते सुरु भई २१ गते सम्पन्न भएको छ ।

उक्त उच्चस्तरीय तालिमले संचालक तथा व्यवस्थापनमा नयाँ उर्जा संचार गराउन, संस्थाका आन्तरिक कार्यविधिहरू संशोधन गर्न, व्यावसायिक योजना बनाउन, रणनीतिक योजना तयार गर्न लगायत जोखिम मापन गर्दै संस्थालाई सरल र सहज ढंगबाट निरन्तरता प्रदान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको मध्य नेपाल साकोसले जनाएको छ । तालिममार्फत समग्रतामा संचालकहरुको क्षमता अभिवृद्धि मुख्य उद्देश्य भएको साकोसको भनाइ छ । 

तालिम कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष तुलमणी पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो । बिशेष अतिथिमा देवचुली नगरपालिका नगर प्रवक्ता एवम् देवचुली नगरपालिका वडा-११ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार तिल प्रसाद काफ्ले रहनु भएको थियो । यस्तै, अतिथि एवम् प्रशिक्षकमा नेफस्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य संजयराज तिमिल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठ रहनु भएको थियो ।

तालिममा साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उपसमिति, शिक्षा उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवम् सह संयोजक साथमा कर्मचारी गरी २९ जनाको सहभागिता रहेको  थियो । समापनमा सहजकर्ता तिमिल्सिनाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष पौडेल, नगर प्रवक्ता एवम् सल्लाहकार तिल प्रसाद काफ्ले  र नेफ्स्कूनका प्राचार्य तिमिल्सिनाले मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रम संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप