नेफ्स्कून र अफलातून तथा डिएसआईकेँबीच दीर्घकालीन सम्झौता हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र अफलातून तथा डिएसआईकेँबीच दीर्घकालीन सम्झौता हुँदै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र नेदरल्याण्ड्सको अफलातुन तथा जर्मनीको डिएसआईकेँबीच दीर्घकालीन सेवा तथा परियोजना साझेदारी सम्झौताका लागि संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा आज अ्याम्सटड्याम प्रस्थान गर्नुभएको छ । 

समतामूलक समाज निर्माणका लागि बालबालिका तथा युवाहरुको सामाजिक तथा वित्तीय शिक्षामा विशेष जोड दिदैं आएको अफलातूनले नेफ्स्कूनसँग सहकार्य तथा साझेदारी सम्झौतामार्फत नेपालको साकोस अभियानसँग जोडिएका सदस्यहरुको सामाजिक आर्थिक उन्नतिमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास लिएको छ । यसैगरी, नेफ्स्कूनले पनि सदस्य संघ संस्थाहरुमार्फत उनीहरुका व्यक्तिगत सदस्यहरुलाई वित्तीय साक्षरताका उन्नत सिकाइ तथा अनुभवहरु आदानप्रदान गर्न अफलातूनसँग दीर्घकालीन सम्झौताको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत सापकोटाको नेदरल्याण्ड्स भ्रमणका क्रममा द्धिपक्षीय हित प्रवर्धनका अन्य विषयमा पनि छलफल हुने बताइएको छ । भ्रमणमा संघका बरिष्ठ अधिकृत नविनराज दाहाल पनि सहभागी हुनुहुन्छ ।

अफलातूनले विश्वका १ सय २ मुलुकमा सामाजिक तथा वित्तीय शिक्षामार्फत बालबालिका तथा युवा लक्षित नवीन कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले स्वयं तथा साझेदार निकायमार्फत प्रभावकारी वित्तीय शिक्षाका लागि पाठ्यक्रम विकास, प्रशिक्षक प्रशिक्षण, सुपरिवेक्षण तथा मूल्याङ्कन, डिजिटल सिकाइ आदि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसैगरी, जर्मनीमा संघका प्रमुख कार्यकारी अधिकृतले जर्मन बचत बैंकहरुको शीर्ष सञ्जाल डीएसआईके सँग दीर्घकालिन सेवा तथा परियोजना साझेदारी सम्झौता गर्ने कार्यक्रम छ । गत मंसिरमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय डिएसआईके टीमबीच दिगो सम्झौताको खाका तयार भएको थियो । नेफ्स्कूनको रणनीतिक मार्गचित्र तथा कार्यदिशासँग मेल खाने गरी दुई मुलुकका केन्द्रीय सञ्जालबीच साझेदारी सम्झौता हुन लागेको हो । वित्तीय समावेशीतामार्फत दिगो बहुआयामिक विकासका दिशामा कार्यरत दुबै निकायबीच सम्झौतासँगै अन्य द्धिपक्षीय हितका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 
यस प्रकारको साझेदारी सम्झौतामार्फत नेपालको साकोस अभियानको सक्षमता अभिवृद्धिसँगै यसका समसामयिक विषयहरुको सघन बहसपैरवीमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । यस्तो सम्झौतामार्फत नेफ्स्कूनसँगै संघको सञ्जालमा आबद्ध साकोसहरुलाई वित्तीय साक्षरता, वित्तीय समावेशिता,  हरित वित्त, जलवायु वित्त, लघुकर्जा, प्रविधिकरण, उद्यमशिलता, लगायत थुप्रै विषयमा डिएसआईकेले प्राविधिक सहजीकरण उपलब्ध गराउनेछ । वित्तीय समावेशीतामार्फत गरिब, पिछडिएका, अल्पसंख्यक तथा सामाजिक आर्थिक जोखिममा रहेका समुदायहरुको आर्थिक सबलीकरण सम्भव रहेको डिएसआईको ठहर छ । त्यसका लागि यी समुदायको उत्थानमा प्रत्यक्ष काम गर्ने सहकारी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै नेपालको सन्दर्भमा नेफ्स्कूनसँगको सहकार्यमार्फत यी कार्यहरु अघि बढाउन डीएसआइके तयार भएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप