हाम्रो जनकल्याण साकोसको २८ औं स्थापना दिवसः उद्यमी सदस्यसँग अन्तरक्रिया तथा व्यक्तित्व सम्मान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको २८ औं स्थापना दिवसः उद्यमी सदस्यसँग अन्तरक्रिया तथा व्यक्तित्व सम्मान  

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । २०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. २८ औं वर्षमा प्रवेश गरेको हो । 

२८ औं स्थापना दिवसका अवसरमा उद्यम प्रवर्धनका लागि अन्तरक्रिया तथा व्यक्तित्व सम्मानलाई प्राथमिकतामा राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले गाउँगाउँमा उत्पादन र शहरमा पर्यटन व्यवसाय अहिलेको आवश्यकता भएकाले हाम्रो जनकल्याण साकोसले उद्यमी सदस्यसँग अन्तरक्रिया गरी व्यावसायिक ज्ञान सहित बजारीकरणका बारेमा जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्दै उद्यमी महिला सदस्यले उत्पादन गरेका वस्तुहरु बजारीकरणका लागि भीमेश्वर नगरले बिक्री कक्षको व्यवस्था गरिदिने बताउनुभयो । 

त्यसैगरी सामाजिक व्यक्तित्व सम्मान, जेष्ठ नागरिक तथा पत्रकार सम्मान सहितको विविधि कार्यक्रमले संस्था सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालनमा छ भन्ने वास्तविकतालाई प्रमाणित गरेको बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खडकाले हाम्रो जनकल्याण साकोस वित्तीय सुशासन कायम गर्दै सामाजिक गतिविधिमा समेत सक्रिय रहेको बताउँदै सदस्यलाई उद्यमी बनाउने र सदस्यको सफलताको कथालाई नै अभिलेखिकरण गरी सदस्यको आवाजको रुपमा बुलेटिन प्रकाशन गरेकाले यसले संस्थाको सक्रियतालाई झल्काएको बताउनु भयो । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव शर्मिला सापकोटा, भीमेश्वर सहकारी सञ्जालका संयोजक कृष्ण बहादुर गौतम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको बचत संकलन गरी ऋण परिचालनमा मात्र सीमित नभई संस्थाका सदस्यलाई आत्मनिर्भरताका लागि उद्यमी बनाउने अभियानमा रहेको बताउनु भयो । केही देखिने प्रभाव पार्न सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले कानूनको पालना र इमान्दारिता नै हाम्रो सफलताको पहिचान भएको जानकारी गराउनु भयो । स्थापना दिवसको अवसर पाररे संस्थाले हाम्रो जनकल्याण सदस्यको आवाज नामक वार्षिक बुलेटिन बिमोचन गरेको छ । 

संस्थामा सदस्य रही विभिन्न शिषर्कमा ऋण लिएर व्यावसायिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका १० जना शेयर सदस्यको अनुभव तथा सफलताको कथालाई हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप अन्तरगत छानिएका पत्रकारहरुले तयार परेको अनुसन्धानात्मक लेख बुलेटिनमा राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी सोही अवसरमा संस्थाका एक सय पाँच वर्षे शेयर सदस्य टेक बहादुर थापालाई जेष्ठ नागरिक सम्मान, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई हाम्रो जनकल्याण व्यक्तित्व सम्मान र हाम्रो जनकल्याण पूर्व सञ्चालक सम्मान कमल प्रसाद चौलागाई, उत्कृष्ट कर्मचारीका रुपमा सहायक पदमा कार्यरत सुनिता चौलागाई र बोच संस्कृति भजन मण्डलीलाई सम्मान गरेको छ । 

स्थापना दिवसकै अवसर पारेर हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप प्राप्त गर्ने पत्रकारहरु बाबुराम शर्मा (गोरखापत्र दैनिक), केदार शिवाकोटी (कान्तिपुर दैनिक), दिल बहादुर केसी (कारोबार दैनिक), बिनिता शिवाकोटी (समदृष्टि अनलाइन) र श्रृजन घिमिरे (दिक्षण दैनिक) लाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । संस्थाले विगतदेखि वितरण गर्दै आएको ८० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका शेयर सदस्यहरुका लागि प्रोत्साहन खर्च वापत दुई÷दुई हजार नगद वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

संस्थाका सचिव अनिल रिजालले कार्यक्रमका स्वागत मन्तव्य सहित संस्थागत गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उद्यमी शेयर सदस्य, पूर्वसञ्चालक तथा सञ्चालक सदस्यहरु, सल्लाहकार र उपसमिति सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । यस अवधिमा संस्था पाँच वटा अन्य सहकारी संस्थाहरुसँग एकीकृत भएको छ भने एउटा सेवा केन्द्र र दुई वटा नगद संकलन केन्द्रमार्फत जिल्लाभरी आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप