प्रभात दिदीबहिनी साकोसमा 'व्यवसाय विकास सेवा कक्ष' स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोसमा 'व्यवसाय विकास सेवा कक्ष' स्थापना

काठमाडौं । सदस्यहरुलाई उद्यमी बनाउने उद्देश्यका साथ चितवनको प्रभात दिदीबहिनी साकोसले आजबाट औपचारिक रुपमा व्यवसाय विकास सेवा कक्ष 'बीडीएस डेस्क' स्थापना गरेको छ ।सदस्यहरुलाई आवश्यकता र परियोजनाका आधारमा साना, मझौला तथा ठूला उद्यम स्थापनाका लागि परामर्श, सीप, पुँजी र प्रविधि लगायत उपलब्ध गराउन 'बीडीएस डेस्क' सहयोगी हुने विश्वास साकोसले लिएको छ ।

आज एक कार्यक्रमका बीच नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतिथ्यतामा बीडीएस डेस्क विधिवत् सञ्चालन गरिएको हो । कार्यक्रममा साकोसकी अध्यक्ष साधना श्रेष्ठ, चितवन बचत संघका उपाध्यक्ष, बागमती प्रोस्कून शिक्षा उपसमिति सदस्य, नेफ्स्कून चितवन सदस्य सेवा केन्द्रका इन्चार्ज रिसभराज रेग्मी लगायत साकोसको सञ्चालक तथा उपसमितिका अधिकारीहरुको उपस्थिति थियो । साकोसले आजै २०८१ सालको अग्रिम शुभकामनासहित संस्थागत क्यालेन्डर पनि विमोचन गरेको छ ।

बीडीएस डेस्कबाट साकोसका सदस्यहरुलाई उद्यमसँग जोडिने प्रेरणा र हौसलासँगै अन्य पूर्वाधारहरु विकासमा टेवा पुग्ने साकोसले जनाएको छ । बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने यसको अभिप्राय हो ।

उत्पादन, आयआर्जन, स्वरोजगार र व्यक्तिगतदेखि स्थानीय आवश्यकता सम्बोधनका लागि उद्यमशीलता प्रवर्धनको आवश्यकतालाई बुझेर नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत प्रभात दिदीबहिनी साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो । राष्ट्रिय आवश्यकताबोध गर्दै स्थानीय रुपमा हरसम्भव प्रयास गर्न नेफ्स्कूनले साझेदारीमा सञ्चालन गरेको यो अभियानमा जोडिन पाउँदा खुसी लागेको साकोसले जनाएको छ । 

उक्त अवसरमा सदस्यहरुको उत्पादन पनि प्रदर्शन गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप