सामाजिक न्याय स्थापनामा सहकारीको भूमिका महत्वपूर्णः महासंघ अध्यक्ष मल्ल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक न्याय स्थापनामा सहकारीको भूमिका महत्वपूर्णः महासंघ अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीले आर्थिक उन्नतिका साथै सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याउँदै आएको दाबी गर्नुभएको छ । उहाँले विश्वमा देखापरेको आर्थिक मन्दीका समयमा समेत सहकारी मोडल अपनाएका राष्ट्रहरूमा अर्थतन्त्र चलायमान भएको अध्ययनहरूले देखाएको बताउनुभयो ।

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा त्यहाँको कृषि मन्त्रालयको संयुक्त आयोजनामा आइतबारबाट डेड सी मा सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै महासंघकी अध्यक्ष मल्लले सहकारीले सबै क्षेत्र र तहका मानिसहरुलाई आबद्ध गराइ आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । 

उहाँले नेपालको संविधानले सहकारीमार्फत समाजवादमा पुग्ने लक्ष्य लिएको जानकारी गराउँदै  नेपालको संविधानले सहकारीलाई दिएको महत्वका विषय पनि कार्यपत्रमा अटाउनुभएको थियो । अध्यक्ष मल्लले सहकारीले लघु तथा साना उद्यममार्फत सदस्यहरूमा दिगो रोजगारीको अवसर सिर्जना गरेको दाबी गर्नुभयो ।

उहाँले सशस्त्र द्वन्द्वका समयमा समेत सहकारीले ग्रामीण क्षेत्रमा पूँजी संकलन र परिचालन गरी सदस्यहरुमा वित्तीय पहुँच पुर्याएको जनाउनुभयो । सहकारी सदस्य केन्द्रित व्यवसाय भएको र उनीहरूले नै सबै कुराको निर्णय गर्नसक्ने भन्दै सदस्यहरुबीचको सहकार्य नै यसको शक्ति भएको मल्लले बताउनुभयो ।

अर्थतन्त्रको तीनमध्ये एउटा खम्बाको रूपमा सहकारीलाइ लिइएको र समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न राज्यका तर्फबाट नीतिगत तथा व्यावहारिक सहयोग प्राप्त भएको उहाँको भनाइ थियो ।

जोर्डनमा २८ देखि ३० अप्रिलसम्म हुने अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिक (आइसीए-एपी) को मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सचिव गोकर्णमणी दुवाडी, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा मन्त्रालयका सह-सचिव कृष्ण प्रसाद सापकोटा सहभागी हुनुहुन्छ ।

सम्मेलनको समयमा आइसीए एपीको बोर्ड बैठक समेत भएको छ । आइसीए एपीका संचालक एवम् महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल भने भर्चुअल रुपमा बैठकमा सहभागी हुनुभएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप