चितवनको नारायणी साकोसको २७औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको नारायणी साकोसको २७औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

भरतपुर ५, चितवनस्थित नारायणी साकोसले २७औ वार्षिकोत्सव आज भव्य कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा आयोजित बिशेष उत्सव समारोह साकोसका अध्यक्ष पुष्पराज भट्टको सभापतित्व , नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा भरतपुर महानगापालिका वडा न.५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, जिल्ला सहकारी सघ चितवनका कोषाध्यक्ष पदम पाणी सुवेदी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला र नारायणी साकोसका संस्थापक अध्यक्ष श्याम ढुङ्गानाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

यसैगरी, कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु विशाल बाबू तिमल्सेना, चन्द्रमणी भुषाल, जिल्ला सहकारी संघ चितवनका सन्चालक सदस्य किशोर गुरुङ, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.कि सहसचिव ऋतु गिरी लगायत स्थानीय  सहकारी संघ संस्थाहरु, विद्यालय टोल बिकास संस्था, आमा समूहका अध्यक्ष एवम् प्रतिनिधिहरुको आतिथ्यता र संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थितिमा आजको कार्यक्रम सम्पन्न भएको छ ।
    
कार्यक्रममा नारायणी साकोसका अध्यक्ष पुष्पराज भट्ट, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भरतपुर महानगापालिका वडा न. ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, जिल्ला सहकारी सघ चितवनका कोषाध्यक्ष पदम पाणी सुबेदि, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, स्थानीय समाजसेवी नेतृ देवकी गौतम, भिमनारायण पौडेल, इन्द्रमणी गैरे लगायत बिभिन्न ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो भने भद्रकुमारी राष्ट्रीय आधारभुत बिद्यालयका बिध्यार्थी, बाल सदस्य र महिला शेयर सदस्यहरु द्वारा प्रस्तुत सहकारी सम्बन्धी र राष्ट्रीय गीत गायन र नृत्यले कार्यक्रमलाइ थप रोचक र मनोरन्जनात्मक बनाएको थियो।  

कार्यक्रममा नारायणी साकोसकी उपाध्यक्ष सम्झना रेग्मीले आमन्त्रित प्रमूख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरु लगायत उपस्थित सम्पूर्णलाइ मन्तब्यसहित स्वागत गर्नुभएको थियो । कार्यक्रम अत्यन्त कुशलतापूर्वक आकर्षक ढङ्गले संस्थाका सचिव सामाजिक व्यक्तित्व हरिकृष्ण अधिकारीले सन्चालन गर्नुभएको थियो।

कार्यक्रम पूर्व पूर्व बिकास चोकदेखि नारायणी साकोसको प्राङ्गणसम्म बिभिन्न टोल बिकास संस्थाहरु र आमा समूहको सहभागितामा शोभा यात्रा सम्पन्न भएको थियो । उक्त शोभा रयाली लाइ शोभार्याली मुल्यान्कन समितिका सयोजक पदमपाणी सुवेदी, सदस्य द्वय किशोर गुरुङ र ऋतु गिरीले गर्नुभएको मुल्यान्कनको आधारमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना घोषणा गरी नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। 

साकोसको २७ औ वार्षिकोत्सवको अवसरमा चैत्र २८ गते बृहत खुल्ला रक्तदान र निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल छात्र छात्राहरु, सामुदायिक र संस्थागत बिध्यालयहरुबाट छनौट भएका उत्कृष्ट छात्र छात्राहरु, SEE परिक्षामा उत्कृष्ठ GPA प्राप्त गर्ने शेयर सदस्य का छोराछोरी , शेयर सदस्यहरुका ८० बर्ष उमेर पुगेका अभिभावक (जेष्ठ नागरिक) हरुलाई, ७० बर्ष उमेर पारगर्नुभएका शेयर सदस्यहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो साथै आजैको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केशब बहादुर पौडेल दम्पति तथा व्यवस्थापक सुशील पाण्डेलाई पनि दोसल्ला र सम्मान पत्र सहितले सम्मान गरिएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप