‘सोचे भन्दा बढी सिक्न पाएँ, सुनमा सुगन्ध भयो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सोचे भन्दा बढी सिक्न पाएँ, सुनमा सुगन्ध भयो’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा २०८० साल फागुन ११ गते बाट १५ गते सम्म भक्तपुर जिल्लाको नगरकोटमा ५ दिने Training of Trainers on Business Development Services (ToT on BDS) तालिम सञ्चालन गरिने सूचना संघबाट म कार्यरत संस्थामा प्राप्त भयो । संस्थामा प्राप्त सूचनाहरु बारे उच्च व्यवस्थापन समूहमा नियमित छलफल हुने हाम्रो संस्थाको नीतिगत व्यवस्था नै छ ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले कर्मचारीहरुलाई नियमित तालिमहरुमार्फत क्षमता विकासमा जोड्दै आएको छ । नेफ्स्कूनले आयोजना गर्ने तालिमहरु स्तरीय हुने हुँदा प्रायः संस्थाबाट सहभागिता जनाउने गरिन्छ । व्यावसायिक योजना निर्माणका लागि यो तालिम उपयोगी र सहयोगी हुन्छ भन्ने निश्कर्षका सहभागिता जनाउने निर्क्यौल गरिएको थियो । सहभागिता जनाउने टुङ्गो भएपछि, तालिमको सुचना अनुसार, तालिमको विषय, सहभागीको योग्यता, सहभागिताको लागि प्राथमिकताको आधारमा सहभागी छनौट गर्ने गरिन्छ । यी सबै यसैको आधारमा उक्त तालिममा सहभागिताका लागि मेरो नाम छनौट भई निर्णय भएको सूचना प्राप्त भयो  । 

तालिममा छनौटको सूचनाले स्वाभाविक रुपमा खुसीको सञ्चार गर्यो, उत्साह छायो । नेफ्स्कूनका तालिमहरु स्तरीय हुने हुँदा अपेक्षाहरुको स्वीटर बुन्न थालेँ । तर, हत्तनपत्त अर्को पाटो सोचेँ । ‘मेरो त २ वर्षको सानो बाबु छ । कसरी जाने ?’ उसको हेरचाह मेरो झनै ठूलो प्राथमिकता हो । मन सोचमा डुब्यो । महिलाहरुले आफ्नो कलिलो सन्तानको बिशेष हेरचाह गर्नुपर्ने हुन्छ । म त्यसको निरन्तर प्रक्रियामा थिएँ । घर सल्लाह गरेँ । श्रीमानबाट दरिलो साथ पाएँ । मेरो हुटहुँटी, इच्छा र अवसर पूरा गर्न श्रीमानले समय तिलाञ्जली दिनुभयो । आफ्नो व्यवस्तताबाट समय निकाल्नुभयो । हामीले निर्णय गर्यौं । तीनै जना काठमाडौं आयौं ।  

मेरो लागि प्रशिक्षक प्रशिक्षण (टट) को यो पहिलो अनुभव सँगाल्ने अवसर पनि थियो । यद्यपि, नेफ्स्कूनले प्रदान गरेका छुट्टाछुट्टै विषयका ४ ओटा तालिममा सहभागी भएको कारण पनि यो तालिमबाट धेरै सिकाइ हुने विश्वास बोकेर म सपरिवार काठमाडौं आएँ । Training of Trainers on Business Development Services (ToT on BDS) तालिममा भाग लिन जान पाउने कुरा नै मेरो लागि महत्वपुर्ण थियो अझ त्यसमाथि मेरा लागि पहिलो आवासीय तालिम भएकाले उत्सुकता झनै उकालो लागेको थियो । तालिमको विषयवस्तुमा केही खोजी पनि गरेँ । 

हिड्ने दिन नजिकियो । तयारीहरु बढे अनि खुसीहरु फैलदै गएँ । पोखरादेखि काठमाडौ र काठमाडौदेखि पोखरा सम्मको यात्रा संस्थागत रुपमा व्यवस्थापन गरिएको थियो भने काठमाडौंदेखि नगरकोट र नगरकोटदेखि काठमाडौंसम्मको व्यवस्थापन नेफ्स्कूनबाट गरिएको थियो । यात्रा एकदम सहज अनुभव भयो । नगरकोटको बसाइ पारिवारिक वातावरणसहित आरामदायी र रमाइलो भयो । 

तालिमकै दौरान अनुभव भयो, विषयगत टट भएकाले पूरै फरक थियो । अपेक्षा टट भएकाले कुशल प्रशिक्षक बन्नका लागि नै 'टुल्स टेक्निक्स' नै बढी सिकाइन्छ होला भन्ने थियो तर, त्यो सँगै र त्यो भन्दा अझ बढी पनि विषयवस्तु केन्द्रीत थप नवीन विषयहरु सिक्ने अवसर पाएँ । यो मेरा लागि सुनमा सुगन्ध भयो । तालिममा धेरै नै महत्वपूर्ण विषयहरुमा जानकारी प्राप्त भएको हुँदा उपलब्धिमूलक रह्यो । प्रशिक्षकहरुको प्रस्तुति अत्यन्तै सरल रुपमा सबैले बुझ्ने किसिमको थियो । असाध्यै राम्रो लाग्यो ।

तालिमबाट फर्के पछि, तालिमको प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत, मुख्य प्रबन्धक, मानव संशाधन विभाग प्रमुख र लेखा विभागमा बुझाउने काम गरेँ । म दुलेगौडा सेवाकेन्द प्रमुख भएकोले आफू कार्यरत कार्यालयमा सबै सहकर्मीहरुमाझ पनि अनुभव सेयर गर्ने काम गरेँ । व्यवस्थापन बैठकमा तालिमको सिकाइको विषयमा स्लाइडहरुमार्फत जानकारी दिनु पर्ने भएको हुँदा त्यसको तयारीसहित प्रस्तुत गरेँ । 

नढाँटी भन्नुपर्दा, तालिमले सबैभन्दा बढी व्यक्तिगत फाइदा पुग्यो । मेरो व्यक्तिगत व्यावसायिक योजना समेत निर्माण गर्न सक्ने, आफूले विषयहरुबारे जानकारी हासिल गरी तिनलाई प्रस्तुति गर्न सक्ने क्षमताको विकास गराएको छ । तालिमको दौरान विभिन्न जिल्लाबाट सहभागी नयाँ साथीहरु बनाउने मौका पनि पाएँ जसले मरो ‘साथी सर्कल’ पनि ठूलो बनाउँदै लगेको छ ।

यस्तै, संस्थागत रुपमा भन्नुपर्दा, म नियमित रोजगारीमा कार्यरत र चाँडै संस्था नछोड्ने प्रतिबद्ध कर्मचारी भएकोले तालिमबाट सिकेका कुराहरु संस्थामा लागु गर्न र आगामी दिनमा BDS Desk स्थापना गर्ने कार्यमा सहयोग पुग्ने ठानेकी छु । यो अवसरका लागि फेरि सबै सबैलाई धन्यवाद ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप