उद्यमशीलताको विकास
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलताको विकास

जनताको गरीखाने माध्यम भनेको उद्यमशीलता हो । यसलाई देशको मेरुदण्ड मानिन्छ । देशमा उद्यमशीलता विकास भए जनता धनी हुन्छन् र देश बलियो हुन्छ । नेपालमा उद्यमशीलता विकासको प्रचुर सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक गतिविधिमा संलग्न गराउन नसक्दा एकातिर गाउँ, बस्ती र सहर युवाविहीन हुन पुग्दै छ भने अर्कोतर्फ उनीहरूको ऊर्जावान् समय परदेशमा सकिँदै छ । 

युवालाई स्वदेशमै राख्न युवालक्षित उद्यमशीलता नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक छ । देशमा बढ्दो बेरोजगारीका कारण युवामा उद्यमशीलता विकासमा रुचि र स्वरोजगारीको चाहना बढेको देखिएको छ । उद्यमशीलता विकासले आर्थिक वृद्धि, सामाजिक आर्थिक मुद्दा सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्धन गर्न मद्दत गरिरहेको छ । नेपालमा विशेष गरी पर्यटन, कृषि, जैविक खेती, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र सफ्टवेयरको विकास, ई–कमर्स र अनलाइन सेवा, माइक्रो हाइड्रो, सौर्य ऊर्जा उत्पादन तथा सेवा र स्थानीय शिल्प कौशल सङ्कलन जस्ता क्षेत्रमा उद्यमशीलता विकासका अवसर छन् ।

वित्तीय स्रोत, कर्मचारीतन्त्रको अवरोध, उत्पादित वस्तुको बजार अभाव, प्रविधि सहयोगको अभाव, नीति तथा उद्यमशीलता शिक्षा र पेसागत सिपमा धेरै चुनौती छन् । उद्यमीहरूले सामाजिक आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उद्यमशील संस्कृति र सामाजिक साँस्कृतिक मापदण्डको अभावले उद्यमीहरूको प्रगतिमा बाधा पुर्याइरहेको छ । 

नीतिनिर्माता र सरोकारवालाले यी चुनौती सम्बोधन गर्न नीतिगत सुधार, क्षमता विकास, वित्तमा पहुँच र पूर्वाधार विकास, बजार विश्लेषण, उत्पादित वस्तु वा सेवाको बजारीकरण, बजारमुखी शिक्षा र व्यावसायिक तालिम, उत्पादित वस्तुका लागि बजार पहुँचको ग्यारेन्टी गर्दै व्यापक रणनीतिलाई प्राथमिकता दिनु पर्छ । सीमित रोजगारीका अवसरसँगै उद्यमीमा महत्वपूर्ण ज्ञान र सिपबिचमा खाडल छ । राष्ट्रनिर्माणमा युवालाई सक्रिय बनाउन उपयुक्त नीति र नियमावली बन्न सकेको छैन । बनेका नीति अपूर्ण हुनुका साथै त्यसको कार्यान्वयन पक्ष निकै फितलो छ । नेपालमा अहिले उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी गरिएको उद्यमीमैत्री नीतिको आवश्यकता छ ।

उद्यमशीलता विकासको अवस्था
उद्यमशीलता विकास भनेको मानिसलाई उनीहरूको आफ्नै व्यवसाय सुरु गर्न आवश्यक पर्ने सिप सिक्न र सुधार गर्न मद्दत गर्ने प्रक्रिया हो । यसमा व्यावसायिक तालिम, क्षमता विकास र इच्छुक उद्यमीलाई विभिन्न प्रकारका स्रोतसाधन उपलब्ध गराउने विषय समावेश हुन्छ । यसको उद्देश्य सफल उद्यमीको सङ्ख्या वृद्धि गर्नु र उनीहरूको व्यवसाय प्रवर्धनमा सहयोग गर्नु हो । यसले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत गर्छ । नेपालमा गरिबी निवारण र आर्थिक विकासका लागि उद्यमशीलता राज्यको प्रमुख नीति नै बन्नु पर्छ । उद्यमशीलता विकासको सम्भाव्यताले आर्थिक वृद्धि, सामाजिक प्रगति र दिगो विकासलाई प्रवर्धन गर्न सहयोग गरेको छ । यो आर्थिक वृद्धिको आधारभूत खम्बा नै हो । यसले रोजगारी सिर्जना, बजार व्यवस्थापन र उद्योगमा नवप्रवर्तन प्रोत्साहन गर्नुका साथै विभिन्न अवसर सिर्जना गरी प्रतिस्पर्धात्मक रूपमा राष्ट्रको समग्र आर्थिक विकासमा टेवा पुर्याउँदछ ।

नेपालको कुल जनसङ्ख्याको २१।६८ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका रहेको कुरा राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनमा उल्लेख छ । २४ देखि ५४ वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको लगभग ३५।९९ प्रतिशत हो । उल्लिखित जनसङ्ख्याको संरचनाले गर्दा नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने सम्भावना छ । १५ देखि ३४ वर्ष उमेर समूहका करिब ६९।१ प्रतिशत आर्थिक रूपमा सक्रिय व्यक्ति अझै पनि रोजगारीका अवसर खोजिरहेका छन् । नेपाल श्रम शक्ति सर्वेक्षण, २०१७ का अनुसार सीमित रोजगारी अवसरका कारण रोजगारीको अवसर प्राप्त गर्ने कुल युवा श्रमशक्तिको ६० प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न छन् । त्यसै गरी ४० प्रतिशत मात्र औपचारिक रूपमा उद्यमशील क्षेत्रमा संलग्न छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन, २०२१ ले नेपालको युवा बेरोजगारी दर ९।५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । युरोपेली मुलुकमा देखिएको राजनीतिक अस्थिरता, रुस र युक्रेनबिचको युद्ध र इजरायल, प्यालेस्टाइनका साथै इरानबिचको युद्धले नेपालको अर्थतन्त्रमा सिर्जना भएका चुनौती, नेतृत्वमा दूरदृष्टिको अभाव, बजार एकातिर शिक्षा अर्कोतिर हुनुको कारण नेपाली श्रम बजार अपेक्षा अनुरूप अझै पनि विकास र विस्तार हुन सकेको छैन । यी पक्षलाई नेपालमा युवा बेरोजगारी बढ्नुको सहायक कारण मान्न सकिन्छ । नेपालको श्रम बजारमा बर्सेनि चार लाख श्रमशक्ति थपिने अनुमान गरिएको छ । यति ठुलो सङ्ख्यामा रहेको बेरोजगार युवाको दबाब वर्तमान सङ्कुचित श्रम बजार धान्न सक्ने अवस्था छैन । 

देशको जनसाङ्ख्यिकीय संरचना र आर्थिक अवस्थ हेर्दा विभिन्न क्षेत्रलाई समेट्ने गरी उद्यमशीलताको नयाँ सम्भावनाको खोजी हुन आवश्यक छ । समाजमा सकारात्मक सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणलाई गति दिन स्टार्टअपहरू परम्परागत रोजगारीको उत्तम विकल्प हुन सक्छ । युवा उद्यमशीलता विकासका लागि अवलम्बन गरिने नीतिले प्रभावकारी उद्यमशील इकोसिस्टमको विकास र सहयोगसँगै उद्यमशीलताका लागि युवाको क्षमता अभिवृद्धि गरी दीर्घकालीन आर्थिक लक्ष्य प्राप्तिको आधार तयार गर्न अनुकूल वातावरण सिर्जना गर्ने छ ।

विद्यमान नीतिहरूको विश्लेषण 
सरकारले नेपाली समाजको आर्थिक अवस्था सुधार गर्न युवा उद्यमशीलतालाई प्रभावकारी रूपमा अगाडि बढाउनु पर्छ । यद्यपि नेपालमा उद्यमशीलता इकोसिस्टमको अवधारणा त्यति व्यापक बन्न सकेको छैन । केही वर्षयता युवामा उद्यमशीलताको मानसिकता विकास र प्रवर्धन गर्न केही प्रयास नभएका होइनन् । पन्ध्रौँ आवधिक योजना २०७६र७७–२०८०र८१ ले युवा उद्यमशीलता विकास, निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय विकास केन्द्रहरूको स्थापना, वित्तीय कोषको प्रभावकारी प्रयोग र युवालाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कुरामा जोड दिएको छ । यसले नवप्रवर्तन, बौद्धिक सम्पत्ति अधिकारको संरक्षणसहित विभिन्न कार्य नीति पनि तय गरेको छ ।

सरकारले सरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा उद्यमशीलता विकास केन्द्र स्थापना गर्ने लक्ष्य लिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । नेपाल सरकारले स्वरोजगार र उद्यमशीलता प्रवर्धन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने रणनीति अपनाएको छ भने युवाको सर्वाङ्गीण विकासको मुख्य आधार रोजगारी, उद्यमशीलता र सिप विकासलाई स्वीकार पनि गरेको छ । राष्ट्रिय युवा नीति, २०७२ ले युवा उद्यमशीलता प्रवर्धन र व्यवसाय विकास केन्द्र सञ्चालन गरी युवाका समस्या समाधान गर्ने रणनीति अपनाएको छ । उक्त नीतिले कमजोर वर्ग र समुदायका लागि करमा सहुलियतको व्यवस्था गर्ने, वित्तीय स्रोत र साधनमा पहुँच बढाउने, युवा उद्यम सञ्जाल निर्माण गर्ने र युवा अनुभव आदानप्रदान जस्ता कार्यक्रम सञ्चालन गर्ने छ । 

राष्ट्रिय रोजगार नीति, २०७१ ले व्यवसाय विकास सेवा तथा सञ्चारमार्फत युवाको वित्तीय सेवामा पहुँच र चेतना अभिवृद्धि गर्न निजी लगानी कोष, भेन्चर क्यापिटल फन्ड उपलब्ध गराउने रणनीति अपनाएको छ । नेपालका युवा उद्यमशीलताको महत्वलाई सरकारका विद्यमान योजना तथा कार्यक्रममा जोड दिए पनि बजेटमा व्यवस्था नहुँदा कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत नवप्रवर्तनमा आधारित स्टार्टअपको स्थापना र सञ्चालन, युवा उद्यमीलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्ने, उद्यमशीलता विकास, बौद्धिक सम्पदा अधिकारको संरक्षण, नवप्रवर्तन, सृजनशीलताको विकास गर्ने प्रतिबद्धता, प्रविधि, वित्तीय स्रोत र उपकरणहरूमा पहुँच बढाउने र परम्परागत सिप र ज्ञानको आधुनिक कार्यक्रम घोषणा गरेको भए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । यी नीति र कार्यक्रमले स्टार्टअपहरूको अपार सम्भावना पहिचान गरेको छ । सरकारले युवामा उद्यमशीलता प्रवर्धन गर्न मौजुदा कार्यक्रमलाई प्राथमिकतामा राखेको भए पनि बजेट कार्यक्रम आउन सकेनन् । 

अन्त्यमा नेपाल राज्यको स्थापना भएको सयौँ वर्ष बितिसक्दा पनि व्यावसायिक रूपमा उद्यमशीलताको विकास र विस्तार हुन नसक्नु विडम्बनाको कुरा हो । यसो हुनुमा कसको बढी हात छ भन्ने तथ्य र सत्य खोज्नु आजको आवश्यकता हो । देशमा बेरोजगारीको भयावह अवस्था सिर्जना भएको नदेख्ने सम्बन्धित नियकायले यसको जिम्मा किन नलिने भन्ने बहस अब चल्नु पर्छ । उद्यमशीलता विकासमा देखिएका बाधा अवरोध हटाउन जरुरी छ । बिदेसिएका लाखौँलाख युवा जनशक्तिले यसको पुष्टि गरिसकेको छ । देशमै उद्यमशीलताको विकास र विस्तार गरी बिदेसिएका युवा स्वदेशमा फर्काउने वातावरण नबनाउने हो भने हाम्रो पहाडी बस्ती खाली हुने र नेपाल बुढाबुढी र बालबालिकाको आश्रय स्थलमा परिणत हुन धरै लाग्ने छैन । 

सरकारले उद्यमशीलता विकास गर्ने भने पनि त्यो कथनीमा सीमित भएको छ । देशमा रहेका सबै युवाशक्तिलाई व्यावसायिक सिप र सिकाइसहित उद्यमशील बनाउनेतर्फ सरकारले नीतिसहितको विशेष कार्यक्रम लागु गर्नु अनिवार्य भइसक्यो । देशको युवा जनशक्ति विदेश पलायन हुँदा त्यसको प्रभाव विभिन्न क्षेत्रमा देखा परिसकेको छ । उद्यमीले उत्पादन गरेको वस्तु राज्यले किन्ने व्यवस्था गर्नु अनिवार्य छ । उत्पादित वस्तुले बजार नपाउँदा उद्यमी उद्योग बन्द गरी विदेश पलायन भइरहेका छन् । यसको जिम्मेवारी तीन तहका सरकारले नै लिएर समाधानको उपुयक्त बाटो खोज्नु पर्छ ।  

साभारः गोरखापत्र दैनिक  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

पाठकबाट थप