सहकारी क्षेत्रका चुनौती समाधानका लागि सरकार–अभियानबीच बलियो सहकार्य आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका चुनौती समाधानका लागि सरकार–अभियानबीच बलियो सहकार्य आवश्यक

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपालको सामाजिक र आर्थिक विकासका लागि गरिब, अल्पसंख्यक तथा पिछडिएका समुहहरुको मूल प्रवाहीकरण आवश्यक भएको र त्यसका लागि सहकारी उपयुक्त माध्यम हुने दाबी गर्नुभएको छ ।

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा आजबाट सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा बोल्दै उहाँले जनताको जीवनस्तर सुधारमा उल्लेख्य भूमिका निर्वाह गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान पुर्याएका गरेका कारण सहकारीलाई समाजवाद उन्मुख अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भका रुपमा मान्यता प्राप्त भएको बताउनुभयो । 

नेपालको सहकारी अभियानको चर्चा गर्दै मन्त्री अधिकारीले पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको उतारचढावको प्रतिकुल असर नेपालको सहकारी क्षेत्रमा पनि परेको उल्लेख गर्नुभयो । यद्यपि, यसबाहेक सहकारी क्षेत्रमा सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय सुशासन तथा सदस्यको विश्वसनीयता चुनौतीका रुपमा देखिएको भन्दै मन्त्री अधिकारीले यिनको समाधानका लागि संस्थागत सुधार, सदस्यहरुमा सहकारी शिक्षा तथा जागरण, आन्तरिक नियन्त्रण प्रणाली, नियमन क्षमता, प्रविधिकरणको आवश्यकतासँगै सरकार र अभियानबीच दरिलो सम्बन्ध र सहकार्य आवश्यक भएको पनि बताउनुभयो । यस दिशामा प्रभावकारी र सशक्त रुपमा अघि बढ्न सम्मेलनबाट प्राप्त हुने निचोड सहयोगी सिद्ध हुने विश्वास पनि मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । 

‘एशिया प्रशान्त, मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा सहकारी दिगो विकास र समावेशी वृद्धिका लागि सरकार र सहकारी अभियानबीच साझेदारी’ विषयक यो पटकको थिम अत्यन्त सान्दर्भिक भएको बताउँदै उहाँले सम्मेलनले द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । सम्मेलनले सहकारी र अभियनको सम्बन्धको आयाममाथि पुनर्विचार गरी नयाँ दिशा निर्दिष्ट गर्न सहयोग पुर्याउने विश्वास मन्त्री अधिकारीले व्यक्त गर्नुभएको छ ।

सन् २००२ मा नेपालमा सम्पन्न छैठौं सहकारी मन्त्रीस्तरीय सम्मेलनको चर्चा गर्दै उहाँले नयाँ सहस्राब्दीमा सहकारी क्षेत्रमा आवश्यक एवम् सान्दर्भिक कानूनी तथा नीतिगत प्रबन्ध निर्माणको दिशामा एकीकृत पहल गर्ने गरी काठमाडौं घोषणापत्र जारी गरिएको स्मरण गर्नुभयो । उहाँले सहकारीका जल्दाबल्दा विषयमा साझा धारणा बनाउन आयोजना गरिएको सम्मेलनमा नेपाललाई पनि सहभागी हुने अवसर प्रदान गरेकोमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा सहभागी हुनुहुन्छ । सम्मेलन अप्रिल ३० सम्म चल्ने छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्को, महानिर्देशक एरोन डगलस, आईसीए एपीका अध्यक्ष डा.चन्द्रपल सिंह यादव, क्षेत्रीय निर्देशक बलु आयरसँगै ३० देशका सहकारी मन्त्री तथा अभियानकर्मीहरुको उपस्थिति छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप