नेपालको सहकारी अभियानबारे जोर्डनमा जिज्ञासा पाएँः नेफ्स्कून अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालको सहकारी अभियानबारे जोर्डनमा जिज्ञासा पाएँः नेफ्स्कून अध्यक्ष

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रीय संघमा आवद्ध मुलुकका सहकारी मन्त्रीहरु तथा अभियन्ताहरुसँग सहकारीका साझा मुद्दाहरुका विषयमा जोर्डनमा छलफल गर्नुभएको छ । 

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा हिजोबाट डेड सी क्षेत्रमा सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा सहभागी नेफ्स्कून अध्यक्ष ढकालले साइडलाइन वार्ताहरुमा साझा मुद्दाहरुमा साझा धारणा बनाइ अघि बढ्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । 

उहाँले सरकार र सहकारी अभियानबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै सदस्यहरुको सामाजिक, आर्थिक, साँस्कृतिक विकासमा संयुक्त पहलमार्फत बहुआयामिक गरिबी निवारणमा सार्थक भूमिका निर्वाह गर्न सकिने विषयमा छलफल भएको बताउनुभयो । सहभागी मुलुकका सहकारी मन्त्रीहरुले नेपालको सहकारी अभियानको विषयमा अभिरुचिपूर्वक जानकारी लिएको बताउँदै अध्यक्ष ढकालले विषयगत केन्द्रीय संघको रुपमा नेफ्स्कूनले खेलेको अग्रणी भूमिकाबारे पनि आफूले जानकारी गराएको बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘नेपालको सहकारी अभियानका विषयमा सहभागी विभिन्न मुलुकका मन्त्रीहरुले अनौपचारिक जानकारी लिन खोज्नुभएको थियो । उहाँहरुमा पनि नेपालको अर्थतन्त्रमा सहकारी अभियानको योगदान र पछिल्लो समयका चुनौतीहरुबारे जिज्ञासा पाएँ ।’ उहाँले केही समस्या भएपनि नेपालको सहकारी अभियानले एकताबद्ध प्रयासबाट तिनको समाधान गर्दै सदस्य र सरोकारवालाहरुको विश्वासमा अस्वाभाविक कमी आउन नदिने आफूले बताएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले आईसीएका अध्यक्ष एरियल ग्वार्को, महानिर्देशक एरोन डगलस, आईसीए एपीका अध्यक्ष डा. चन्द्रपल सिंह यादव, क्षेत्रीय निर्देशक बालु आयर, जोर्डन कोअपरेटिभ कर्पोरेशनका महानिर्देशक अब्देलफतह एम. अलसलाबी, कोरियालको एमजी कम्युनिटी क्रेडिट कोअपरेटिभ्जका अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विभागका बरिष्ठ अधिकारीसँग पनि छलफल भएको जानकारी गराउनुभयो ।

यस्ता सम्बन्ध र नेटवर्कीङ अवसरले नेफ्स्कून र विभिन्न मुलुकका सहकारी अभियानसँग नयाँ सम्बन्धहरु स्थापनाको ढोका खुल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । राजधानी अम्मानबाट करिब ३७ किलोमिटरको दुरीमा रहेको डेड सी क्षेत्रमा जारी सम्मेलनको आज दोस्रो दिन पनि साइडलाइन वार्ताहरु भएको अध्यक्ष ढकालले बताउनुभयो ।

सम्मेलनमा नेपालको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल र मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा पनि सहभागी हुनुहुन्छ । सम्मेलन अप्रिल ३० सम्म चल्ने छ । सम्मेलनमा ३० देशका सहकारी मन्त्री तथा अभियानकर्मीहरुको उपस्थिति छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप