जसको विचार विश्वले बोकेको छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जसको विचार विश्वले बोकेको छ

आज १४ मे । विश्व सहकारी अभियानका पिता एवम् समाज सुधारक रोबर्ट ओवेनको २ सय ५३ औं जन्मजयन्ती पनि हो । ओवेनको जन्म बेलायतको वेल्सस्थित न्यूटाउनमा सन् १७७१ मे १४ मा भएको थियो । पिता रोबर्ट ओवेन र आमा अ्यामी विलियम्सका उनी छैठौं सन्तान थिए ।

उनी श्रमिक हकहित संरक्षण र निःशुल्क शिक्षाका पनि प्रखर वकालत गर्ने व्यक्ति थिए । आफ्ना सहयोगी कामदारहरुको पारिश्रमिक, सेवा सुविधा, दैनिक सेवा अवधिलगायतका आधारभूत विषयमा न्याय र विवेकपूर्ण निर्णयहरु लिएका ओवेन श्रमिकहरुको सामाजिक आर्थिक अवस्था उकास्न सहकारी महत्वपूर्ण माध्यम भएको निष्कर्षमा पुगेका थिए । अधिकांश रोबर्ट ओवेन समर्थकहरु (ओवेनाइट्स) हरुको अगुवाईमा पछि सन् १८४४ अक्टोबर २४ मा बेलायतकै टोड लेनमा अक्टोबर २४ मा विश्वकै पहिलो सहकारी उपभोक्ता पसल दर्ता भएको थियो जसको औपचारिक सञ्चालन भने डिसेम्बर २१ शनिवारको दिन बेलुकीपख भएको थियो । 

सहकारी विचारका प्रवर्तक ओवेन श्रमिक हकहितका वकालत गर्ने परोपकारी व्यक्ति थिए । प्रतिस्पर्धाको स्थानमा प्रजातन्त्र, स्वशासन, स्वउत्तरदायित्व, स्वसहयोग आदिमा आधारित सहकारी पद्धतिमार्फत आर्थिक र सामाजिक विकास सम्भव भएको उनको ठम्याइ थियो । उनको विचार आज विश्वले बोकेको छ । संयुक्त राष्ट्र संघले सन् २०१२ लाई संयुक्त राष्ट्र संघीय ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गर्दै विभिन्न कार्यक्रमसहित मनाएको थियो भने सन् २०२५ लाई दोस्रो 'अन्तर्राष्ट्रिय सहकारी वर्ष' को रुपमा मनाउने तयारी भैरहेको छ ।

१० वर्षको उमेरमा कपडा उद्योगमा सहयोगीका रुपमा काम थालनी गरेका उनी पछि म्यान्चेस्टरस्थित ठूलो कपडा कारखानाको व्यवस्थापक र  लगानीकर्ता समेत बनेका थिए । उनको कारखानाको उत्पादन अत्यन्त उच्च कोटीको हुन्थ्यो । बाल तथा युवा अधिकार संरक्षणका क्षेत्रमा समेत उनको योगदानको चर्चा आजसम्म हुन्छ । उनी जोश जाँगरले भरिएका, समाजका लागि ‘केही गरौं’ भन्ने इमान्दार समाजसुधारक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूटाउनमा आवेन जन्मेको घर नजिकै रोबर्ट ओवेन संग्रहालय समेत सञ्चालनमा छ । उनको पूर्ण कदको सालिक निर्माण गरिएको छ भने उनको नाममा सिक्का पनि जारी गरिएको छ ।

उनको जन्मजयन्तीमा बेलायतको वेल्समा आज, भोली र पर्सि फोटो प्रदर्शनी, अनलाइन टक शो, जुममार्फत अन्तरक्रियात्मक कार्यक्रम, परेड तथा अमेरिकामा पनि कविता वाचन कार्यक्रम राखिएको छ । सानै देखि फुर्तिला ओवेन पढ्न पनि खुवै रुचाउँथे । ओवेनको मृत्यु सन् १८५८ नोभेम्बर १७ मा न्यूटाउनमै भएको थियो । उनले आफ्नो जीवनीलाई पुस्तकाकार पनि दिएका छन् । उनी दिनको एउटा पुस्तक पढिसक्थे ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप