विकूप्रति सदस्यको विश्वासको स्तर प्रशंसनीय छ, त्यसलाई कायम राख्नुहोस्: सचिव दुवाडी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकूप्रति सदस्यको विश्वासको स्तर प्रशंसनीय छ, त्यसलाई कायम राख्नुहोस्: सचिव दुवाडी

नवपलुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले विकू बचत तथा ऋण सहकारी संस्थाप्रति सदस्यको विश्वासको स्तर र स्वःअनुशासनको प्रशंसा गर्दै त्यसलाई निरन्तर कायम राख्न आग्रह गर्नु भएको छ । साकोसले सञ्चालन गरेका अनुकरणीय सदस्य केन्द्रित कार्यक्रमहरुबारे जानकारी लिदैं उहाँले दिगोपनाका लागि सदस्यहरुको संस्थाप्रतिको विश्वासलाई कायम राख्न सुझाव दिनुभएको हो ।

चैत २६ गते नवपलुरस्थित विकू साकोसको अनुगमन तथा निरीक्षणका क्रममा सचिव दुवाडीले साकोसको गतिविधिहरुको प्रस्तुतिसँगै थप जिज्ञासाहरुमार्फत पनि विस्तृत जानकारी लिनुभएको थियो । 
सचिव दुवाडीले सहकारीहरु असल नियतले सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सरकारले सहकारी क्षेत्रमा सकारात्मक परिवर्तनका लागि चालिएका कदमहरुबारे जानकारी गराउँदै चाँडै नै सकारात्मक कार्यको थालनी हुन गइरहेको पनि खुलासा गर्नुभयो ।

उक्त अवसरमा वर्तमान परिवेशमा सहकारी क्षेत्रमा देखिएका अन्यौल, सुधार गर्नु पर्ने पक्षहरु र आगामी कार्यदिशाबारे सचिव दुवाडीबाट सुझाव तथा सल्लाह लिदै व्यापक छलफल भएको साकोसले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् नेपाल कृषि केन्द्रीय सहकारी संघ लि. का केन्द्रिय अध्यक्ष खेम बहादुर पाठक, नेपाल कृषि सहकारी संघ का महाप्रबन्धक रुद्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव विष्णु पौडेल, संस्थाका पूर्व अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराजज्योती पौडेल, संस्थाका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंक लि. का लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटा, गैंडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, संस्थाका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, संस्थाका बर्तमान अध्यक्ष एंव पदाधिकारीहरु, सहकारी समन्वय मञ्चका पदाधिकारीहरु र विभिन्न समिति तथा उप समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कार्यक्रम संयोजन एवम् अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप