साकोस कोषाध्यक्ष गोष्ठी आयोजना गर्दै ललितपुर बचत संघ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस कोषाध्यक्ष गोष्ठी आयोजना गर्दै ललितपुर बचत संघ

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा यही जेठ १८ र १९ गते साकोस कोषाध्यक्ष गोष्ठी २०८१  हुँदैछ । सहकारी संस्थाको संस्थागत विकासका लागि कोषाध्यक्षको महत्व, भूमिका र जिम्मेवारीका विविध विषय समेट्दै धुलिखेलमा २ दिवसीय आवासीय गोष्ठी गर्न लागिएको संघले जनाएको छ । कतिपय सहकारीमा संचालकहरुले आफ्नो भूमिका नबुझेर पनि समस्या आइरहेकोले सहकारीमा कोषाध्यक्षको भूमिका, जिम्मेवारी र दायित्व बारे जानकारी दिन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने संघको दाबी छ ।

संघले यसअघि अध्यक्ष तथा लेखा समितिका विषयमा गोष्ठी गरिसकेको र संस्थामा कोषाध्यक्षको भूमिकालाई थप सक्रिय बनाउन संघले गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठीमा पूर्व अर्थ मन्त्रीसँगै नेपाल राष्ट्र बैंकलगायतका निकायका विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने र वृहतरुपमा छलफलको सेसन संचालन गरिने जनाइएको छ । सहकारीमा कोषाध्यक्षको भूमिका लाई लिएर पहिलो पटक यस किसिमको गोष्ठी आयोजना हुन लागेको संघले दाबी गरेको छ । गोष्ठीमा एकसय सहकारीका कोषाध्यक्षहरु सहभागी गराइने भन्दै समयमा नै नाम दर्ता गराउन पनि संघले आग्रह गरेको छ ।  सहभागिता दर्ता फारम संघको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप