साकोस अभियानलाई डिजिटाइज गर्न नेफ्स्कून प्रयासरत: महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानलाई डिजिटाइज गर्न नेफ्स्कून प्रयासरत: महासचिव अधिकारी

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.कैलालीको आयोजनामा सहकारीमा प्रविधि, अवसर र चुनौती विषयक अभिमुखीकरण कार्यक्रम जेठ ८ गते धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका १ सय बढीको सहभागिता थियो ।

जिल्ला बचत संघ कैलालीका अध्यक्ष शिवा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा  सुदुरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी र राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य माधव प्रसाद जोशी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाही, रारा डिजिटल ल्याब प्रा. लि. का अध्यक्ष मनोज घिमिरे, नियोसिस टेक्नोलोजीका चिफ प्रडक्ट अफिसर कवि न्यौपाने, नियोसिस टेक्नोलोजीका मनोज तिवारी, जिल्ला सहकारी संघका संचालक सुरेन्द्र बडुवाल, सि एम सि कैलालीका अध्यक्ष लाल बहादुर भण्डारी, लगायत सुदुरपश्चिम प्रदेशका सहाकारीका अभियन्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा नियोसिस टेक्नोलोजी चिफ प्रडक्ट अफिसर कवि न्यौपाने र मनोज तिवारीले प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरुले मिरा सफ्टवेयर सहकारीहको सम्पूर्ण आवश्यकता पुरा गर्न सक्ने र प्रविधिसँग जोड्ने लेखा प्रणालीलाई ब्यवस्थित गर्न सक्ने माध्यम भएको  धारणा राख्नुभएको थियो । 

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सहकारी मन्त्री टिका थापाले सबै सहकारीले सहकारीको कोपोमीस प्रणालीमा जोडिएर आवश्यक तथ्याङक राखी सुशासनमा रहेर सहकरीलाई सदस्य केन्द्रित भई संचालन गनुपर्ने र सहकारीहरुले कृषि तथा उत्पादन क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगबाट अनुगमन तथा नियमन गर्न सकिनेमा जोड दिदैं प्रविधिको पहुँचले सहकारीले बैक तथा अन्य वित्तीय संस्थाहरु जस्तै गुणस्तरीय सेवा दिन सक्ने दाबी गर्नुभयो । उहाँले  साकोस अभियानलाई डिजिटाइज गर्न नेफ्स्कून प्रयासरत रहेको जानकारी गराउनुभयो ।

साथै अहिले केही सहकारीमा संकटको अवस्था देखिएको भन्दै उहाँले केही परिस्थिति जन्य अवस्थाले र केही  नियतबश समस्यामा परेको बताउनुभयो । परिस्थिति जन्य अबस्थाले समस्यामा परेका सहकारीलाई सबै मिलेर संकट मुक्त पार्ने र नियतवश समस्यामा परेकालाई कारबाही गर्नुपर्नेमा महासचिव अधिकारीले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक माधव प्रसाद जोशीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई छिटो र छरितो सुविधा प्रदान गर्न सफ्टवेयरको प्रयोगबाट मात्र सम्भव रहेको भन्दै संस्थागत संरचनाबाट निर्माण गरिएका सफ्टवेयर मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका उहाँले सुदुरपश्चिमका सहकारीहरुको आवश्यकता सम्बोधन हुने गरी बजेट बिनियोजन गरी समसामयिक बिषयका तालिम समेत आयोजनाका लागि सुदुरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तया सहकारी मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीले मिरा सफटवेयर सम्पुर्ण संस्थाहरुको आवश्यकतालाई समेटेर तयार गरिएको भन्दै उक्त सफ्टवेयर ढुक्कका साथ प्रयोग गरी आफ्ना सदस्यहरुलाई समेत प्रविधिमा जोड्न आग्रह गनुभयो । साथै  प्रदेशका सहकारी संस्थाहरुमा समस्या नरहेको र सहकारीलाई बिश्वासका साथ संचालन गर्न सबै सहकारीकर्मीहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । सहकारी संस्थाहरु दर्ता मात्र हुने र नियमन निकायबाट आवश्यक अनुगमन तथा सुझाब नपाउँदा केही सहकारीमा समस्या आएकोले अब संस्थाहरुले प्रविधि प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला बचत संघ कैलालीका सञ्चालक सदस्य शिवा थापाले धन्यवाद ज्ञापन गदै सबै सहकारीले प्रविधिको माध्यमबाट मात्र आफ्नो संस्थाको लेखा तथा अभिलेख राखी काम गर्न आग्रह गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य जिल्ला बचत संघ कैलालीका कोषध्यक्ष सुरत बहादुर बोगटीले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन जिल्ला बचत संघ कैलालीका सदस्य मनमोहन बिष्टले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप