सिन्धुली एकता साकोसको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली एकता साकोसको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु

सिन्धुली – सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीको आयोजनामा ३ महिने निःशुल्क हेयर कटिङ तालिम सुरु भएको छ । शनिबार नवज्योति बहिरा मावि पानिट्यांकीमा तालिमको उद्घाटन गरिएको हो । तालिममा नवज्योति बहिरा मावि पानिट्यांकीमा अध्यनरत कान नसुन्ने, नबोल्ने, शरिरमा कठिनाई भएका विद्यार्थीहरु मध्येबाट चार जना सहभागी भएका छन् । सिन्धुली एकता साकोसका अध्यक्ष खिलदेब श्रेष्ठले सहकारीको सात सिद्धान्त अन्तर्गत समुदायप्रति चासो अन्तर्गत सामाजिक उत्तरदायित्वको काम गरेको बताउनुभयो। 

साथै, उहाँले यसअघि पनि साकोसले नवज्योति बहिरा मावि पानिट्यांकी, सिन्धुलीमा निः शुल्क स्वास्थ्य शिविर सन्चालन गरेको अवगत गराउनु भयो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्ला अस्पतालमा सेवाग्राहीहरुको लागि पानी पिउने मेशिन जडान गरेको पनि जानकारी गराउनुभयो । अबसर पाएमा बहिराहरुले पनि केही रोजगारमुलक काम गरेर आफ्नो दैनिकी चलाउन सक्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

सिन्धुलीको कमलामाई ६ नम्बर वडाका अध्यक्ष तथा निशुल्क हेयर कटिङ तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि उज्वल थापाले जिविकोपार्जनको लागि गरिएको काममा वडाले उच्च प्राथमिकता राखेर योजना बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

सहकारीको नाम लिँदा तर्सिने बेला सिन्धुली एकता सहकारीले यस प्रकारको सीपमूलक तालिम सन्चालन गर्नुले सहकारी सबै खराब छैन भन्ने प्रमाण दिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै एक अर्को प्रसँगमा अध्यक्ष थापाले जहाँ रिजल्ट आउँछ त्यहाँ लगानी गर्नु पर्नेमा जोड दिनुभयो । काम सुरु गर्ने तर ब्यवस्थापन गर्न नजानेर कतिपय कामहरु अलपत्र बनेको समेत बताउनुभयो ।

नवज्योति बहिरा मावि पानिट्यांकी, सिन्धुलीमा कान नसुन्ने, नबोल्ने, शरिरमा केहि समस्या भएका विद्यार्थीहरु अध्ययनरत रहेको सोही विद्यालयका प्रध्यानाध्यापक विजय तामाङले जानकारी गराउनुभयो । हाल सम्म सो विद्यालयमा ५२ वटा जिल्लाबाट २३२ जना विद्यार्थीहरु निशुल्क छात्राबासको सुविधा सहित अध्ययन गरिरहेको उहाँले बताउनुभयो । शिक्षा मात्र नभएर रोजगारीमूलक सीप प्रदान गर्न विद्यार्थीहरुलाई सिन्धुली एकता साकोसले ठूलो भूमिका खेलेकोमा उहाँले धन्यवाद समेत दिनुभयो ।

आरएसडिसी लघुवित्त वित्तिय संस्था लि.को सहयोग तथा सिन्धुली एकता साकोसकोआयोजनामा सन्चालित तालिमको प्रशिक्षकको रुपमा थ्रि बर्दशका सन्चालक विमल राना मगर रहनुभएको छ । तालिम पश्चात सहभागीहरुलाई रोजगारीको समेत ब्यवस्था गरिने जनाइएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप