सहकारी संस्थाहरुको सुपरिवेक्षण तथा नियमनमा सरकारको जोड; कानूनी संरचनाहरु निर्माण गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संस्थाहरुको सुपरिवेक्षण तथा नियमनमा सरकारको जोड; कानूनी संरचनाहरु निर्माण गरिने

काठमाडौं । सरकारले सहकारी संस्थाहरुको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमा सघन सुपरिवेक्षण र नियमनको लागि बलियो नीतिगत तथा कानूनी आधार निर्माण गर्ने सरकारको प्रतिवद्धता व्यक्त भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संसद्मा पेस गरेको हो । 

उक्त नीति तथा कार्यक्रममा सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधिकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिने विषय अटाएको छ । यस्तै, सहकारीहरुलाई अनिवार्य कोपोमिसमा आवद्ध हुनुपर्ने व्यवस्था गर्ने तथा बचत ऋण सहकारीहरुलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने नीति सरकारले सार्वजनिक गरेको छ । सरकारले सहकारी क्षेत्रका समस्या समाधानका लागि विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । सहकारी नीतिलाई समयानुकूल बनाइने विषय पनि आगामी वर्षको नीति तथा कार्यक्रममा अटाएको छ ।

यस्तै, सहकारी संस्थाहरु स्थापनाको उद्देश्यअनुरुप सञ्चालन हुनुपर्ने व्यवस्था गर्ने पनि जनाएको छ ।  सरकारले वित्तीय एवम् मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको दाबी गर्नुका साथै अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको समेत जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप