'सीयूएलसीसी' तालिमले पुँजीको सही परिचालनबारे धेरै सिकायो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सीयूएलसीसी' तालिमले पुँजीको सही परिचालनबारे धेरै सिकायो

काठमाडौं  । नेफ्स्कूनको आयोजना एवम् संघको सदस्य सेवा कार्यालय सुनसरीको व्यवस्थापनमा २०८० फागुन २३ देखि २५ सम्म मोरङको लेटाङमा ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम–सीयूएलसीसी संचालन गरिएको छ । तालिममा १९ संस्थाबाट २४ जनाको सहभागिता थियो । 

तालिमका सहभागीहरुले साकोसमा सञ्चालक समिति, व्यवस्थापन र भौतिक श्रोत र सधान मात्र भएर हुँदैन त्यसलाई सही व्यवस्थापन र परिचालन गर्न जानिएन भने दुर्घटना हुनसक्ने भन्दै तालिमले संस्थामा रहेको पुँजीलाई सही तवरले परिचालन गर्न धेरै विषयहरु सिकाएको प्रतिक्रिया व्यक्त गर्नुभयो । तालिमबाट सिकाइसँगै काम गर्ने उर्जा थप भएको भन्दै सिकाइ र उर्जालाई प्रयोगमा ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कून संचालक एवं सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटाले नेफ्स्कून सदैव सदस्य संस्थाहरुको क्षमता विकासका कार्यक्रमहरु आयोजना गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सिकाइलाई संस्थागत व्यवहारमा लागु गर्दै साकोसहरुमा विद्यमान चुनौतीहरु सामना गर्न अनुरोध गर्नुभयो । साकोस संचालन नितान्त प्राविधिक विषय भएकोले संस्थाको समिति र व्यवस्थापन निरन्तर रुपमा शिक्षित भइरहनुपर्ने उहाँको भनाइ थियो । संस्थाका ऋणका सेवाहरु सदस्य केन्द्रित भई सदस्यहरुको जीवनस्तर सुधारको लागि हुनुपर्ने सञ्चालक सापकोटाको सुझाव थियो । 

संघका तालिम अधिकृत कोमल राज अधिकारी र रविन्द्र श्रेष्ठले सहजीकरण गरेको तालिमको समापन कार्यक्रम संचालन तथा व्यवस्थापन व्यवसाय अधिकृत रामकृष्ण भट्टराई र लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप