नारी संकल्प साकोसमा ‘बीडीएस डेस्क’ स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारी संकल्प साकोसमा ‘बीडीएस डेस्क’ स्थापना

काठमाडौं । सदस्यहरुलाई आवश्यकता र परियोजनाका आधारमा साना, मझौला तथा ठूला उद्यम स्थापनाका लागि परामर्श, सीप, पुँजी र प्रविधि लगायत उपलब्ध गराउने उद्देश्यका साथ मोरङको उर्लाबारी-७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट औपचारिक रुपमा 'बीडीएस डेस्क' स्थापना गरेको छ ।

यसबाट साकोसका सदस्यहरुलाई उद्यमसँग जोडिने प्रेरणा र हौसलासँगै अन्य पूर्वाधारहरु विकासमा टेवा पुग्ने साकोसले जनाएको छ । बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने यसको अभिप्राय हो । उत्पादन, ,आयआर्जन, स्वरोजगार र व्यक्तिगतदेखि स्थानीय आवश्यकता सम्बोधनका लागि उद्यमशीलता प्रवर्धन आजको राष्ट्रिय आवश्यकता हो । यसैलाई बुझेर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत नारी संकल्प साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो । राष्ट्रिय आवश्यकताबोध गर्दै स्थानीय रुपमा हरसम्भव प्रयास गर्न नेफ्स्कूनले साझेदारीमा सञ्चालन गरेको यो अभियानमा जोडिन पाउँदा खुसी लागेको साकोसले जनाएको छ । २०६२ सालमा स्थापित नारी संकल्प साकोसमा हाल ३३ सय बढी सदस्य छन् ।

यसअघि बर्दियाको सिको साकोसले पनि बीडीएस डेस्क स्थापना गरी काम सुरु गरिसकेको छ । पश्चिमपछि पूर्वको नारी संकल्प साकोसले पनि आजबाट औपचारिक रुपमा व्यवसाय प्रवर्धन विभाग स्थापना गरेको हो ।  

आज साकोसमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच यसको उद्घाटन गरिएको हो । कार्यक्रममा नेफ्स्कूनकी निवर्तमान सञ्चालक एवम् साकोसकी अध्यक्ष गोमा नेपाल, साकोसकी निवर्तमान अध्यक्ष एवम् सल्लाहकार सीता कार्की, सचिव सोभितमाया तामाङ, व्यवस्थापक चित्र न्यौपाने, बीडीएस सहजकर्ता सुशिला न्यौपाने सहभागी हुनुभएको थियो भने यूएसएड अन्तर्गत 'एक्सेस टु फाइनान्स' म्यानेजर सञ्जय झा, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल तथा व्यवसाय अधिकृत मुकेश दाहाल लगायत सहभागी हुनुभएको थियो । साकोसले सुशीला न्यौपानेलाई आजैबाट नयाँ विभाग हेर्ने जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप