सिन्धुली एकता साकोसको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली एकता साकोसको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु

सिन्धुली – सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु भएको छ । शनिबार नवज्योति बहिरा मावि पानिट्यांकीमा तालिमको उद्घाटन गरिएको हो । तालिममा नवज्योति बहिरा मावि पानिट्यांकीमा अध्यनरत कान नसुन्ने, नबोल्ने, शरिरमा कठिनाई भएका विद्यार्थीहरु मध्येबाट चार जना सहभागी भएका छन् । सिन्धुली एकता साकोसका अध्यक्ष खिलदेब श्रेष्ठले सहकारीको सात सिद्धान्त अन्तर्गत समुदायप्रति चासो अन्तर्गत सामाजिक उत्तरदायित्वको काम गरेको बताउनुभयो। 

साथै, उहाँले यसअघि पनि साकोसले नवज्योति बहिरा मावि पानिट्यांकी, सिन्धुलीमा निः शुल्क स्वास्थ्य शिविर सन्चालन गरेको अवगत गराउनु भयो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्ला अस्पतालमा सेवाग्राहीहरुको लागि पानी पिउने मेशिन जडान गरेको पनि जानकारी गराउनुभयो । अबसर पाएमा बहिराहरुले पनि केही रोजगारमुलक काम गरेर आफ्नो दैनिकी चलाउन सक्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

सिन्धुलीको कमलामाई ६ नम्बर वडाका अध्यक्ष तथा निशुल्क हेयर कटिङ तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि उज्वल थापाले जिविकोपार्जनको लागि गरिएको काममा वडाले उच्च प्राथमिकता राखेर योजना बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

सहकारीको नाम लिँदा तर्सिने बेला सिन्धुली एकता सहकारीले यस प्रकारको सीपमूलक तालिम सन्चालन गर्नुले सहकारी सबै खराब छैन भन्ने प्रमाण दिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै एक अर्को प्रसँगमा अध्यक्ष थापाले जहाँ रिजल्ट आउँछ त्यहाँ लगानी गर्नु पर्नेमा जोड दिनुभयो । काम सुरु गर्ने तर ब्यवस्थापन गर्न नजानेर कतिपय कामहरु अलपत्र बनेको समेत बताउनुभयो ।

नवज्योति बहिरा मावि पानिट्यांकी, सिन्धुलीमा कान नसुन्ने, नबोल्ने, शरिरमा केहि समस्या भएका विद्यार्थीहरु अध्ययनरत रहेको सोही विद्यालयका प्रध्यानाध्यापक विजय तामाङले जानकारी गराउनुभयो । हाल सम्म सो विद्यालयमा ५२ वटा जिल्लाबाट २३२ जना विद्यार्थीहरु निशुल्क छात्राबासको सुविधा सहित अध्ययन गरिरहेको उहाँले बताउनुभयो । शिक्षा मात्र नभएर रोजगारीमूलक सीप प्रदान गर्न विद्यार्थीहरुलाई सिन्धुली एकता साकोसले ठूलो भूमिका खेलेकोमा उहाँले धन्यवाद समेत दिनुभयो ।

आरएसडिसी लघुवित्त वित्तिय संस्था लि.को सहयोग तथा सिन्धुली एकता साकोसकोआयोजनामा सन्चालित तालिमको प्रशिक्षकको रुपमा थ्रि बर्दशका सन्चालक विमल राना मगर रहनुभएको छ । तालिम पश्चात सहभागीहरुलाई रोजगारीको समेत ब्यवस्था गरिने जनाइएको छ ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप