व्यवहारोपयोगी तालिम भयो, संस्थामा लागू गर्छौं
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवहारोपयोगी तालिम भयो, संस्थामा लागू गर्छौं

काठमाडौं । सुनसरीको इटहरी-१६ स्थित किसान कल्याण साकोसका सञ्चालकहरुले फाल्गुन २३ देखि २६ गतेसम्म गाईघाटमा सञ्चालित सीयूडीसीसी तालिम धेरै व्यावहारिक भएको भन्दै सिकाइ संस्थामा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित 'साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम' (सीयूडीसीसी) साँच्चिनै उपयोगी भएको भन्दै किसान कल्याण साकोसका सञ्चालकहरुले धेरै विषयहरुमा थप स्पष्टता भएको बताउनुभएको हो । 

साकोसका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले तालिममा सिकेका कुरा संस्थामा लागु गर्दै सदस्यहरुको आर्थिक सामाजिक समृद्धिमा केन्द्रीत, प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समितिको बुझाइ र कर्मचारीको बुझाइमा समानताको लागि तालिममा उच्च व्यवस्थापनको सहभागिता रहेको स्पष्ट पार्नुभयो ।

साकोसकी शिक्षा, तालिम तथा सूचना उपसमिति संयोजक गितादेवी अधिकारीले भन्नुभयो, ‘तालिममा धेरै व्यवहारिक शिक्षा सिक्ने अवसर प्राप्त भयो । सिकाइ संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।’  सुन्दर सेवा केन्द्र संयोजक समेत रहनुभएका अर्का सञ्चालक कृष्ण प्रसाद लम्सालले भन्नुभयो, ‘सहज र सौहार्दपूर्व वातावरणमा सहजीकरण भयो । तालिम व्यवहार उपयोगी पनि रह्यो । यसले हाम्रो साँच्चिकै क्षमता अभिवृद्धि भएको छ । यसमा सिकेका कुरा संस्थामा लागू गर्ने प्रण गर्छौं ।’ तालिममा साकोसका २६ जनाको सहभागिता थियो ।

२३ हजार बढी सदस्य रहेको किसान कल्याण साकोसको कूल सम्पत्ति १ सय ३४ करोड बढी छ भने संस्थाको मात्र हक लाग्ने पूँजी ९ करोड १७ लाख बढी छ । साकोस नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेसमा सहभागी छ । तालिम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिना र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

त्यस्तै, तालिममा उत्साह बढाउन अन्तिम दिन उपस्थित हुनुभएका राष्टिय सहकारी महासंघका सञ्चालक नथुनी यादवले किसान कल्याण पूर्वी जिल्लाहरुको अब्वल संस्था रहेकोमा खुसी व्यक्त गर्दै सिकाइ संस्थामा लागु गर्ने विश्वास व्यक्त गर्नुभयो । देशको अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको भन्दै सहकारीले न्यून आय भएका व्यक्तिको आर्थिक सामाजिक जीवनस्तरमा सुधार भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । यद्यपि, विश्वव्यापी आर्थिक मन्दीको असर सहकारीमा परेको र केही सहकारीले सदस्यको पैसा फिर्ता दिन नसकेको असहज परिस्थितिमा सवै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा उहाँको थियो । साकोसका सचिव महेश कुमार रेग्मीले स्वागत गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप