सहकारी समस्या होइन, समस्या समाधानको उपयुक्त र सशक्त उपाय हो: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी समस्या होइन, समस्या समाधानको उपयुक्त र सशक्त उपाय हो: नेफ्स्कून अध्यक्ष ढकाल

रुपन्देही । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी समस्या नभइ समस्याहरुको समाधानको उपयुक्त र सशक्त माध्यम भएको दाबी गर्नुभएको छ । पछिल्लो समयमा केही सहकारीका समस्याहरुलाई चित्रित गरेर समग्र क्षेत्रप्रति नै हिलो छ्याप्ने काम भएकोमा रोष प्रकट गर्दै उहाँले खासमा सहकारी समस्याहरुको समूल समाधान भएको स्पष्ट पार्नुभएको हो ।

उहाँले सहकारीमार्फत सदस्य, समुदाय र राज्यकै बृहत् समस्याहरु समाधान गर्न सकिने बताउनुभयो । सहकारीमार्फत यी दिशामा काम भएका छन् तर तिनलाई ओझेलमा पर्ने गरी विकसित पछिल्ला घटनाक्रमहरुलाई अघि सारेर क्षेत्रप्रतिनै गलत भाष्य निर्माण भैरहेकोमा उहाँले आपत्ति समेत जनाउनुभएको हो । 

आज रुपन्देही जिल्लाका आधा दर्जन बचत तथा ऋण सहकारीकर्मीहरुसँग अभियानका समसामयिक विषयमा अन्तरक्रियाका क्रममा अध्यक्ष ढकालले उक्त धारणा राख्नुभएको हो । बिहानदेखि साँझसम्म भएका लगातारका ती छलफलहरुमा नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौड्याल पनि सहभागी हुनुभएको थियो । 

सदस्यहरुसँग नेफ्स्कूनको निकटसम्बन्धलाई थप निकटता दिने उद्देश्यका साथ आज ६ संस्थासँग सहकारी अभियान र नेफ्स्कूनको अग्रसरता लगायतका विषयमा अध्यक्ष ढकाल र सञ्चालक पौड्यालले छलफल गर्नुका साथै केही विषयहरुमा आंशकाहरु निवारण र केही सुझावहरु ग्रहण गर्नुभएको हो ।

अध्यक्ष ढकालले सहकारीहरुभित्र केही समस्या भएको वास्तविकता भएपनि बाहिर अतिरञ्जित गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीभित्र केही समस्याहरु छन्, केही विषय मिडिया पनि आएका छन् । तिनले हामीलाई थप संवेदनशील बनाएको छ । भएका केही समस्याहरुलाई व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा नेफ्स्कूनभित्रै पनि सघन छलफल भएको छ । समस्याहरुलाई चिरेर जानुपर्छ । सञ्चारमाध्यममा आएका केही विषयले अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने उर्जा पनि दिएको छ ।’

उहाँले सदस्य संस्थाहरुलाई बलियो बनाउने उद्देश्यबाट नेफ्स्कून विचलित नहुने पनि प्रष्ट पार्नुभयो ।  ‘सहकारी समस्या होइन, समस्याहरु समाधानको सर्वोत्तम उपाय हो, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘यो सबैले बुझ्न जरुरी छ र हाम्रो एकीकृत प्रयासले राज्यका सबै तह र तप्काका जिम्मेवार व्यक्तिहरुलाई बुझाउनु अति आवश्यक छ ।’

आजको छलफलमा नेफ्स्कूनको वर्तमान सञ्चालक समितिले अघि बढाएका कामहरु, प्राप्त उपलब्धिसँगै अभियानका समसामयिक मुद्दाहरु, ऋण असुली तथा संस्थागत सुशासन, सञ्जाल सहकार्य, नेफ्स्कून सदस्य सम्बन्ध, प्रविधिकरण आदि विविध विषयमा सदस्य संस्थाहरुका जिम्मेवार व्यक्तिहरुसँग अन्तरसंवाद भएको हो । नेफ्स्कून अध्यक्ष ढकालले सुशासनको विषयलाई सबै सहकारीहरुले केन्द्रविन्दुमा राखेर संस्था सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

हिजोको समयमा कोभिड, विश्व अर्थतन्त्रमा आएको मन्दी वा युद्धका कारण देखाएपनि संस्था सञ्चालनका तौरतरिका नमिल्दा केही कमजोरी भएको सबैले स्वीकार्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले ऋण असुलीको विषयमा बाह्य कारणहरुसँगै आन्तरिक कमजोरी पनि भएको सबैले आत्मबोध गर्नुपर्ने बताउनुभयो ।

‘हामी लगानीको समयमा कही न कही बहकियौं ’अध्यक्ष ढकालले भन्नुभयो, ‘अपचलन भयो भनेर म भन्दिन तर लगानी गर्दा जति हामी सेन्सिटाइज्ड हुनुपथ्र्यो त्यति भइएन छ कि ?’ उहाँले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्न राज्यतर्फबाट भैरहेका पहलमा नेफ्स्कूनले निर्वाह गरको भूमिकासँगै अभियानको साझा प्रविधि विकासको दिशामा भएका कामहरुबारे पनि सबैलाई अवगत गराउनुभएको थियो ।

ती अन्तरक्रियाहरुमा नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौड्यालले संस्थाहरुलाई कसरी सुरक्षित र दिगो सञ्चालन गर्ने भन्ने विषयमा सचेत, सर्तक र संवदेनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुलाई सबल बनाउन नेफ्स्कून क्रियाशील रहेको भन्दै संस्थागत दिगोपनाका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा आवद्धताको विषय उठाउनुभयो ।

सञ्चालक पौड्यालले भन्नुभयो, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्तरीकरण कार्यक्रमले संस्थाहरुलाई वित्तीय रुपमा दिगो बनाउँदै छवि सुधार गर्दछ भने भविष्यमा कुनै किसिमको भवितव्यबाट बचाउन साकोस अभियानको सुरक्षाकवच स्थिरीकरण कोषमा आवद्धता आवश्यक छ । यति गर्ने हो भने संस्था सबल र दिगो बन्छ अनि सदस्यको विश्वासमा पनि बढोत्तरी हुन्छ ।’

त्यस्तै, उहाँले आवश्यक कार्यविधिहरुबाट संस्था सञ्चालन गर्ने परिपाटी विकास गर्नुपर्ने भन्दै कार्यविधिकै आधारमा ऋण लगानी, सदुपयोगिता र असुली गर्दा समस्या नहुने प्रमाणित भएको तथ्य समेत उदाहरणसहित प्रस्तुत गर्नुभएको थियो ।

सञ्चालक पौड्यालले सदस्यहरुको रचनात्मक सुझावहरु नेफ्स्कूनका लागि सदैव आवश्यक भएको भन्दै जसरी संस्थाहरुले निरन्तर सदस्यहरु सम्पर्क बढाइरहनुपर्छ त्यसैगरी नेफ्स्कूनले पनि सदस्य संघ संस्थाहरुको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो कार्यक्रम गर्ने गरको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो छलफलबाट नेफ्स्कूनलाई भावी रणनीति तय गर्न सजिलो हुन्छ र सदस्यहरुको भावना पनि प्रतिविम्बित हुन्छ ।’

नेफ्स्कून अध्यक्ष ढकाल र सञ्चालक पौड्याल आज कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था, तिलोत्तमा मणिग्रामस्थित सबैको बचत तथा ऋण सहकारी संस्था, ओमसतिया १ ठुटीपिपलस्थित टुगा आस्था विकास साकोस, तिलोत्तमा १५ कोटिहवास्थित पशुपति साकोस, बुटवलस्थित लुम्बिनी साकोस र तामनगर, सेमलारस्थित नमूना महिला विकास साकोसको भ्रमण गरी सहकारी अभियानका घटनाक्रम, बहसपैरवी र नेफ्स्कून नेतृत्वको अगुवाइबारे सदस्यहरुलाई जानकारी गराउँदै सुझावहरु संकलन गरिएको नेफ्स्कून भूमही सेवा केन्द्र इन्चार्ज कल्पना भण्डारीले जानकारी गराउनुभयो । 

छलफलमा लुम्बिनी साकोसका अध्यक्ष महेश्वर श्रेष्ठ, व्यवस्थापक विनोद प्रताप जबरा, नमूना महिला साकोसकी अध्यक्ष जमुना उपाध्याय, व्यवस्थापक मञ्जु गोदार, टुगा आस्था विकास साकोसका अध्यक्ष डिबी थापा, सञ्चालक चिन्तामणि घर्ती, कामु व्यवस्थापक लक्ष्मण काउचा, पशुपति साकोसका अध्यक्ष डोलराज बस्याल, सचिव अर्जुुन बस्याल, शिक्षा उपसमिति संयोजक तारा प्रसाद नेपाल, व्यवस्थापक मिन बहादुर कार्की, सबैको साकोसका अध्यक्ष भरत भुषाल, व्यवस्थापक हरिहर पौडेल लगायत सबै साकोसका सञ्चालक तथा पदाधिकारीहरुको उपस्थिति रहेको नेफ्स्कूनकी बरिष्ठ सहायक कल्पना भण्डारीले उल्लेख गर्नुभयो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप